ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरी गुण्डागर्दीविरुद्ध धावा बोल्दैः समिर र विनय पक्राउ, अरुको खोजी चल्दै

News Desk by News Desk
९:३९ बिहान, मंसिर २, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
1k
सेयर
1k
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २ गते ।
बाँकेको सुरक्षामाथि पछिल्लो समय उठ्दै आएको चिन्ता, स्थानीय बासिन्दाको मनमा बस्दै गएको त्रास र गुण्डागर्दीको बढ्दो प्रभावबीच प्रहरीले भने फरार अपराधीविरुद्ध आक्रामक मोड लिएको छ । घटनाहरु सुनिए पनि पक्राउ दुर्लभ देखिन्थ्यो, तर केही दिनयता अवस्था बदलिन थालेको छ–एकपछि अर्को गर्दै ‘फरार’ सूचीमा रहेका अभियुक्तहरु प्रहरीको हातमा परिरहेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसी कार्यालयमै व्यस्त देखिन्छन् । उनी पछिल्ला दिनमा समन्वय, निगरानी र कारबाहीका गतिविधिले गुम्सिएको कागजी फाइलहरु पल्टाउँदै छन् । उनी भन्छन् “गुण्डागर्दी गरि समाजमा आतंक फैलाउनेहरुको सूची बनाउने क्रममा पक्राउको गति बढाएका हौं ।” राप्तीसोनारी गाउँपालिका–२, मदुवाका ३० वर्षीय समिर भनिने सरोजविक्रम विष्ट लामो समयदेखि ‘फरार अभियुक्त’ को सूचीमा थिए । ठेक्का पट्टा विवाददेखि गुण्डागर्दी र ज्यान मार्ने उद्योगसम्मका मुद्दामा उनी संलग्न रहेको अदालतमा विचाराधीन थियो । प्रहरीका फाइलहरु पल्टिँदा बारम्बार उही नाम देखा पथ्र्यो—तर मानिस भने खुलेआम सहरमै हिंडिरहेको थियो ।

एसपी जिसी अनलाइन खोजखवरलाई भन्छन्– “फरार सूचीमा रहेका विष्ट छाती फुलाएर यताउता हिडेको खबर पाएपछि हामीले निगरानी कडा पार्यौं । अन्ततः उनलाई नेपालगन्जमै नियन्त्रणमा लिएर अदालतमा बुझाएका छौं ।” विष्टको मुद्दा पहिले नै अदालतमा विचाराधीन भएकाले प्रहरीमा म्याद थप्ने प्रक्रिया आवश्यक रहेन । अदालतमा बुझाइएपछि उनको आगामी कानुनी यात्रा न्यायालयकै जिम्मामा पुग्यो ।

विष्ट पक्राउ परेको दुई दिनमै अर्को खबर छायो–ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि लगातार फरार रहेका नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदो बस्ने २८ वर्षीय विनय भण्डारी पनि पक्राउ परे । उनी नेपालगन्ज उपमहानगरपालिका–१, नजिकै लुकेर बसेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गर्‍यो । एसपी जिसी भन्छन्– “गुण्डागर्दी गर्ने र समाजमा आतंक फैलाउने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने छ । फरारहरु भाग्न थालेका छन्, तर हामी तर्सिँदैनौं ।” अपराधिक गतिविधि बढेको समाजमा प्रहरीले चलाएको यो अभियानले नयाँ संदेश दिएको छ । एसपी जिसी बारम्बार दोहोर्‍याउँछन्–“कानुन कार्यान्वयनमा हामी कुनै दवावमा पर्दैनौं—न राजनीतिक, न पदस्थ व्यक्तिको ।” उनको यो भनाइले प्रहरी संगठनभित्र नयाँ आत्मविश्वास पैदा गरेको देखिन्छ । अपराधीलाई छोड्ने ‘फोन कल’ को संस्कृति हटाउने संकेत पनि यसैमा भेटिन्छ ।

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

यी दुई गिरफ्तारीपछि अन्य फरार अभियुक्त र तस्करीमा संलग्न समूहहरुमा ‘भागाभाग’ देखिन थालेको प्रहरीको दाबी छ । निगरानी र सूचनाको जालो कडा भइरहेको छ । स्थानीय बासिन्दाले राति हिँडडुल गर्दा महसुस गर्ने डर केही हदसम्म कम भएको अनुभव सुनाउन थालेका छन् ।

एसपी जिसी थप्छन्–“अपराधीलाई संरक्षण दिने, समाजमा त्रास फैलाउने जो कोहीलाई पनि हामी निर्ममतापूर्वक कारवाही गर्छौं। उजुरी दिनुहोस् हामी तुरुन्तै कारवाही गर्छौं ।” बाँकेमा सुरु भएको यो ‘सफाइ अभियान’ प्रहरी प्रशासनको आक्रमकता मात्रै होइन; यो स्थानीय समाजले मागेको शान्ति, सुरक्षा र भरोसाको पुनःस्थापना पनि हो । फरार सूचीमा रहेका व्यक्तिहरु एकपछि अर्को पक्राउ परिरहेका छन् । एसपी जिसीले गुण्डागर्दी गर्ने विरुद्ध प्रहरीलाई जानकारी दिन पनि आव्हान गरेका छन् ।

ADVERTISEMENT
Share432Tweet255SendShare
Previous Post

राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’

Next Post

लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
Next Post
लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

लागूपदार्थ न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

आज ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 53%
Pressure: 1010.16mbar
UV index: 7
SunMonTue
31°C / 17°C
30°C / 17°C
31°C / 18°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?