ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव

जावेद अन्सारी by जावेद अन्सारी
११:५१ बिहान, जेष्ठ २१, २०८२
कोमामा गइसकेको राजतन्त्र फर्किने कुनै सम्भावना छैन : उपेन्द्र यादव
516
सेयर
499
VIEWS
ShareTweetSendShare

बाँके जेठ २१ गते ।
लोकतान्त्रिक गणतन्त्रलेमात्र देश र जनताको रक्षा गर्न सक्ने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जनता समाजवादी पार्टी बाँकेको एकताको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कोमामा गइसकेको निरंकुश राजतन्त्र फर्काउने तत्व सक्रिय भएको बताए । उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमा मात्र जनताको अधिकार स्थापित गर्न सकिन्छ । निरंकुश राजतन्त्र फर्काउन केहि तत्व लागेका छन् । लोकतान्त्रिक गणतन्त्रमा निरंकुश राजतन्त्रको परिकल्पना गर्न सकिदैन ।’
उनले नेपाल विभिन्न जातजाति, भाषभाषी, वर्ग, समुदायको साझा थलो भएको बताउँदै ‘एउटै भाषा एउटै भेष’ को नारा लगाउने पञ्चायति ब्यवस्था नेपालमा आउन नसक्ने जिकिर गरे । ‘नेपाल विभिन्न जातजाति, भेषभुसा र भाषाभासीको साझा थलो हो । सवैलाई समान रुपमा समेटेर लगेमात्र देश र जनताको उन्नती हुन्छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ स्थित सिटि हलमा भएको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र सजिलै समाप्त गर्न नसक्ने स्पष्ट पारे । ‘कुनै तत्वले चाहदैमा लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न सक्दैन,’ उनले भने, ‘मधेसी, मुस्लिम, थारु, सिमान्तकृत, अल्पसंख्य लगायत पछाडी पारिएका समुदायको उत्थान लोकतान्त्रिक गणतन्त्रमा मात्र सम्भव छ । सडकमा उफ्रिदैमा गणतन्त्र समाप्त हुँदैन । यसको रक्षाका लागि सवै एकजुट हुन जरुरी छ ।’

अध्यक्ष यादवले पछिल्लो समय देश जर्जर अवस्थामा पुगिसकेको बताउँदै देशमा रहेका उद्योग, कलकारखाना बन्द भइसकेको बताउँदै नयाँ उद्योग खुल्ने क्रम रोकिएको जिकिर गरे । ‘देश आर्थिक रुपमा जर्जर भइसकेको छ । यहि अवस्था कायमै रहे देश झन दलदलमा फस्ने निश्चित छ,’ अध्यक्ष यादवले भने, ‘भ्रष्टाचार र लुटतन्त्रले सिमा नाघिसक्यो । सुशासन दिने घोषणा गरेको सरकार कुशासनमा लिप्त छ ।’ देशले धान्न नसक्ने ऋण सरकारले थोपरिरहेको बताउँदै उनले काँग्रेस र कम्यूनिष्टका कारण देश वर्वादीतर्फ गइरहेको आरोप लगाए । उनले आगामी चुनावमा काँग्रेस र कम्यूनिष्टको पत्तासाफ गर्नुपर्ने बताए । ‘काँग्रेस र कम्यूनिष्टका कारण देशको अवस्था झनझन विग्रदो छ । यी दलको पत्तासाफ भएमात्र देश र जनताको उन्नती हुनेछ,’ यादवले भने ।

उनले संविधान संशोधन गर्ने बेला भइसकेको बताउँदै काँग्रेस र कम्यूनिष्टसँग संविधान संशोधनको खाका नभएको दावी गरे । ‘संविधान संशोधन मार्फत निर्वाचन प्रणाली र शासकिय स्वरुप परिवर्तन गर्नुपर्छ । यी दुईवटा परिवर्तन नगरेसम्म पछाडी पारिएका नागरिकको अधिकार स्थापित हुन सक्दैन,’ उनले भने ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

देशमा रहेको यूवा शक्ति विदेश पलायन हुँदा दक्ष जनशक्ति पाउन मुस्किल परेको बताउँदै उनले रमिट्यान्सबाट देश चलेको बताए । उनले राज्यले जनताको आधारभूत आवश्यक्तासमेत पूरा गर्न नसकेको बताए । ‘जुन बेला रेमिट्यान्स बन्द हुनेछ, त्यसपछि देश नै धरासायी हुने छ,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता समेत पूरा गर्न नसक्ने अवस्थामा देश पुगेको छ ।’
उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको अध्यक्ष यादवको भनाई छ ।

कार्यक्रममा जसपाका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले जनताको बलिदानीबाट प्राप्त गणतन्त्रले मात्र देश र जनताको विकासमा टेवा पुग्ने बताए । उनले भने, ‘राजतन्त्रको पक्षमा सडकमा नारा लाग्दैमा केहि हुनेवाला छैन ।’
जसपाका केन्द्रिय सचिव तथा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले पछाडी पारिएका मधेसी, मुस्लिम, थारु, अल्संख्यक, सिमान्तकृत समुदाय संविधानले दिएको अधिकारसमेत उपभोग गर्न नपाएको बताए ।

जसपाका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले अधिकार प्राप्तिका लागि मधेस आन्दोलन भएको बताउँदै गणतन्त्र संस्थागत गर्न मैदानमा होमिन तयार रहेको बताइन् । उनले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सशक्त आन्दोलन गर्न तयार रहेको स्पष्ट पारिन् ।

ADVERTISEMENT

अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य तबस्सुम अन्सारी, रामकुमार यादव, केन्द्रिय सदस्य एवम् नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाह लगायतले मधेसी, मुस्लिम, थारु लगायत समुदायको अधिकार स्थापित गर्न संविधान संशोधन गर्नुपर्ने धारणा राखेका थिए । जसपा नेपाल बाँकेका अध्यक्ष कौशलकुमार धोबीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम जसपा बाँके सचिव सूर्यलाल यादवले गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेकालाई केन्द्रिय अध्यक्ष यादव लगायतले स्वागत गरे ।

Share217Tweet125SendShare
Previous Post

नरैनापुरका ३५० परिवारलाई लालपूर्जा वितरण

Next Post

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post
जाजरकोटका भूकम्पपीडित अझै टिनको छानामुनि

जाजरकोट भूकम्प : विस्तृत सर्भेकै छैन टुंगो

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

लुम्बिनीमा दस वर्षमा विपदबाट ४ सय ५९ जनाको मृत्यु

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

बाँकेमा नवजात शिशु र आमा मृत्यु दर घटनाउनै चुनौती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?