ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

वडा नं. ४ का अवको प्राथमिकता सुरक्षित वडाः अध्यक्ष वेहना

जावेद अन्सारी by जावेद अन्सारी
९:३५ बिहान, अशोज ८, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके असोज ८ गते ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ ले अवको आफ्नो प्राथमिकता सुरक्षित वडा कसरी बनाउन सकिन्छ भन्नेमै केन्द्रीत रहेको जनाएको छ । विकास निर्माणका ८५ प्रतिशत काम सम्पन्न गरिसकेको वडा कार्यालयले अव वडालाई शान्ति सुरक्षाका हिसावलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा केन्द्रीत हुने जनाएको हो ।

‘अवको हाम्रो प्राथमिकता वडालाई सुरक्षित कसरी राख्न सकिन्छ भन्नेतर्फ केन्द्रीत छ वडाअध्यक्ष सफिक वेहनाले भन्नुभयो–‘जोखिम क्षेत्रको पहिचान गरेर प्रत्येक चोकचोक तथा टोलटोलमा सीसी क्यामेरा जडान गरिेन्छ ।’ उहाँले अहिलेसम्म ११ वटा सीसी क्यामेरा जडान भइसकेको पनि जानकारी दिनुभयो ।

सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर सडक, चौक, र टोलमा अझै सीसी क्यामेरा जडान गरिने अध्यक्ष वेहनाले बताउनुभयो । वडालाई शान्ति सुरक्षाका हिसावले सुरक्षित राख्न सकियो भने पनि एउटा ठूलो विकास हो अध्यक्ष वेहनाले भन्नुभएको छ । स्वास्थ्य, शिक्षा, बाटोघाटो, ढल निकासलगायतका अधिकांश योजनाहरु वडा कार्यालयले सम्पन्न गरिसकेको छ ।

गएको आर्थिक बर्ष १ करोड ६४ लाख बजेट पाएको वडा कार्यालयले लकडाउन र कोरोनाको कहरका बीच पनि अधिकांश योजना सम्पन्न गरेको छ । समयमै काम सम्पन्न भएका कारण सहजता भएको उहाँको भनाइ छ । सडक र ढल निकासको अधिकांश समस्या हल भएको छ उहाँले भन्नुभयो–‘विद्युतरोेड देखि प्रगतिपथको बाटो निर्माणमा समस्या छ, त्यसको सम्वोधन वडा कार्यालयबाट सम्भव नभएकाले प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिएको छ ।’ विकास निर्माणका काम कहिल्यै नसकिने बताउने वडाअध्यक्ष वेहनाले यो चलिरहने प्रक्रिया भएको उल्लेख गर्नुभयो ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

हेर्नुस ठाउँठाउँमा घर निर्माण भएका छन्, घर निर्माण हुने वितिकै बाटोघाटो चाहिहाल्छ त्यसैले यो बाटोघाटो निर्माणका काम चलिरहन्छ उहाँले भन्नुभएको छ । आफ्नो वडा कार्यालयले आवश्यकता भएका अधिकांश ठाउँमा सडक निर्माण गरिसकेको उहाँले जीकिर गर्नुभयो । त्यस्तै उहाँले केही भित्रिबाटो र ढलको समस्या समाधान गर्नुपर्ने आवश्यकता देख्नुभएको छ । त्यस्को सम्वोधनका लागि वडा कार्यालय लागि परेको पनि उहाँले जानकारी दिनुभयो ।

सके यही आर्थिक बर्ष नत्र अर्को आउने बर्ष त्यसको सम्वोधन गरिने उहाँले जाकनारी दिनु भएको छ । वडा कार्यालयले शिक्षा र स्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएको पाइएको छ । शिक्षामा गल्स स्कुल संचालनमा छ । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहँुच बढाउन गल्स स्कुल सन्चालनमा ल्याइएको हो । यस्मा छात्राहरुमात्र अध्ययन गर्ने गरेका छन् ।

