ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं

News Desk by News Desk
७:१३ बिहान, भदौ ८, २०८२
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
376
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ८ गते ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले काठमाडौं केन्द्रित प्रदर्शन थालेका छन् ।

सरकारले बजेट अभाव देखाउँदै किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् ।

उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरु गौशालाबाट नारा–जुलुससहित माइतीघर मण्डलातर्फ अघि बढेका छन् । उनीहरुले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको दरले अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।

महासंघका संयोजक श्यामबाबु रायका अनुसार चिनी उद्योगहरूले किसानलाई दिनुपर्ने प्रतिक्विन्टल ५८५ रुपैयाँ भुक्तानी गरिसकेका छन्, तर सरकारले दिने कबुल गरेको अनुदान नपाउँदा किसानहरू सडकमा उत्रिन बाध्य भएका हुन् । ‘सरकारले हाम्रो उखुको रेट तय गरेर आजको दिनमा एकाएक मनोमानी ढंगले हटाउन मिल्दैन,’ संयोजक रायले भने, ‘राज्य आफैंले उखुको भाउ निर्धारण गर्छ, अनि अहिले पैसा नदिएर सुख पाउँछ ? हामी किसान मर्दैनौं ?’

सम्बन्धित समाचार

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

उनका अनुसार आन्दोलनमा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका किसानहरूको सहभागिता छ । विशेषगरी सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका करिब ५०० देखि ६०० किसानहरू प्रदर्शनमा सहभागी भएको रायले बताए । उनीहरू हाल सिंहदरबार क्षेत्र हुँदै माइतीघरतर्फ बढिरहेका छन् ।

महासंघले तत्कालका लागि चार दिने आन्दोलन कार्यक्रम घोषणा गरेको छ । ‘यदि सरकारले हाम्रो माग आजै पूरा गर्छ भने हामी एकै दिनमा आन्दोलन फिर्ता लिन तयार छौं,’ रायले भने, ‘तर, यदि चार दिनभित्र पनि माग पूरा भएन भने हामी अर्को चरणको कार्यक्रम घोषणा गर्छौं । जबसम्म माग पूरा हुँदैन, हामी आन्दोलन छोड्नेवाला छैनौं ।’ किसानहरूले आफ्नो माग पूरा नभएसम्म काठमाडौं नछोड्ने र शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।

सरकारले बजेट अभाव भएको र स्रोत जुटाउन नसकिएको भन्दै किसानलाई प्रतिक्विन्टल उखुमा दिँदै आएको ७० रुपैयाँ बराबर अनुदान आधा घटाएर ३५ रुपैयाँमा झारेको छ ।

ADVERTISEMENT

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई गत वर्ष दिएकै सरह प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ तोकेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । तर, मन्त्रिपरिषद्ले उक्त प्रस्ताव अनुमोदन नगरेर किसानको अनुदान कटौती गरी ३५ रुपैयाँ दिने प्रस्ताव स्वीकृत गरेको थियो । सरकारले अनुदान कटौतीको रकम मान्य नहुने भन्दै किसानले आपत्ति जनाउँदै आएका थिए ।

आर्थिक वर्ष २०८१÷८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका थिए । यसअनुसार सरकारले किसानलाई करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

Share150Tweet94SendShare
Previous Post

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

Next Post

यी स्थानमा हुनेछ आज भारी वर्षा, हावाहुरीको पनि सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित
कृषि

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

११:५७ मध्यान्ह, मंसिर २३, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

१२:०० बिहान, मंसिर १८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

बाँकेमा एक करोड ३८ लाख रुपैयाँको धान खरिद

११:३४ मध्यान्ह, मंसिर ८, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
कृषि

किसानलाई अनुदानमा गहुँको बीउ

१०:१० मध्यान्ह, कार्तिक २८, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

खाद्यले खरिद क्षमता बढाउनु पर्ने बाँकेका किसानको माग

९:४९ मध्यान्ह, कार्तिक २७, २०८२
धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित
कृषि

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

१२:०० बिहान, कार्तिक २६, २०८२
राजापुरमा धान खरिद सुरु
कृषि

राजापुरमा धान खरिद सुरु

११:५२ मध्यान्ह, कार्तिक २०, २०८२
२२ हजार क्विन्टलभन्दा बढी धान खरिद
कृषि

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण

५:३९ बिहान, कार्तिक २०, २०८२
Next Post
आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

यी स्थानमा हुनेछ आज भारी वर्षा, हावाहुरीको पनि सम्भावना

बढ्यो तीजको रौनक, आज दर खाने दिन

बढ्यो तीजको रौनक, आज दर खाने दिन

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Clear
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h NE
Humidity: 97%
Pressure: 1014.9mbar
UV index: 0
SatSunMon
25/11°C
25/10°C
24/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?