नवलपरासीे, भदौ २६ गते ।
पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको एक करोड १४ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पाट्र्स बरामद गरेको छ ।
सरावल गाउँपालिका–७ को भन्सार टोलमा इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले शुक्रबार जाँच गर्ने क्रममा मोबाइल पाट्र्ससहित पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको लु ३ च २९३९ नम्बरको पिकअपमा मोबाइल पाट्र्स लोड गरिएको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी मदन थापाले बरामद सामानको मूल्य एक करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको बताए ।
बरामद मोबाइल पाट्र्स र पिकअप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सामान र गाडी अहिले इलाका प्रहरी कार्यालय महेशपुरको नियन्त्रणमा छन् ।












Discussion about this post