ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनस्वास्थ्य विज्ञको चेतावनी: साबधानी नअपनाए फेरि लकडाउन हुन सक्ने

जावेद अन्सारी by जावेद अन्सारी
९:५१ बिहान, असार ४, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौं असार ४ गते ।
सरकारले गत्त सातादेखि लकडाउनलाई खुकुलो बनाएपछि मानिसको चहलपहल बढेको छ । योसँगै कोरोना संक्रमितको संख्या बढ्ने जोखिम पनि बढेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरकारले लकडाउनको ढाँचा परिर्वतन गरेर जनजीवनलाई सामान्य बनाउन खोजेपनि कोरोना संक्रमणको पहिचान र नियन्त्रणमा राज्य र स्वयम् नागरिक पनि गम्भीर हुनुपर्ने जनस्वास्थ्य विज्ञ समीरमणि दिक्षित बताउँछन् ।

लकडाउन खुकुलो भएसँगै बजार, चोक, सडक र तरकारी बजारमा सामाजिक दुरी कायम नगरी र कतिपयले मास्कसमेत नलगाइ भीडभाडमा सामेल भएको पाइन्छ । ‘लामो समयसम्म घरभित्र बसेका युवाहरु घर बाहिर निस्कन लालायित छन् । सुरक्षाको उपाय नअपनाइ बाहिर निस्कदा उनीहरु संक्रमित हुने खतरा बढ्छ । युवाहरु लक्षण बिना नै कोरोना संक्रमित भएर पचाउन पनि सक्छन्,’ उनी भन्छन्, ‘तर, घरमा रहेका दीर्घरोगी तथा वृद्धवृद्धामा कोरोना उनीहरुले कोरोना सारे स्थिति गम्भीर हुनसक्छ । त्यसैले घरबाहिर निस्कदा सबैले सतर्कता अपनाउनुपर्छ ।’

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यस्तो बेलामा खुकुलो परिएको लकडाउनमा लापर्वाही गरेमा संक्रमणको उच्च जोखिम हुन्छ । यस्तो स्थितिमा लकडाउनलाई फेरि कडा बनाउनुपर्ने अवस्था आउन सक्ने विज्ञ डाक्टर दिक्षित बताउँछन् । जस्तै काठमाडौैँ उपत्यकामा असावधानी कारण दिनमा दिनमा ५० देखि ५५ जनामा कोरोना संक्रमण र ४–५ को मृत्यु हुने स्थिति आएमा लकडाउनलाई फेरि कडा बनाउने सम्भावना रहन्छ ।

लकडाउन खुकुलो भयो भन्दैमा घरबाहिर निस्कदा चैत्र ११ गते अघिझैँ ढुक भएर हिँड्ने स्थिति अझै नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको पनि भनाइ छ ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘लकडाउनमा धेरै मानिस घरमै सीमित हुँदा कोरोना फैलन पाएको थिएन,’ उनले भने, ‘सावधानी नअपनाएमा संक्रमण दर उच्च हुनसक्छ ।’

यता, राज्यले लकडाउन लामो समयसम्म गरेका कारण जनता उकुसमुकुस भएर यसरी एकैपटक सडक निस्किएको डाक्टर दिक्षित आरोप लगाउँछन् । राज्यले सुरुको समयदेखि लकडाउनलाई खुकुलो बनाउन थप गृहकार्य गरेर विस्तारै खोल्दै गएको भए अहिलेको जस्तो जोखिम नहुने उनको तर्क छ ।

तर, विषम परिस्थितिमा लकडाउन खुकुलो भयो भन्दैमा जनताले पनि जिम्मेवार बनेर अनावश्यक रुपमा भीडभाड गर्न नहुने जनस्वास्थ्य विज्ञ दिक्षितको कुरामा डाक्टर पुन पनि सहमति जनाउँछन् ।

ADVERTISEMENT

जनस्वास्थ्यको विषयमा युवाले देशका विभिन्न भागमा प्रर्दशन गरेका छन् । ‘युवाले जनस्वास्थ्यको विषयमा उठाएको कुरा गलत छैन,’ डा. दिक्षित भन्छन्, ‘महामारीको बेलामा सडकमा सामाजिक दुरी कायम नगरिकन सयौँ जनाले प्रर्दशन गर्दा जनस्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बारेमा पनि ख्याल गर्नु पर्यो ।’

नेपालमा गत माघ ९ गते चीनबाट स्वदेश फर्किएका एक जना नागरिकमा कोरोना पुष्टि भएको थियो । सरकारले कोरोना संक्रमित फेला परेसँगै नीतिगत्त योजना बनाएर व्यवाहारिक रुपमा कार्यान्वयन गर्न नसकेका कारण वर्तमान स्थिती सिर्जना भएको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले लकडाउन खुकुलो बताउँदा र लकडाउन लागु गर्दा प्रयाप्त गृहकार्य नगरेको विज्ञ डाक्टर दिक्षित बताउँछन् । ‘यही विषम परिस्थितीमा सुरक्षा संयन्त्रलाई प्रयोग गर्ने हो,’ उनी भन्छन्, ‘लकडाउनको बेलामा औषधि लिन सडकमा हिड्नेलाई लाठ्ठी चार्ज गर्ने राज्यले, खुकुलो हुँदा तरकारी बजार जाँदा, सडकमा निस्कदा सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाइकन हिँड्ने, भीडभाड गर्नेलाई सम्झाइबुझाइ गर्न सक्दैन् ?’

लकडान खुकुलो भयो भन्दैमा कोरोना संक्रमणलाई सामान्य ढङ्गले लिन नहुने सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउँछन् । घरबाट कार्यक्षेत्र जाँदा, बजार जाँदा सामाजिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोगलाई सबैले निरन्तरता दिनुपर्ने उनी बताउँछन् । ‘स्वयम् हामी सर्तक भएनौँ भने कोरोना संक्रमण फैलने सम्भावना हुन्छ’, उनले भने, ‘अनिवार्य रुपमा साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार जहाँ धेरै मानिसको भीडभाड हुन्छ, त्यहाँ अनिर्वाय रुपमा मास्कको प्रयोग गर्नुपर्छ । मास्क लगाउँदा संक्रमण फैलने दर न्युन हुने डाक्टर पुन बताउँछन् ।

Share146Tweet92SendShare
Previous Post

लकडाउन खुकुलो भएसङ्गै नुनदेखि सुनसम्मका खानी अन्वेषण उत्खनन गर्न सूचना आह्वान गरियो

Next Post

गण्डकीमा थपिए ४२ संक्रमित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

गण्डकीमा थपिए ४२ संक्रमित

कर्णालीमा कोरोना संक्रमित एघारसय नाग्यो

लम्की अस्पताल बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?