ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

केसीसी एक्जिबिट २०२५’ को भव्य समुद्घाटन

News Desk by News Desk
९:१४ मध्यान्ह, साउन १६, २०८२
केसीसी एक्जिबिट २०२५’ को भव्य समुद्घाटन
385
सेयर
383
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन १७ गते ।
कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएको छ । शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाडौंमा आयोजित समारोहलाई नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरे ।

उद्घाटन समारोहको सभाध्यक्षता कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आथित्यतामा भएको समुद्घाटन समारोहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथिका रूपमा रहे । यसैगरी अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डे, व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, आमसञ्चार विभाग प्रमुख प्रा. रामाकृष्ण रेग्मी, प्राचार्य राजु कट्टेल र एक्जिबिसनका संयोजक इ. रवि श्रेष्ठ रहेका थिए ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले आजको दशक फाइभजी र एआइको भएको बताए । सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेको उनले बताए । सरकारको एक वर्ष अनुभव मात्रै लिन पाएको भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सक्ने बताए । सरकारको सानो मात्रै डाटा सेन्टर रहेको भन्दै त्यसलाई ठूलो आकारमा बनाउनु पर्ने उनले बताए । आइटी पार्क एउटा पनि नभएको भन्दै उनले प्रविधियुक्त नेपाल विकासका लागि सरकारले काम गरिरहेको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकालले इन्जिनियरहरुले मात्रै यो देशको मुहार फेर्न सक्ने बताए । इन्डस्ट्री र एकेडेमीलाई जोडेर अघि बढ्नु पर्ने उनले बताए । आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुलाई नाष्टले स्वागत गर्ने भन्दै उनले अनुसन्धान र आविष्कारका लागि पैसा र स्थान उपलब्ध गराउने जानकारी दिए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले केसीसीको यो एक्जिबिसनले धेरै नयाँ युवाहरुलाई प्रेरणा दिएको बताए । यो प्रदर्शनीले युवाहरुलाई अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ । इन्डस्ट्री, एकेडेमिया र गभरमेन्टबीच समन्वय भएर अघि बढ्न सके देश समृद्ध बन्न समय नलाग्ने उनले बताए ।

क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डेले एक्जिबिसनको सफलताको शुभकामना दिइन् । क्यान फेडेरेसनले ३२ वर्षदेखि यस्तै नयाँ प्रविधिको विकास क्यान इन्फोटेकमार्फत मात्रै हेर्न पाइने गरेकोमा पछिल्लो समय कलेजका विद्यार्थीहरुले नै नयाँ आविष्कार गरेर देखाउने गरेको उनले बताइन् । युवा विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको उनले बताइन् । एआइको विकास उच्च गतिमा भइरहेको भन्दै उनले सबै इनोभेसनमा एआइको प्रयोग गर्न पनि उनको सुझाव छ ।

व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने यो नै मौका भएको बताए । यस्ता व्यवहारिक ज्ञानले विद्यार्थीको व्यवस्थापकीय क्षमतामा पनि विकास गर्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना हुनुपर्ने उनले बताए ।

ADVERTISEMENT

कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्दै प्रा. रामाकृष्ण रेग्मीले इनोभेसन, एक्जिबिट र इन्स्पायर नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । नेपालमा एआइका प्रविधिहरुलाई कसरी असल अभ्यास गर्ने भन्ने विषयमा पनि कन्तिपुर सिटी कलेजले काम र अध्यापन गराइरहेको बताए । यो प्रदर्शनी केसीसीको मात्रै नभएर सबै कलेज र सरोकारवालाको भएको बताए । “केसीसीले एउटा डट्स कोरेको छ यो ग्लोबल्ली कनेक्ट हुन पनि सक्छ, हुनु पनि पर्छ“ उनले भने ।

सहभागीहरुलाई स्वागत गर्दै कलेजका प्राचार्य राजु कट्टेलले इनोभेसन, एक्जिबिट, इन्स्पायर भन्ने मूल नारासहित आयोजना हुने यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने बताए ।

प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वका परियोजनाहरू प्रदर्शित गरिएको उनले जानकारी दिए । प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता (एआइ), इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेब÷मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश भएको उनले बताए । त्यस्तै, बिबिए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दाबढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएको उनको भनाइ छ ।

शुक्रबार र शनिबार सञ्चालन हुने प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् । कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन् ।

कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने कलेजले अपेक्षा गरेको छ । विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने प्रदर्शनी संयोजक ई. रवी श्रेष्ठले बताए । यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवद्र्धन र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले बताए ।

केसीसी पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज हो ।

Share155Tweet96SendShare
Previous Post

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

बाँकेमा ३८ खानेपानी आयोजना कटौती

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

बाँकेमा ३८ खानेपानी आयोजना कटौती

राप्ती तटिय क्षेत्रमा साइरन बज्यो

बाँकेमा १५ हजार परिवार बाढी र डुबानको जोखिममा

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?