काठमाडौं भदौ १५ गते ।
देशका केही स्थानमा आइतबार बिहान ठूलो पानी परेको छ । केही समयका निम्ति ‘मध्यम’देखि ‘भारी’ वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काठमाडौंलगायत क्षेत्रमा ठूलो पानी परेको छ । गण्डकी प्रदेशका लमजुङ, गोरखालगायत क्षेत्रमा पनि ठूलो पानी परेको छ । सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटीलगायत क्षेत्रमा समेत केही समयका निम्ति मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ । पानी पर्ने क्रम अझै जारी छ ।
वाग्मती प्रदेशका भूभागमा वर्षा गराउने बादल विकास भइरहेको महाशाखाले जनाएको छ । “वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी वाग्मती प्रदेशका भूभागहरूमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकोले मौसमको जानकारी लिएर मात्र योजना बनाउनुहोला,” महाशाखाले भनेको छ ।













Discussion about this post