ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

दाङमा मकै उत्पादन बढ्यो, तीन बाली मकैखेती

News Desk by News Desk
११:२४ मध्यान्ह, चैत्र ५, २०८१
दाङमा मकै उत्पादन बढ्यो, तीन बाली मकैखेती
394
सेयर
381
VIEWS
ShareTweetSendShare

दाङ चैत ६ गते ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको देउखुरी क्षेत्रमा तीन बाली मकैखेती हुने गरेको छ । बर्षेनि तीन हजार आठ सय हेक्टर क्षेत्रमा हिउँदे, वसन्ते र बर्खे मकैखेती हुने गरेको छ । तीमध्ये वसन्ते मकैखेती गर्ने किसान बढी छन् । परियोजनाका सूचना अधिकारी चन्द्रशोभा कँडेलका अनुसार तीन बाली लगाउँदा ३२ हजार मेट्रिक टन बढी उत्पादन हुने गरेको छ । उनका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा मात्र ३२ हजार ८९४ मेट्रिक टन मकै उत्पादन भएको थियो ।

बर्षेनि उत्पादन बढिरहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७९–०८० मा २६ हजार ४५५ मेट्रिक टन मकै उत्पादन भएको थियो । देउखुरी क्षेत्रमा रामपुर हाइब्रिड–१० जातको मकै लगाउने गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार बर्सेनि उत्पादन क्षेत्रफल पनि बढिरहेको छ । आव २०७९–०८० मा तीन हजार सात सय हेक्टरमा मकैखेती गरिएकामा आव २०८०–०८१ मा तीन हजार आठ सय हेक्टरमा मकैखेती हुने गरेको हो ।

यसरी बर्षेनि खेती गर्ने किसानको आकर्षण बढिरहेको उनले बताए । कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने गरेको छ । रामपुर हाइब्रिड–१० सहित अरुण–२ र रामपुर कम्पोजिट जातको मकैको बीउ पनि अनुदानमा दिने गरिएकाले उक्त मकैखेती गर्ने गरिएको छ । यसरी किसानले उत्पादन गरेको मकै पसल तथा दाना उद्योगमा बिक्री हुने गरेको छभने बीउ कम्पनीले बीउ खरिद गरिदिने भएकाले बजारीकरणका लागि पनि समस्या नरहेको सूचना अधिकारी कँडेलको भनाइ छ ।

मकैखेतीका लागि विभिन्न प्रविधिको प्रयोग गर्ने गरिएको छ । भौगोलिक बनावटअनुसार रोप्नका लागि सिडड्रिल, ज्याव प्लान्टर तथा केही स्थानमा ट्रयाक्टरले समेत मकै छरेर पछि रोटाभेटर लगाउने गरेका छन् । विगतमा बाँझो राखिएको जग्गामा अहिले मकैखेती गर्ने गरिएको छ । जसले गर्दा किसानलाई आम्दानीको स्रोत बढिरहेको सूचना अधिकारी कँडेलले बताए ।

सम्बन्धित समाचार

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

दाङको लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिकामा यसरी मकैखेती हुने गरेको छ । बर्खे मकै वैशाख–जेठमा, हिउँदे मकै भदौ–असोजमा र वसन्ते मकै माघ–फागुनमा लगाउने गरिन्छ । विभिन्न बालीको विशिष्टिकृत क्षेत्र स्थापना गरी उत्पादन, मूल्य शृङ्खला, आधुनिकीकरण र व्यावसायीकरणमा बढावा दिने उद्देश्यले दाङमा आर्थिक वर्ष २०७३–०७४ देखि मकै सुपरजोन कार्यक्रम सञ्चालनमा आएको हो । सुपरजोन कार्यक्रम सञ्चालन भएपछि देउखुरीमा मकै उत्पादनको व्यावसायिक रूपमा फड्को मार्न थालेको छ ।

‘यस क्षेत्रमा बर्खे मकैखेती बढी हुने र किसानको बुझाई मकै बर्खे सिजनमा मात्र गर्न सकिन्छ भन्ने रहेको थियो,’ सूचना अधिकारी कँडेलले भने, ‘सर्वप्रथम किसानको यस प्रकारको सोचाइ परिवर्तन गर्न जरुरी थियो । यसका लागि हामीले प्रतिफलमा आधारित प्रोत्सहान अनुदान कार्यक्रममार्फत हिउँदे र वसन्ते खेतीलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन भएको हो ।’

अहिले देउखुरीका किसानमा हिउँदे तथा वसन्ते सिजनमा समेत मकैखेती गर्ने परिपाटीको विकास भएको छ । देउखुरी क्षेत्रका विभिन्न स्थानमा कष्टम हायरिङ सेन्टरहरू स्थापना भई सञ्चालनमा छन् । जसबाट किसानले मकैखेतीका लागि आधुनिक कृषियन्त्र भाडामा लिएर पनि खेती गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share165Tweet95SendShare
Previous Post

कर्णालीबाट ३८ हजार परीक्षार्थी सहभागी हुँदै

Next Post

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ सई आचार्य प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
Next Post
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ सई आचार्य प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज बरिष्ठ सई आचार्य प्रहरी प्रधान कार्यालयबाट नगदसहित पुरस्कृत

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

गृह मन्त्रालयले गर्‍यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

प्युठानमा भूमि आयोगको सक्रियता बढ्यो

प्युठानमा भूमि आयोगको सक्रियता बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?