वडाअध्यक्ष वेहनाले वडाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चिन नहुने गरी शिक्षामा सुधारका प्रयास भएका पनि बताउनुभयो । वडा कार्यालयले स्वास्थ्यमा पनि ठूलो लगानी गरेको छ । स्वास्थ्य शिविरसम्मका कार्यक्रम गरेको वडा कार्यालयले गएको बर्ष त झन विश्वव्यापी आतंक पारेको कोभिड नियन्त्रण, रोकथाम तथा निदानका लागि वडा कार्यालयकै बजेट खर्चिनु पर्ने अवस्था आयो । प्रदेश र केन्द्र सरकारले वडाकै बजेटबाट कोभिडमा खर्चिनु भनेकाले स्थानीय तहले पनि त्यसै गरेका थिए ।

ADVERTISEMENT

खासगरी लामो समय लकडाउन भएका कारण गरिखाने वर्गहरु ठूलो समस्यामा परे । यो अवधिमा वडाका गरिव तथा विपन्न समुदाय पनि चपेटामा परे । कतिपयलाई त अध्यक्ष वेहनाले नै व्यक्तिगतरुपमा सहयोग समेत गर्नुभयो । आर्थिक देखि खाद्यान्नसम्मको सहयोग अध्यक्ष आफैले व्यक्तिगत लगानीमा गर्नुभएको छ । चामलदेखि नगद पैसा समेत अध्यक्ष वेहनाले सहयोग गर्नुभयो ।

लकडाउनका कारण त्यस्ता विपन्न समुदायको गास बासका लागि वडा कार्यालयले ठूलो रकम राहात वितरणमा खर्चिएको छ । विनियोजित बजेटमध्ये करिव १५ लाख ७५ हजार रुपैयाँ राहत वितरणमा खर्च भएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयले यो बर्ष १ करोड २६ लाख रकम पाएको छ । कोभिडका कारण नगरपालिकाले बजेटको सिलिङ सबै वडामा कम पठाएको छ ।

गएको बर्षभन्दा कम रकम प्राप्त भएपनि त्यसको सहि सदुपयोग गरिने वडाअध्यक्ष वेहनाले बताउनुभयो । वडाको काममा स्थानीय पनि सन्तुष्ट भएका छन् । वडाअध्यक्षले आवश्यकता र जनभावना अनुसार काम गरेकाले वडाको विकास निर्माण सम्भव भएको स्थानीय सोनु कादरीले बताउनुभयो ।

जुन पार्टीबाट चुनाव लडेर आएपनि जनप्रतिनिधि भइसकेपछि सबैलाई अध्यक्ष वेहनाले समान व्यवहार गरेको अनुभव सुनाउनुभयो ।

जन्मदर्ताका लागि वडा कार्यालय पुग्नुभएकी अर्की सेवाग्राही फरिदा खानले विकास निर्माणका कामहरु सन्तुष्ट हुने गरी भएका बताउनुभयो । वडाअध्यक्ष र कर्मचारीहरु मिलनसार र सहयोगी भएको आफुले पाएको बताउनुभयो ।

Share148Tweet92SendShare
Previous Post

बाँकेमा आज २८ थपिए

Next Post

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दसहित १९ जना डिस्चार्ज

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो
समाचार

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

१:०७ बिहान, कार्तिक २२, २०८३
समाचार

बाँकेमा लागुऔषध कारोबार बढ्दो, तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

१२:३९ बिहान, कार्तिक २०, २०८३
मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार
समाचार

मनोज केसी बने प्रहरी महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

४:१५ बिहान, कार्तिक १९, २०८३
बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव
समाचार

बागेश्वरी मन्दिर परिसर सरसफाइ गरेर मनायो श्रम संस्कृति पार्टीले वार्षिकोत्सव

१२:११ मध्यान्ह, कार्तिक १७, २०८३
यस्तो छ आजको मौसम
समाचार

आजदेखि मौसममा क्रमिक सुधार हुने

१२:२९ बिहान, कार्तिक १६, २०८३
स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
Next Post

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्दसहित १९ जना डिस्चार्ज

काठमाडौंमा धोबीखोलाले बगाउँदा १ जना बेपत्ता

आजको मौसम पूर्वानुमानः आज पनि अतिभारी वर्षा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:33 am5:30 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 86%
Pressure: 1014.56mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?