ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

News Desk by News Desk
२:३५ बिहान, भदौ १७, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके, भदौ १७ गते ।
बाँकेका किसानले धानमा गाँज लाग्ने समयमा रासायनिक मल नपाउँदा उत्पादन घट्ने चिन्ता गरेका छन्। ढिलागरी वर्षा भए पनि यस वर्ष गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेका किसानले आवश्यक समयमा मल नपाएको बताएका छन्।

खजुरा–रनियापुरका किसान सुल्तान खाँले धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भए पनि नपाएको बताए। मल नपाए यस वर्ष धान उत्पादन घट्ने उनको भनाइ छ। “धानमा गाँज लाग्न थालेको छ। अहिले मल चाहिएको छ। तर मल पाइँदैन,” उनले भने, “मल नपाएपछि उत्पादन घट्ने चिन्ता भएको छ।”

खाँका अनुसार विगतमा नेपालमा मल नपाउँदा सीमापारिबाट दुई–चार बोरा मल ल्याएर किसानले काम चलाउँदै आएका थिए। यसपटक सीमामा कडाइ गरिएका कारण एक बोरा मलसमेत ल्याउन नपाएको उनले बताए।

डुडुवा–कम्दीका किसान नरेश यादवले पनि धानमा गाँज लाग्ने समयमा मल नपाउँदा समस्या भएको बताए। उनले मल नपाउँदा धानको उत्पादन घट्ने चिन्ता रहेको बताए। “धानमा गाँज लाग्ने बेला मल हाल्नुपर्छ। अहिले मल छैन,” उनले भने, “विगतमा नेपालमा नपाए सीमापारिबाट ल्याएर काम चलाउँथ्यौं। यसपटक नाकामा कडाइ भएकाले ल्याउन पनि पाइएन।”

सम्बन्धित समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लाका अधिकांश किसानले मल नपाएको गुनासो गरेका छन्। समयमा मल नपाए धान उत्पादन प्रभावित हुने केन्द्रले जनाएको छ।

केन्द्रकी सूचना अधिकारी सुजिता शर्माले गत वर्ष बाँकेमा ९९.५ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष ९९.८ प्रतिशत रोपाइँ भएको बताइन्। जिल्लामा धान खेती हुने ३३ हजार ५७० हेक्टर क्षेत्रफलमध्ये यस वर्ष ३३ हजार ५०३ हेक्टरमा रोपाइँ भएको उनले बताइन्।

शर्माका अनुसार धान रोपेको २० देखि २५ दिनमा गाँज लाग्ने भएकाले त्यस समयमा मल आवश्यक हुन्छ। त्यस्तै, करिब ५० दिनपछि बाला पसाउने समयमा पनि मल चाहिन्छ। यही समयमा किसानले मल नपाएको गुनासो गरेकाले उत्पादन घट्ने देखिएको उनले बताइन्। “गाँज लाग्ने र बाला पसाउने समयमा मल आवश्यक हुन्छ। अहिले किसानले मल नपाएको गुनासो गरेका छन्,” उनले भनिन्, “यही अवस्था रहेमा धान उत्पादन घट्न सक्छ।”

ADVERTISEMENT

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो। विगतमा स्थानीय बजारमा मल नपाउँदा सीमापारिबाट ल्याएर किसानले आवश्यकता पूरा गर्दै आएका थिए। यसपटक सीमामा कडाइ गरिएपछि मलको अभाव थप देखिएको केन्द्रले जनाएको छ।

कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रमुख पुष्पराज श्रेष्ठले किसानको मागअनुसार रासायनिक मल प्राप्त नभएकाले अभाव भएको बताए। उनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले बाँकेबाट चार हजार ८२२ मेट्रिक टन युरिया, दुई हजार ६३३ मेट्रिक टन डिएपी र २०७ मेट्रिक टन पोटास बिक्री गरेको थियो।

चालु आर्थिक वर्ष २०८३/८४ मा हालसम्म एक हजार १७ मेट्रिक टन युरिया, २९९.४०० मेट्रिक टन डिएपी र २७.३५० मेट्रिक टन पोटास स्थानीय तहमा पठाइएको श्रेष्ठले बताए। किसानको मागको तुलनामा प्राप्त मल निकै कम भएकाले अभाव भएको उनले बताए।

Share151Tweet94SendShare
Previous Post

पात टिप्न जंगलमा डर, बेच्दा उचित मूल्य छैन

Next Post

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
Next Post
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

बाँकेमा प्रदेशका ११६ योजना सम्पन्न, चालु आवमा २०० योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?