ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

लुम्बिनीमा बिउको गुणस्तर परीक्षण गर्ने प्राविधिकको अभाव

News Desk by News Desk
१:१३ बिहान, माघ ५, २०८१
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
408
सेयर
380
VIEWS
ShareTweetSendShare

बुटवल माघ ५ गते ।
लुम्बिनी प्रदेश, कृषि निर्देशनालय बुटवलमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक जेदुराम घिमिरेलाई हालै भैरहवास्थित कृषि बिउ बिजन प्रयोगशालामा खटाइएको छ ।

तोरीको बिउ परीक्षण गरेर सकेका घिमिरे अब गहुँको बिउ परीक्षण गर्ने तयारीमा छन् । लुम्बिनी प्रदेशभरि उनको कार्यक्षेत्र हो । बिउ परीक्षणका लागि कम्तीमा दुई पटक फिल्डमा अनिवार्य जानुपर्ने भन्दै प्रदेशभरि एक्लै खट्नुपर्दा निकै गाह्रो हुने उनले बताए । खजुरा बिउ बिजन प्रयोगशाला बाँकेमा कार्यरत बिउ निरीक्षक तथा विश्लेषक अनिल चौधरीलाई पनि उस्तै समस्या छ । बिउ कम्पनीहरूले ल्याएको मूलबिउ परीक्षण तथा प्रमाणीकरणका लागि सरकारले तोकिएका बिउ बिजन अधिकारी लुम्बिनी प्रदेश सरकार मातहत जम्मा ३ जना छन् ।

बिउ बिजन प्रयोगशाला भैरहवामा घिमिरे, बिउ बिजन प्रयोगशाला खजुरा (बाँके)मा चौधरी र कृषि मन्त्रालयमा बिउ निरीक्षक तथा विश्लेषक अर्जुन प्रसाद खनाल छन् । यी तीन जनाले प्रदेश सरकार मातहत बिउ निरीक्षक तथा विश्लेषकको काम गर्नुपरेको छ । जनशक्ति निकै कम भएकाले प्रदेशभरि हेर्न समस्या रहेको खनाल बताउँछन् । उनले भने, ‘हामी तीन जना छौँ । संघीय सरकारबाट एक जना सुदिप देवकोटा हुनुहुन्छ ।

तर उहाँ परियोजना अन्तर्गत भएकाले प्रदेशले उहाँलाई आग्रह गर्नमात्र सक्छ, निर्देशन दिन सक्दैन ।’ रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए । बिउ निरीक्षक र बिउ विश्लेषकहरू बिउ निरीक्षणका क्रममा खेती भएकै ठाउँमा जानुपर्ने हुन्छ ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

प्राविधिक जनशक्तिको अभाव  रहेकाले अहिले धेरै किसानको खेतबारीमा पुग्न नसकेको बिउ निरीक्षकहरू बताउँछन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले उक्त विषय अध्ययन गरेको जनशक्ति कम रहेकाले समस्या भएको बताए । रुपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्थाले लामो समयदेखि विभिन्न बालीका बिउ उत्पादन, प्रशोधन, बिक्री वितरण गर्दै आएको छ । सो सहकारीका अध्यक्ष डोलाराज शर्माले गहुँको बिउका लागि किसानहरूले बिउ निरीक्षक नपाउँदा समस्या भएको बताए ।

सरकारी निरीक्षक नपाउँदा निजी निरीक्षकबाट भए पनि बिउ परीक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । राधाकृष्ण बिउ बिजन उत्पादक संस्थाका अध्यक्ष तथा जिल्ला बिउ उत्पादक समन्वय समिति रुपन्देहीका सचिव रमेश सिंह मिश्रले बिउ उत्पादक किसानहरूलाई सास्ती भइरहेको बताए । अधिकांश बिउ उत्पादक संस्था, सहकारी, फर्महरूले फिल्ड निरीक्षक, प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण हुन नसक्दा समस्या झेल्नुपरेको उनको भनाइ छ ।

प्रदेशभरि निजी क्षेत्रमा ३२ जना बिउ निरीक्षक छन् । तर उनीहरू कहाँ छन् भन्नेबारे किसानलाई जानकारी नहुँदा बिउ उत्पादनमा समस्या भएको मिश्रले बताए । उनले भने, ‘बिउ उत्पादक किसानले बिउ निरीक्षक फेला पार्न सक्दैनन् । गुणस्तरीय बिउ उत्पादन हुन नसक्दा भारतबाट बिउ ल्याएर खेती गर्नुपर्ने अवस्था बढ्दो छ ।’ जिल्ला बिउ उत्पादक समन्वय समितिका अध्यक्ष शिवराम न्यौपानेका अनुसार लुम्बिनी प्रदेशका ३ वटा जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासी खाद्यान्न बालीको बिउ बिजन उत्पादनको हब मानिन्छ ।

ADVERTISEMENT

निरीक्षक र प्राविधिकको माग गर्दै जिल्ला बिउ उत्पादन समन्वय समिति रुपन्देहीले कृषि मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएको उनको भनाइ छ । लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले बिउ उत्पादनका लागि लुम्बिनी प्रदशेमा केही ठुला र राम्रा कम्पनी भएको उल्लेख गर्दै अहिले भएको जनशक्तिकै अधिकतम प्रयोग गर्ने र नयाँ जनशक्ति पनि खोजी गरिने बताए ।

Share180Tweet95SendShare
Previous Post

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेटसुनिश्चित

Next Post

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

हुलाकी राजमार्गको पेडारीमा पक्कि पुल बन्ने

५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन

५ औं क्यान इन्फोटेक २०२५ को टाइटल स्पोन्सरमा आईएनजी स्क्रिन

लुम्बिनी कप महिला फुटबल : आठ टीम सहभागी हुने

लुम्बिनी कप महिला फुटबल : आठ टीम सहभागी हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?