खड्क सुनार
मुगु फागुन २८ गते ।
जिल्लाका ४ वटै स्थानीय तह मध्ये सोरु गाउपालिकामा रहेका स्थानीय बासीहरुले गाउघरमै नुन पाउदा हर्षित भएका छन् ।जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकामा रहेका सबै बस्तिहरुमा बस्ने प्रत्येक घर धुरीले गाउघरमै नुन पाए पछि त्यहाका स्थानीय हर्षित भएका हुन् ।
विगतका वर्षहरुमा सदरमुकाम गमगढी बजारमा २ दिनको पैदल यात्रा गरेर दश पोका नुन लिनको लागि लाईनमा बसेर नुन लिन बाध्य हुन्थ्या , आज भोली सोरु गाउपालिकाको सोरुकोट डिपोमा नुन पुगे पछि आफुले चाहे जति नुन लिन पाउने साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेड मुगुले जनाएको छ ।
कार्यालयका अनुसार सोरु गाउपालिकाका प्रत्येक घरधुरीले ५० केजी देखि १ सय केजी सम्म नुन बिक्रि वितरण भईरहेको साल्ट ट्रेडिंङ्ग कर्प्रिशन लिमिटेड मुगुका कार्यालय प्रमुख खगेन्द्र कार्कीले बताए ।
कार्कीका अनुसार सोरु गाउपालिकामा १२ सय क्विन्टल नुन वितरण भईसको छ भने सदरमुकामको डिपो बाट दैनिक रुपमा नियमित जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका र पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउपालिकाका स्थानीयहरु नियमित रुपमा वितरण भईरहेको कार्कीले बताए ।
त्यस्तै खत्याड गाउपालिकाका लागि भने अहिले सम्म नुन पुग्ने सकेको छैन कार्कीले भने कर्णालीका जिल्लामा भारी हिमपात भए पछि जुम्ला र मुगुको बिचमा रहेको कालाकाँडा लेखमा हिमपातले सडक अवरुद्धका कारण खत्याड गाउपालिकामा नुन पुग्न नसकेको उक्त नुन जम्ला जिल्लाको गोठीज्युलामा थन्किएको कार्यालय प्रमुख कार्कीको भनाई रहेको छ ।
विगतका दिनहरुमा नुन लिनको लागि हुम्ला जिल्लामा धाउनु पथ्र्यो अहिले सदरमुकाम गमगढी बजारमा रहेको डिपोले सोरु कोटमै नुन पुर्याए देखि घरमै ९ रुपैयाको सरकारी अनुदानको नुन पाएको सोरु गाउपालिकाका स्थानीय तथा डिपोमा नुन लिन आएकि एक महिला डल्ली शाहीले जानकारी दिए । शाहीका अनुसार हामिले प्रत्येक दिनमा चाहे जतिको नुन उपभोग गर्न पाएका छौ र घरमा रहेका घरपालुवा जनावर गाई , भैसी लाई पनि खान लाई सहज वातावरण रहेको शाहीको भनाई छ ।
Discussion about this post