काठमाडौं कात्तिक १४ गते ।
दुई दिन देखि वर्षा भइरहेको छ । यो वर्षाले हिउँदे तरकारी बालीलाई भने राहत दिने छ । सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृत सरह हुने छ । किसानले भर्खरै रोपेका आलु र अन्य तरकारीका बेर्नाका लागि पनि यो वर्षाले राहत दिने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मोन्था चक्रवातमा अन्य थप दुई साना चक्रवातको शक्ति मिसिएपछि यो झन् शक्तिशाली बनेकाले नेपालका केही स्थानमा ठुलो वर्षा र हिमपात गराउने सम्भावना बढाएको छ । त्यसैले बिहीबारसम्म गण्डकी प्रदेशसम्म सक्रिय रहेको मोन्थाको असर अहिले सुदूरपश्चिम प्रदेशसम्म नै फैलिएको छ ।
शुक्रबार देशका अधिकांश स्थानमा मोन्था चक्रवातको असरले निरन्तर वर्षा कायम रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । शनिबारदेखि भने बिस्तारै मौसममा सुधार हुँदै जाने छ ।













Discussion about this post