ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सुधारगृह कि लागुऔषधको अखडा ? नौवस्ता कारागारप्रति गम्भीर प्रश्न

News Desk by News Desk
१२:२७ बिहान, पुस ८, २०८२
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर
403
सेयर
402
VIEWS
ShareTweetSendShare

बाँके पुस ८ गते ।
कारागार कैदी–बन्दीहरुको सुधार गृह पनि हो । हरेक कोणबाट सुरक्षित रहने भरपर्दोस्थल पनि हो । तर बाँकेको नौवस्ता क्षेत्रीय कारागार दिनहुँ असुरक्षित बन्दै गइरहेको छ । कारागारलाई सामान्यतया कैद खानाका रुपमा बुझिन्छ । सुध्रिएर समाजमा पुनस्र्थापित हुने अन्तिम अवसरका रुपमा पनि कारागारको बसाईलाई लिइन्छ । तर सुविधा सम्पन्न नौवस्ता कारागार झनै नर्कमय बन्दै गइरहेको छ । लागुऔषध कारोबार, प्रयोग र जुवातासको अखडाका रुपमा रुपान्तरण हुन लागेपछि त्यहींभित्रका कैदीले चिन्ता र शंका व्यक्त गरेका छन् । नेपालको कानुनअनुसार लागु पदार्थको अबैध ओसार पसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाइको छ ।

नौवस्ता कारागारभित्र लागुऔषध ओसारपसार रोकिनु प¥यो भनेर आवाज उठाउनेहरुकै आवाज दबाउने र कुटपीट गर्ने कार्य भइरहेको छ । गत शुक्रबार राती चौकीदार रामबरण गुप्तामाथि आक्रमण भयो । नाइके दिपक केसी नेतृत्वको समूहले आक्रमण गरेको बताइएको छ । सो समूहको आक्रमणबाट गुप्तासहित केही कैदी घाइते भएका छन् । कुटपीटको घटनापछि उल्टै गुप्तासहित नौ जनालाई अर्को ब्लकमा राखेर दुई दिनसम्म भोकै राखिएको पीडितले बताएका छन् । कारागार प्रमुख जालन्धर भुषालकै आडबलमा केसीले लागुऔषध भित्र्याउने, कारोबार गर्ने काम गरिरहेको श्रोतको दावी छ । कागजमा गुप्तालाई चौकीदार तोकिएपनि चौकीदारको भूमिका सबै केसीलाई दिइएको स्वयं भुषालले स्वीकार्ने गरेको गुप्ताकी धर्मपत्नी पुनम गुप्ताले जनाइन् । यसबारे कारागार प्रमुख भुषाल भने आपसमा मिल्दासम्म सब ठिक हुने आफु अनुुकुल नहुँदा आरोप लाइदिने प्रवृति रहेको बताउँछन् । कुटपीट घटनाबारे भुषाल सामान्य झडप भएको र त्यो साम्य पारिसकिएको बताउँछन् ।

धर्मपत्नी गुप्तासहितका आफन्तले आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई भेटेर घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका थिए । गुप्तालाई चौकीदारकै भूमिका निर्वाह गर्न दिन र केसीलाई अन्यत्र सरुवा गरि सुरक्षित बातावरण श्रृजना गरिदिन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी तामाङले थप अध्ययन गर्ने प्रतिवद्धताअनुसार सोमबार सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री नेतृत्वको टोली खटिएको छ । टोलीले सरोकारवालासँग भेटेर थप छानवीन गरिरहेको छ । कैदी अगुवा स्वयंले लागुऔषध कारोबार गर्नु र जेलर तथा प्रहरी प्रशासन मुकदर्शक भएर हेरिरहनु झनै शंका र चिन्ताको विषय बनेको छ । लागुऔषधको अवैध ओसारपसार र प्रयोगले गम्भीर चुनौती खडा गरेको छ भने अनेकन प्रश्न पनि उब्जाइदिएको छ ।

ब्राउन सुगर, गाँजा, दारु जस्ता लागुऔषध कारागारसम्म सजिलै पुग्ने गरेको छ । औषधी र तरकारीका पोकामार्फत यस्ता लागुऔषध सजिलै भित्र पठाइन्छ ।

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

श्रोतका अनुसार बाहिर एक प्याकेटको दुई सय पर्ने ब्राउनसुगर (प्याकेट) कारागार भित्र एक हजार पर्ने गर्दछ । गाँजा मिश्रित एक खिल्ली चुरोटको पाँच सय पर्दछ । एक पाउ दारु त्यहाँ एक हजार पर्दछ । स्रोतका अनुसार, सजिलै लागुऔषध कारागारसम्म पुग्ने गरेको छ । लागुऔषध सहजै भित्र छिराएवापत त्यो समुहले जेलर, प्रहरी इञ्चार्जलाई मासिक मोटो रकम बुझाउने गरेको बताइन्छ ।

कारागारमा लागुऔषधको कारोबार र प्रयोगले अनेकन जोखिम निम्तियाएको छ । लागुऔषध प्रयोगकर्ताबाहेकका कैदीहरू असुरक्षित र डर त्रासमा छन् । सुरक्षा व्यवस्था बढाउँदै प्रभावकारी खानतलासी र निगरानी बढाउन जरुरी छ । कारागार प्रशासनका अनुसार कारागारमा ६ सय ३५ कैदीबन्दी रहेका छन् । नौ बिघा क्षेत्रफलमा रहेको उक्त कारागार तीन हजार क्षमताको छ ।

ADVERTISEMENT
Share162Tweet101SendShare
Previous Post

सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाउँदै बाँके ट्राफिक

Next Post

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी
अपराध

एक सातामै ४५ लाखभन्दा बढीका अवैध सामान बरामद, सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कडा निगरानी

८:२१ बिहान, असार ८, २०८३
अपराध

नेपालगञ्ज यातायात कार्यालयबाट दुई चिकित्सकसहित पाँच जना नियन्त्रणमा

६:२३ बिहान, असार ५, २०८३
दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद
अपराध

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

७:४६ बिहान, असार ४, २०८३
खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ
अपराध

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

७:३४ बिहान, असार ३, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
Next Post
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगन्ज विमानस्थलबाट उडान अवरुद्ध

अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा

अत्यधिक चिसो र खेलकुद कार्यक्रमका कारण नेपालगन्जका विद्यालयमा विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?