ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य

जावेद अन्सारी by जावेद अन्सारी
१०:१९ मध्यान्ह, साउन १८, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके साउन १८ गते ।
नेपालमा सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यस निकुञ्जमा करिब १०० पाटे बाघ रहेको बताएका छन् । यसअघिको पाटे बाघ गणनामा बाघको सङ्ख्या ८७ रहेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले पाटे बाघ संरक्षण गरिरहेको छ । निकुञ्जले अहिले बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिएको छ ।

बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न कार्ययोजनाअनुसार काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या २१ पुगेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी गराए।

उनले भने, ‘नेपाल, भारत, बङ्गलादेश र भूटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्योन्मुख छन् । चीन, लाओस, म्यान्मा, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । अहिले विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ ।

सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरुको अन्तरराष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या २५० पुर्‍याउनु पर्नेछ । सन् २०१० मा नेपालमा १२१ वटा बाघ रहेकामा अहिले नेपालमा २३५ वटा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण प्रमुख बरालले जानकारी दिए ।

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेका कारण मानव र पाटे बाघबीच द्वन्द्व बढिरहेका बेलामा बर्दियामा बाघको आक्रमणबाट धेरै आक्रमणमा परेको र मान्छेको मृत्युसमेत भएको बरालको भनाइ छ ।बर्दियामा बाघको आहारा र बासस्थानको उचित व्यवस्थापन एवं चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकृतले बताए । नेपालमा वयस्क बाघबाहेक उल्लेख्यरूपमा डमरु पनि रहेको उल्लेख गर्दै अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्नसक्ने बताए । नेपालमा सन् २०१८ मा गरिएको एउटा गणनामा लगभग २३५ वटा बाघ रहेको पाइएको थियो । सन् २००९ मा गरिएको गणनाले नेपालमा १२१ वटा बाघ रहेको आँकलन गरेको थियो ।

सन २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य राखिएको छ । यो उल्लेख्य सफलता पछिल्लो वर्षमा बाघको सङ्ख्या तेब्बरसम्म बढ्नसक्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतहरुको भनाइ छ ।

बर्दियामा निकुञ्जका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा करिब ५० वटा बाघ रहेकामा सन २०१८ मा बढेर ८७ पुगेको थियो । पछिल्लो तीन वर्षमा चोरी सिकारी शून्य रहेकाले बाघको सङ्ख्या उलेख्यरुपमा बढेका कारण उनले थप भने मानव र बाघबीच द्वन्द्व हुने खतरा रहेको बरालले बताए । उनका अनुसार बाघको आहारा प्रजातिका जनावरमध्ये चित्तल, चौका र बँदेल जस्ता जनावारको सङ्ख्या पनि वृद्धि भएको छ ।

ADVERTISEMENT

बरालले भने, ‘चोरी सिकारी शून्य छ र आहारा प्रजातिका जनावर प्रशस्त छन् । बासस्थानको व्यवस्थापन पनि राम्रो भइरहेकाले बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो ।’ निकुञ्ज आसपासमा वयस्क लकडाउनमा बाघसँगै डमरु पनि थुप्रै देखिन थालेका छन् । बाघको पानीका लागि बर्दियामा १०० भन्दाबढी पोखरी निर्माण गरिएको निकुञ्जले जानकारी गराएको छ ।नेपालमा बाघको सङ्ख्या २३५ रहेकामध्ये ९३ वटा चितवन राष्ट्रिय निकुञ्ज, ८७ वटा बर्दिया राष्ट्रिय निकुञ्ज, २१ वटा बाँके राष्ट्रिय निकुञ्ज १८ वटा पर्सा राष्ट्रिय निकुञ्ज, १६ वटा शुक्लाफाँटा, रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चार वटा मात्र बाघ रहेकामा सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो ।

सन् २०१८ मै लक्ष्य पूरा गरिसकेकाले अब गणना गर्दा तेबरभन्दा बढी सङ्ख्यामा वृद्धि हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । उनले भने, ‘सन् २०१८ मा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको थियो ।’

नेपालमा सबैभन्दा बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भए पनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेको छ । भट्टराईले भने, ‘निकुञ्जको क्षेत्रफल र आहारविहारको राम्रो व्यवस्थापनले सङ्ख्या वृद्धिमा महत्वपूर्ण भूमिका मा हामी खेलिरहेको दाबी गरिरहेका छौँ ।’ उनले भने, ‘पश्चिम नेपालका निकुञ्जमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ । त्यस कारण पनि बाघको सङ्ख्या बढेको हो ।’

निकुञ्जले संरक्षणका लागि पहल कदमी चालिएका बेला यो कदम उत्तम भएको छ यसअघि निकुञ्जमा बाघलगायतका वन्यजन्तुका लागि खानेपानीको सबैभन्दा बढी समस्या बाँकेमा थियो । पानीकारण वन्यजन्तु कर्णाली, बबई तथा राप्ती नदी किनारमा जाने गर्थे । बाँके राष्ट्रिय निकुञ्ज आसपास भएका सडक क्षेत्रमा बाघको डमरु र चितुवाले ज्यानसमेत गुमाएका बताए ।

गत आर्थिक वर्षमा मात्रै बाँके राष्ट्रिय निकुञ्जका ५२ वटा जनावरको मृत्यु सडक दुर्घटनाका कारण भएको निकुञ्जले जनाएको छ । पानीको खोजमा निस्कँदा हुने जोखिम कम गर्न निकुञ्जमा झण्डै १०० वटा पोखरी बनाएको छ ।

त्यसबाहेक बाघको आहारा प्रजातिका लागि दुवै निकुञ्जमा घाँसे मैदान निर्माण गरिएको अधिकारी बताएका छन् । बाँके बर्दियामा बाघ संरक्षणका चुनौती धेरै रहेको बताएका छन् । रासस

Share147Tweet92SendShare
Previous Post

मृगौला पीडित बोहरालाई आर्थिक सहयोग गर्न सबैसङ्ग अपिल गर्दै युवा नेता सुजल

Next Post

आज जनै पूर्णिमा पर्व मनाइँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

आज जनै पूर्णिमा पर्व मनाइँदै

आइपिएल क्रिकेटको यो सिजन युएईमा हुने

नेपालगन्जका वडाअध्यक्षलाई कोरोना पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?