ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

News Desk by News Desk
१०:१५ मध्यान्ह, भदौ ७, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
380
सेयर
380
VIEWS
ShareTweetSendShare

दाङ भदौ ८ गते ।
पश्चिम तराईका थारु समुदायले आइतबार (आज) विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै छन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारु अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ। हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उनले भने, “थारु समुदायमा यो पर्वको छुट्टै महत्त्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताए । “यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उनले भने । उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारु समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पु¥याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउँछन् । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

दाङका थार राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थार राजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थार राजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारु समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबिच, लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारु समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

सिधनियाघाटमा ५० प्रतिशत पुल निर्माण सम्पन्न

Next Post

रौतहटमा गएराति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
भोलिदेखि नेपालगन्जमा रोजगार मेला
कला/साहित्य

भोलिदेखि नेपालगन्जमा रोजगार मेला

११:४० बिहान, चैत्र १४, २०८१
Next Post
बाँकेमा हावाहुरीले पर्खाल भत्किँदा एक महिलाको मृत्यु

रौतहटमा गएराति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव फेला

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

टिप्परको ठक्करबाट दाङमा एकको मृत्यु

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?