ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

News Desk by News Desk
११:४५ मध्यान्ह, माघ २१, २०८२
८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ
375
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ २१ गते ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ नेपाली सेना आजबाट ‘फिल्ड’मा तैनाथ हुने भएको छ । २१ फागुनका लागि तय निर्वाचन सुरक्षाका लागि ठीक एक महिनाअघिबाटै देशभर सेना परिचालन गर्न लागिएको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार सेना फिल्डमा परिचालन हुने बताए ।

‘निर्वाचन सुरक्षार्थ तय भएको कार्ययोजनामा मतदानको एक महिनाअघिबाटै फिल्डमा सेना तैनाथ गर्ने भन्ने छ, त्यसअनुसार नै सेनाको जनशक्ति देशभर परिचालन गरिँदै छ,’ उनले भने, ‘अब मतदान सम्पन्न नभएसम्म उनीहरू फिल्डमै रहन्छन् ।’ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षार्थ सेना परिचालन गर्न ११ मंसिरमै स्वीकृति दिएका थिए ।

त्यसपछि केन्द्रीय सुरक्षा समितिले एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२ तर्जुमा गरेको थियो । प्रवक्ता बस्नेतका अनुसार केन्द्रीय र नख्खु कारागारसहित देशभरका ७५ वटै कारागार तथा बन्दी तथा बाल सुधार गृहको सुरक्षा जिम्मेवारी पनि निर्वाचन अवधिभर नेपाली सेनालाई नै दिइएको छ ।

कारागार सुरक्षामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइने भएपछि मतदान सकिएर मतपरिणाम नआउँदासम्म कारागारको अस्थायी सुरक्षा व्यवस्थापन जिम्मा सेनालाई दिइएको हो । ‘कारागारको सुरक्षामा खटिएका अन्य सुरक्षा निकायबाट अस्थायी जिम्मेवारी ग्रहण गर्न बुझबुझारथको काम भइरहेको छ,’ सेनाका प्रवक्ता बस्नेतले भने ।

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

विमानस्थल, महत्त्वपूर्ण सरकारी भवन तथा कार्यालय, जलविद्युत् गृह लगायत संरचनाको सुरक्षामा तैनाथ प्रहरी र सशस्त्रको जनशक्ति पनि चुनाव सुरक्षामा खटिने भएकाले ती स्थानमा पनि सैनिक खटाइँदैछ । तिनमा प्रहरी र सशस्त्रका सम्बन्धित युनिटले सेनालाई बुझबुझारथ गरिरहेको गृह मन्त्रालयले जनाएको छ । कारागार र अन्य महत्त्वपूर्ण भौतिक संरचनाको सुरक्षाका साथै फिल्डमा अन्य सुरक्षा निकायसँग संयुक्त र एकल संयन्त्र बनाएर चुनाव अवधिभर सेना परिचालन गर्न लागिएको हो ।

सुरक्षा कार्ययोजनामा ७७ वटै जिल्ला, १६५ निर्वाचन क्षेत्र र ७५३ पालिकालाई केन्द्रमा राखेर निर्वाचन सुरक्षामा सेना खटाउने उल्लेख छ । स्थायी संरचना भएका ठाउँमा त्यहींबाट र नभएका स्थानमा अस्थायी बेस बनाएर परिचालनको व्यवस्था मिलाइएको छ । स्थल परिचालनका अलवा पूर्वको इटहरी, काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा हवाई बेस बनाएर हवाई गस्ती पनि सुरु गर्न लागिएको सैनिक मुख्यालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा नेपाली सेनामार्फत निजी वायुसेवा कम्पनीका हेलिकोप्टरलाई पनि आवश्यकता अनुसार परिचालन गरिनेछ । निजी वायुसेवातर्फ ११ कम्पनीका ३४ हेलिकोप्टर उडानयोग्य छन् । निर्वाचनमा सुरक्षा निकायलाई लामो, मध्यम र छोटो दूरीमा पैदल गस्तीका अलवा सवारी गस्ती तथा सादा पोसाकमा परिचालन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा जोखिमलाई आधार मानेर सुरक्षाकर्मीको तैनाथ गरिने गृह मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

