ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

जावेद अन्सारी by जावेद अन्सारी
१२:२८ मध्यान्ह, अशोज २, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २ गते ।
जनकपुर जयनगर रुटमा चल्ने रेल आज (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो । रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुगेको रेल आज मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले नेपाललाई हस्तान्तरण गर्नेछ । रेल विभागले २०१९को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो ।

पाँच वटा डिब्बासहितका एउटा रेलमा एकैपटक १२ देखि १३ सय यात्रुले यात्रा गर्न सक्छन् । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । विभागका महानिर्देशक मिश्र रेल ल्याएर नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरिने बताउँछन् । यो कम्पनीमा हाल गुरु भट्टराई महाप्रवन्धक छन् । मिश्रका अनुसार सबै तयारी समयकै पुरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् ।

रेल कहिलेबाट चलाउने विषय अब कम्पनीको भएको उनको भनाइ छ ।
सरकारले २०७५को पुसबाट नै बन्द रहेको जनकपुर(जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर(जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । २०७५मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ । कुर्था(जनकपुर(जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ ।

भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट लिक मर्मतको काम सुरुवात भएको थियो । यसैकारण नेपालको एक मात्रै रेललाइनका रुपमा रहेको जनकपुर(जयनगर रेल सेवा विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । ३५ किलोमिटरको रेलमार्गमा ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । यसमा स्टेसनहरु तयार नै छन् । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाइदिएको विभागले बताएको छ ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । यसअघि निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ । यसका लागि विभागले केही दिन अघि करारमा कर्मचारी भर्ना गर्न सूचना पनि निकालेको थियो । यसअघि पनि जनकपुर(जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय थिएन ।

नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउने योजना छ । अप्राविधिक कर्मचारी नेपालमै भर्ती गरिँदैछ । कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ । केही समय भारतबाट आउने जनशक्तिले नेपालीलाई प्रशिक्षित गर्ने योजना रहेको विभागले जानकारी दिएको छ ।

पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने योजना सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व(पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

महामारीमा अनुदान नरोक्न आग्रह

Next Post

सडक भत्किएपछि बाजुरामा खाद्यान्न अभाव

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

सडक भत्किएपछि बाजुरामा खाद्यान्न अभाव

बाँकेमा कोरोनाबाट निको हुने दर ७७ प्रतिशत बढी

देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:34 am5:29 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNE
Humidity: 87%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?