बाँके भदौ १५ गते ।
बाँके र बर्दियाबाट लागुऔषधसहित प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले बाँकेको नेपालगन्जबाट ७ सय ८० ट्याब्लेट नाईट्राजेपामसहित एक युवकलाई पक्राउ गरेको हो ।
नेपालगन्ज–२० राँझा चोकबाट प्रहरीले जुम्लाको सिँजा गाउँपालिका–७ का २५ वर्षीय नवीन तिवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
त्यसैगरी बर्दिया प्रहरीले बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश वलीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
लागुऔषधसहित पक्राउ गरेका दुबै जनासँग सम्बन्धित प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ ।













Discussion about this post