ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

घरभित्रै असुरक्षा : लुम्बिनीमा एक वर्षमा ३० जनाको परिवारबाटै हत्या

News Desk by News Desk
४:३६ बिहान, असार ३१, २०८२
बीस रुपैयाँको विवादमा महिलाको हत्या
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बुटवल असार ३१ गते ।
गत बुधबार सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्क गाउँका ७० वर्षीय जंगबहादुर नेपालीलाई झड्केलो छोरा ४० वर्षीय झुपे नेपालीले दाउराले टाउको हानेर हत्या गरे । रिसको झोकमा झुपेले कुटपिट गरेर बुवाको हत्या गरेपछि शवलाई मलखादभित्र पुरे। घटनापछि भाग्दै गरेका झुपेलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

यही असार १३ गते अर्घाखाँचीमै दाजुले भाइको हत्या गरे । दाजुकी श्रीमतीलाई जिस्काएको निहुँमा दाजुले बञ्चरो प्रहार गरी हत्या गरेका थिए । शीतगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाजु विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपकसिंह विष्ट बताउँछन् । परिवारभित्र पहिलेदेखि नै विवाद हुने गरेको र त्यस दिन दुवैले मादक पदार्थसमेत सेवन गरेका थिए ।

हत्या गर्ने दाजु विष्णुबहादुर बादीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गत जेठ २३ गते नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ अवरैयामा आफ्नै बुवालाई छोराले हत्या गरे। अवरैया बस्ने २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका थिए । प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । त्यसलगत्तै उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा कोदालो प्रहार गरेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

हत्याको कारण रिस र आवेग नै रहेको प्रहरीको निष्कर्ष छ । दाङको बङ्गलाचुली गाउँपालिका–७ मा घरायसी विवादकै क्रममा श्रीमतीले २०८१ वैशाख अन्तिम साता श्रीमानको हत्या गरिन्। ५३ वर्षीया सङ्गीता सुनारी मगरले आफ्ना ६५ वर्षीय श्रीमान् पुनाराम सुनारी मगरलाई वैशाख २९ गते राति करिब १० बजे दाउरा र लाइट प्रयोग गरी घाँटी र टाउकोमा प्रहार गर्दै हत्या गरेकी थिइन्। प्रहरीका अनुसार घटना घरायसी झगडाका कारण भएको हो।

सम्बन्धित समाचार

घुससहित वन अधिकृत पक्राउ

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

मादक पदार्थ सेवनका कारण श्रीमान्–श्रीमतीबीच लामो समयदेखि झगडा हुने गरेको थियो। २०८२ असार १ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ शिखरका ३८ वर्षीय रामु कुमालको उनकै २७ वर्षीय श्रीमती मेखमाया कुमालले हत्या गरिन्। सामान्य घरायसी विवाद बढ्दै गएपछि हत्यासम्मको घटना भएको प्रहरीको अनुसन्धानले देखाएको छ। परिवारभित्र हुने हत्यामा श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमानको, बाबु–आमाले छोराछोरीको, छोराले आमाबुवाको, आमाले नवजात शिशुको, आमाले छोराछोरीको, भान्जाले मामाको, दाजुले भाइको, भाइले दाजुको, भतिजले काकाको, हजुरबुवाले नातिको, धर्मबाबु आमाले छोराको हत्या गरेका घटनाहरू छन् ।

प्रदेश प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र ३० जनाको परिवारभित्र हत्या भएको छ। जसमा ४४ जना संलग्न छन् । जसमध्ये ३२ पुरुष र ८ महिलालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै १ पुरुष र ३ महिला अझै फरार छन् । चालु आर्थिक वर्षमा श्रीमानले श्रीमतीको हत्या गरेका ११ घटना छन्। छोराले आमाबुवाको हत्या गरेका ४, बाबु आमाले छोराछोरीको हत्या गरेका ३ घटना छन् ।

त्यस्तै श्रीमतीले श्रीमानको, आमाले नवजात शिशुको, दाजुले भाइको हत्या गरेका दुई÷दुई घटना छन्। यसैगरी लुम्बिनी प्रदेशमा आमाले छोराछोरीको, भान्जाले मामाको, भाइले दाइको, भतिजले काकाको, हजुरबुवाले नातिको र धर्मबाबु आमाले छोराको हत्या गरेको एक÷एक घटना छन् ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

प्राचीन तिलौराकोट विश्वसम्पदामा सूचीकृत हुन सकेन

Next Post

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर
अपराध

मुख्य नाकामा कडाई हुँदा सहायक नाकाबाट तस्करी गर्दै तस्कर

१०:३४ बिहान, असार २१, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद
अपराध

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

२:१९ बिहान, असार १५, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

बालिकामाथि जबर्जस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

६:१३ बिहान, असार १२, २०८३
एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
Next Post
नेपालगञ्जमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

अफिम र नक्कली नोट सहित दुईजना पक्राउ

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

पुनर्संरचनाको प्रतिवेदनले कर्णालीमा हलचल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?