ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

बर्दिया अस्पतालमा एक हजार बढिलाई डाइलासिस सेवा

News Desk by News Desk
१०:३६ मध्यान्ह, फाल्गुन १३, २०८१
बर्दिया अस्पतालमा एक हजार बढिलाई डाइलासिस सेवा
486
सेयर
485
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १४ गते ।
बर्दिया अस्पतालमा होमो डाइलसिस सेवा सञ्चालनमा आएपछि मिर्गौलाका बिरामीहरूलाई उपचारका लागि सहज भएको छ । गत वैशाख ११ गते देखि सञ्चालनमा आएको सेवाले गर्दा बिरामीहरू नेपालगन्ज, कोहलपुर र काठमाडौँ गएर डाइलासिस गराउनु पर्ने बाध्यता हटेको छ ।

बर्दियाका मिर्गौला पीडित बिरामीहरू हप्ताको तिन पटक सम्म डाइलासिस गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । विशेष गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेमा समेत पालो नपाउँदा काठमाडौँ र भारतको लखनउ सम्म पुगेर डाइलासिस गराउनु पर्ने बाध्यता थियो । तर बर्दिया अस्पतालमा डाइलासिस सेवा सञ्चालन भएपछि घरबाटै आएर अस्पतालमा डाइलसिस गराउन पाएका छन् ।

डाइलासिस मेसिन आए पनि जनशक्ति अभावमा लामो समय सम्म सञ्चालनमा नआएको सेवा जनशक्ति व्यवस्थापन पश्चात् बर्दिया अस्पतालमा सुरु भएको थियो । ६ ओटा डाइलासिस मेसिन मध्ये एक मेसिन इमरजेन्सीको लागि होल्डमा राखेर दैनिक ५ ओटा मेसिन सञ्चालन गरिएको छ । दुई सेसनमा सञ्चालन भएको सेवामा प्रति दिन १० जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।

डाइलासिस सेवा सञ्चालनमा आएपछि हाल सम्म ३८ जना बिरामीलाई डाइलासिस सेवा दिई सकिएको छ । जसमध्ये हाल २७ जना बिरामीले नियमित डाइलासिस सेवा लिई रहेका छन् । हाल सम्म एक हजार ५७ सेसन डाइलासिस सेवा दिई सकिएको बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताए । विपन्न नागरिक औषधि उपचार कोषमा दर्ता हुन भन्दा अगाडी बर्दिया अस्पतालले ८५ वटा सेसन निःशुल्क डाइलासिस सेवा दिएको थियो । ५८ जना बिरामीलाई अस्पतालले आकस्मिक डाइलासिस सेवा दिई सकेको छ ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बर्दियामा डाइलासिस सेवा सञ्चालन भएपछि जिल्ला बाहिर कोठा भाडामा लिई बसेर डाइलासिस गर्नुपर्ने बाध्यता हटेको बाँस गढी नगरपालिका वडा नं ६ दमौली बस्ने महादेवले बताउँछन् । उनले भने –‘अहिले घरबाटै आमालाई डाइलासिस गराउन बर्दिया अस्पतालमा ल्याउने गरेको छु ।काठमाडौँमा कोठा भाडामा बस्दा अत्यधिक आर्थिक भार परेको थियो । अहिले सहज भएको छ ।’ काठमाडौँ बसेर लामो समय डाइलासिस गरेका अर्का बिरामी गेरुवा गाउँपालिका वडा नं २ का शेरबहादुर विश्वकर्मा पनि अहिले बर्दिया अस्पतालमा डाइलासिस गराउन आउने गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हप्ताको दुई पटक डाइलासिस गराउन जाने पवित्रा देवी सुवेदी हाल घरबाटै डाइलासिका लागि आउने जाने गर्छिन् । कुनै समयमा डाइलासिसको पालो नपाएर काठमाडौँ देखि भारतको बहराइच सम्म डाइलासिस गराउन भौतारिनु भएको थियो । उनी भन्छिन्–‘अहिले त घर मै बसेर डाइलासिस गरेजस्तो लाग्छ ।’ अस्पताल प्रमुख डा पाण्डेले विपन्न नागरिक औषधी उपचार कोषबाट प्राप्त हुने रकम अत्यन्त न्यून भएको बताउँछन् । उनले प्रति सेसन प्राप्त हुने दुई हजार पाँच सय रकमले डाइलासिस सञ्चालन गर्न समस्या भएको बताए ।

करिब १० बर्ष अगाडी तोकिएको रकम हाल सम्म समायोजन नगरिएको बताउँदै हरेक दुई वर्षमा रकम समायोजन गर्नुपर्ने बताए । ‘डायलासिसका लागि आवश्यक सामानहरू महँगो भई सक्यो तर डाइलासिस गरेवापत कोषले दिने रकम न्यून रहेको छ । ’ उनले भने–‘सरकारी अस्पतालमा डाइलासिसका लागि प्रतिसेसन न्यूनतम ३५ सय रुपियाँ दिए राम्रो हुन्थ्यो ।’ बर्दिया अस्पतालमा मिर्गौला रोग विशेषज्ञ नहुँदा कहिले काहीँ समस्या आउने गरेको उनले बताए । उनले भने–‘मिर्गौला रोग विशेषज्ञ मात्र नभएर फिजिसियन समेत नहुँदा समस्या पर्ने गरेको छ । हाम्रो अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर नभएकोले कतिपय सेवा दिन कठिन भएको छ ।’

ADVERTISEMENT
Share195Tweet121SendShare
Previous Post

आज महाशिवरात्री पर्व, बागेश्वरी मन्दिरमा भीड

Next Post

मगर दिवसमा कोहलपुरमा भोलि विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post

मगर दिवसमा कोहलपुरमा भोलि विदा

आफ्नै निर्णयको धज्जी उडाउँदै नेपालगन्जका मेयर विष्ट : आफैले इजाजत दिएको सञ्जीवनी हस्पिटलाई बोर्ड हटाउन निर्देशन

आफ्नै निर्णयको धज्जी उडाउँदै नेपालगन्जका मेयर विष्ट : आफैले इजाजत दिएको सञ्जीवनी हस्पिटलाई बोर्ड हटाउन निर्देशन

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?