२१ फागुनको निर्वाचनका लागि ११ हजार ९०१ मतदान स्थल तोकिएकामा एकतिहाइलाई सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील मानिएको छ । गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा सेनाबाट करिब ८० हजार, नेपाल प्रहरीबाट करिब ७१ हजार, सशस्त्र प्रहरीबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब दुई हजार जनशक्ति परिचालन गरिँदैछ । ४० दिन कार्यअवधि तोकेर एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी छनोट गरिएको छ ।

आधारभूत तालिम लिइरहेका उनीहरूमध्ये एक लाख ३३ हजार ९८० जना नेपाल प्रहरीमार्फत र १५ हजार ११० जना सशस्त्र प्रहरी मातहत परिचालन हुनेछन् । निर्वाचन प्रहरीलाई दुवै सुरक्षा निकायले अर्को सातादेखि फिल्डमा लैजानेछन् । निर्वाचन सुरक्षा कार्ययोजना अनुसार काम भए, नभएको अनुगमन तथा नियमन र समन्वय गर्न गृह मन्त्रालयले सातै प्रदेशमा एक–एक जना सहसचिवलाई ‘फोकल पर्सन’ तोकेर खटाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ‘फोकल पर्सन’ लाई फिल्डको अवस्था र केन्द्रबाट तर्जुमा भएको कार्ययोजना अनुसार काम भए नभएको अनुगमन गर्ने र सुधार गर्नुपरे सुझाव दिने जिम्मेवारी तोकिएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन भन्दै मंगलबार गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग ‘भर्चुअल’ बैठक राखी निर्वाचन सुरक्षा कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएका छन् ।

निर्वाचन सुरक्षा कार्ययोजना अनुसार गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समिति, गृह सचिव नेतृत्वको केन्द्रीय निर्वाचन कमान्ड पोस्ट, गृहकै सहसचिव नेतृत्वको चारवटै सुरक्षा निकायका प्रतिनिधि सम्मिलित सहजीकरण समिति, सातवटै प्रदेशमा प्रदेश सरकारका प्रमुख सचिव नेतृत्वको प्रादेशिक सुरक्षा कमान्ड पोस्ट, प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिबाट तहगत समन्वय र कार्यान्वयन गरिनेछ ।

सुरक्षा व्यवस्थापन र समन्वय गर्न सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका हेडक्वार्टरदेखि जिल्ला तहसम्म आआफ्नै निर्वाचन सेलसम्म तहगत व्यवस्थापन र तैनाथीको प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ । आसन्न निर्वाचनमा समानुपातिकतर्फ ११० सिटका लागि तीन हजार १३७ र प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनालाई मताधिकार छ । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

Share151Tweet94SendShare
Previous Post

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

Next Post

ट्याक्टरबाट खसेर युवकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता
समाचार

बाँकेमा ५६ मध्ये ८ उम्मेदवारले मात्रै खोले अलग बैंक खाता

११:१४ मध्यान्ह, फाल्गुन २, २०८२
साउनमै भयो योजना टेन्डर
समाचार

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

१०:५१ मध्यान्ह, फाल्गुन १, २०८२
शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा
मुख्य समाचार

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

१२:०० बिहान, फाल्गुन १, २०८२
विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह
मुख्य समाचार

विकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह

८:५५ बिहान, माघ २९, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

९:५५ मध्यान्ह, माघ २८, २०८२
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
समाचार

चारवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:४९ मध्यान्ह, माघ २७, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

११:१३ मध्यान्ह, माघ २६, २०८२
यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
समाचार

यी स्थानमा हुनेछ आज वर्षा

११:२९ मध्यान्ह, माघ २४, २०८२
Next Post
पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

ट्याक्टरबाट खसेर युवकको मृत्यु

निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ

प्रतिनिधिसभा निर्वाचन : बाँके क्षेत्र नं. २ का जसपा उम्मेदवारलाई जनताको साथ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Sunny
6:54 am6:10 pm +0545
Feels like: 24°C
Wind: 14km/h WSW
Humidity: 47%
Pressure: 1011.85mbar
UV index: 4
MonTueWed
27/12°C
28/13°C
29/14°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?