ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

News Desk by News Desk
६:३८ मध्यान्ह, असार २०, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
613
सेयर
611
VIEWS
ShareTweetSendShare

बाँके असार २० गते ।
पछिल्लो समय बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगर नेपालगन्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगन्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् ।

इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । ‘मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन भएका छन् । ति सुरक्षाकर्मीले सुरक्षा ब्यवस्था कसरी मिलाएका छन् ? र थप सशक्त बनाउन रातको समयमा आफै खटिएको छु,’ एसपी घर्तीमगरले भने ।

आइतबार दिउँसो अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले मोहर्मलाई लक्षित गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको बताए । ‘रातको समयमा अवाञ्छित गतिविधि नहोस भन्ने उद्देश्यले करिव चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले अनलाईन खोजखबरलाई जानकारी दिए ।

एसपी घर्तीमगरसँगै सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल पनि रातको समयमा नेपालगन्जमा खटिने गरेका छन् । नेपालगन्जमा परिचालन भएका सशस्त्र प्रहरीहरुले सुरक्षा ब्यवस्था कसरी मिलाइरहेका छन् भन्ने जानकारी लिन रातको समयमा समेत नगरमा खटिदै आएको छु,’ उनले भने ।
मुस्लिम धर्मावलम्बीको महान पर्व मोहर्रमको आज आठौं दिन पनि ऐतिहासिक जुलुस निस्कने भएका छन् । नगरका विभिन्न स्थानबाट जुलुश निस्केर नगरको परिक्रमा गरिने भएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

अवाञ्छित गतिविधि हुन नदिन वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम पनि दिन–रात खटिदै आएका छन् । उनले भने, ‘मोहर्रमलाई ब्यवस्थित बनाउने हाम्रो दायित्व भएकोले दिनरात नभनी खटिएका छौँ,’ उनले भने ।

मोहर्रमलाई सभ्य र भब्य बनाउन सक्दो सहयोग गरिरहेको धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले जानकारी दिए । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगन्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ । अन्य पर्व जस्तै मोहर्रमलाई पनि सभ्य, भब्य र ब्यवस्थित बनाउन हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’

मोहर्रमलाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगर र सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल फिल्डमा खटिएको बताउँदै उनले उक्त कार्यको प्रशंसा गरे । ‘शुक्रबार राती भएको जुलुस कार्यक्रममा एसपी घर्तीमगर आफै खटिएर सुरक्षा ब्यवस्था मिलाउनु भयो । यो एकदमै सकारात्मक पक्ष हो,’ उनले भने ।

ADVERTISEMENT

मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा बाँकेका विभिन्न धर्मका अगुवाहरुले प्रतिवद्धता जनाएका छन् । विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मोहर्रम पर्बका अवसरमा नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए । उनले नेपालगन्जमा भइरहेका हरेक गतिविधिको ड्रोन क्यामेरा मार्फत प्रहरीले निरीक्षण गरिरहेको बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ नै प्रहरीले ड्रोन क्यामेरा मार्फत निगरानी गरिरहेको छ,’ उनले भने, ‘कुनै गलत क्रियाकलाप भएको पाइए तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउँछौँ ।’

इस्लामिक नयाँ वर्ष हिजरी संवत्को १ देखि १० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गरिन्छ । ‘स्थापना गरिएका ताजियाको समेत ड्रोन क्यामेराले निगरानी गरिने छ,’ उनले भने ।

Share246Tweet153SendShare
Previous Post

बाँकेमा ४४ प्रतिशत रोपाइँ

Next Post

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा
मुख्य समाचार

बाँकेमा ट्राफिक निगरानी कडा, १५७ सवारी साधन कारबाहीमा

१२:३२ मध्यान्ह, बैशाख १७, २०८३
आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
Next Post
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?