ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

लुम्बिनीमा बिउको गुणस्तर परीक्षण गर्ने प्राविधिकको अभाव

News Desk by News Desk
१:१३ बिहान, माघ ५, २०८१
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बुटवल माघ ५ गते ।
लुम्बिनी प्रदेश, कृषि निर्देशनालय बुटवलमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक जेदुराम घिमिरेलाई हालै भैरहवास्थित कृषि बिउ बिजन प्रयोगशालामा खटाइएको छ ।

तोरीको बिउ परीक्षण गरेर सकेका घिमिरे अब गहुँको बिउ परीक्षण गर्ने तयारीमा छन् । लुम्बिनी प्रदेशभरि उनको कार्यक्षेत्र हो । बिउ परीक्षणका लागि कम्तीमा दुई पटक फिल्डमा अनिवार्य जानुपर्ने भन्दै प्रदेशभरि एक्लै खट्नुपर्दा निकै गाह्रो हुने उनले बताए । खजुरा बिउ बिजन प्रयोगशाला बाँकेमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक अनिल चौधरीलाई पनि उस्तै समस्या छ । बिउ कम्पनीहरूले ल्याएको मूलबिउ परीक्षण तथा प्रमाणीकरणका लागि सरकारले तोकिएका बिउ बिजन अधिकारी लुम्बिनी प्रदेश सरकार मातहत जम्मा ३ जना छन् ।

बिउ बिजन प्रयोगशाला भैरहवामा घिमिरे, बिउ बिजन प्रयोगशाला खजुरा (बाँके)मा चौधरी र कृषि मन्त्रालयमा बिउ निरीक्षक तथा विश्लेषक अर्जुन प्रसाद खनाल छन् । यी तीन जनाले प्रदेश सरकार मातहत बिउ निरीक्षक तथा विश्लेषकको काम गर्नुपरेको छ । जनशक्ति निकै कम भएकाले प्रदेशभरि हेर्न समस्या रहेको खनाल बताउँछन् । उनले भने, ‘हामी तीन जना छौँ । संघीय सरकारबाट एक जना सुदिप देवकोटा हुनुहुन्छ ।

तर उहाँ परियोजना अन्तर्गत भएकाले प्रदेशले उहाँलाई आग्रह गर्नमात्र सक्छ, निर्देशन दिन सक्दैन ।’ रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए । बिउ निरीक्षक र बिउ विश्लेषकहरू बिउ निरीक्षणका क्रममा खेती भएकै ठाउँमा जानुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

बाँकेमा ४४ प्रतिशत रोपाइँ

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

प्राविधिक जनशक्तिको अभाव  रहेकाले अहिले धेरै किसानको खेतबारीमा पुग्न नसकेको बिउ निरीक्षकहरू बताउँछन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले उक्त विषय अध्ययन गरेको जनशक्ति कम रहेकाले समस्या भएको बताए । रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए ।

सरकारी निरीक्षक नपाउँदा निजी निरीक्षकबाट भए पनि बिउ परीक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राधाकृष्ण बिउ बिजन उत्पादक संस्थाका अध्यक्ष तथा जिल्ला बिउ उत्पादक समन्वय समिति रुपन्देहीका सचिव रमेश सिंह मिश्रले बिउ उत्पादक किसानहरूलाई सास्ती भइरहेको बताए । अधिकांश बिउ उत्पादक संस्था, सहकारी, फर्महरूले फिल्ड निरीक्षक, प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण हुन नसक्दा समस्या झेल्नुपरेको उनको भनाइ छ ।

प्रदेशभरि निजी क्षेत्रमा ३२ जना बिउ निरीक्षक छन् । तर उनीहरू कहाँ छन् भन्नेबारे किसानलाई जानकारी नहुँदा बिउ उत्पादनमा समस्या भएको मिश्रले बताए । उनले भने, ‘बिउ उत्पादक किसानले बिउ निरीक्षक फेला पार्न सक्दैनन् । गुणस्तरीय बिउ उत्पादन हुन नसक्दा भारतबाट बिउ ल्याएर खेती गर्नुपर्ने अवस्था बढ्दो छ ।’ जिल्ला बिउ उत्पादक समन्वय समितिका अध्यक्ष शिवराम न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका ३ वटा जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी खाद्यान्न बालीको बिउ बिजन उत्पादनको हब मानिन्छ ।

ADVERTISEMENT

निरीक्षक र प्राविधिकको माग गर्दै जिल्ला बिउ उत्पादन समन्वय समिति रुपन्देहीले कृषि मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएको उनको भनाइ छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले बिउ उत्पादनका लागि लुम्बिनी प्रदशेमा केही ठुला र राम्रा कम्पनी भएको उल्लेख गर्दै अहिले भएको जनशक्तिकै अधिकतम प्रयोग गर्ने र नयाँ जनशक्ति पनि खोजी गरिने बताए ।

Share150Tweet93SendShare
Previous Post

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेटसुनिश्चित

Next Post

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

महोत्तरीमा पानी नपर्दा भएन रोपाइँ
कृषि

बाँकेमा ४४ प्रतिशत रोपाइँ

९:५४ बिहान, असार २०, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
खजुरामा युरिया मलको अभाव, किसान मर्कामा
कृषि

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

५:२९ बिहान, असार १३, २०८२
कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने
कृषि

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी बैंक सम्म कृषकको पहुँच पुर्‍याउन अभियान चलाईने

७:४१ बिहान, असार ३, २०८२
‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित
कृषि

‘दूधमा प्रोत्साहन अनुदान’ कार्यक्रमबाट किसान लाभान्वित

११:२१ मध्यान्ह, जेष्ठ २९, २०८२
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
कृषि

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

१२:०० बिहान, जेष्ठ १९, २०८२
Next Post
हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन

५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन

लुम्बिनी कप महिला फुटबल : आठ टीम सहभागी हुने

लुम्बिनी कप महिला फुटबल : आठ टीम सहभागी हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Mostly Cloudy
5:26 am7:20 pm +0545
Feels like: 37°C
Wind: 5km/h ENE
Humidity: 85%
Pressure: 998.31mbar
UV index: 0
MonTueWed
33/28°C
32/27°C
33/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?