
बाँके कार्तिक २७ गते । घर छाडेर भारततर्फ हिडेका ४ जना बालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले गत कत्तिक २० गतेदेखि खेजतालस गरी परिवारको जिम्मा लगाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज हेमबहादुर शाहीले कोहालपुर नगरपालिका वडा नम्बर १२ का १२ वर्षिय प्रकाश बिक, बर्ष ११ को दिपक तिरुवा, बर्ष १३ को श्याम बिक र बर्ष १२ को बिक्की बिकलाई नेपालगञ्जको चौलिक्का चोक स्थित फेलापारी परिवारको जिम्मा लगाइएको बताए ।उनीहरुका अभिभावकले २० गतेदेखि नै घर छाडेर हिडेको भन्दै खोज तलासको लागि कार्यालयमा निबेदन दिएका थिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा आज २७ गते भारततर्फ जादै गरेको अवस्थामा नेपालगञ्जको चैलिका चोकस्थित फेला पारीएको प्रहरीले जनाएको छ ।









Discussion about this post