ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बहराइनको राजपरिवारको नाममा गोरखाली डाँडाको नामाकरण रोयल बहराइन पिक’ रहेको खुलासा

जावेद अन्सारी by जावेद अन्सारी
१२:१२ मध्यान्ह, अशोज २४, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

गोरखा असोज २४ गते ।
चुमनुब्री गाउँपालिका १ सामागाउँको एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरेका छन् । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको भ्रमणको अवसर पारेर सामागाउँका बासिन्दाले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका हुन् । बहराइनका राजपरिबारका सदस्य भ्रमणमा आउँदा दिने महत्वपूर्ण कोसेलीको रुपमा पहाडको नाम दिएको वडा सदस्य मिङ्मार लामाले बताए ।

‘हामीले कोसेलीस्वरुप पैसा दिन सक्दैनौँ । पैसा उहाँहरुसँगै छ । हामीले दिने त्यस्तो नयाँ सामान पनि छैन । जे चाहे पनि उहाँहरुसंगै छ । माया र सद्भाव देखाउन हामीसंग जे छ, त्यही कोशेली दिने हो, त्यसैले हाम्रो एउटा पहाडको नाम दिएका हौँ’, वडासदस्य मिङ्मार लामाले भने, ‘राजकुमार आउनुभन्दा अघि गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेका थियौँ ।’ राजपरिवारको नाम दिएपछि राजकुमार अत्यन्त खुसी भएको उनले बताए ।

‘उहाँको स्वागत कार्यक्रममा वडाअध्यक्ष वीरबहादुर लामाले पहाडको नाम दिएको औपचारिक जानकारी गराएपछि उहाँ धेरै खुशी हुनुभयो अनि हेलिकोप्टर लिएर पहाड हेर्न जानु भयो’, वडासदस्य लामाले भने, ‘अनि फर्केर आएर हामीलाई धेरै धन्यवाद दिनुभयो । सामागाउँको सुखदुखमा सँधै साथ दिने वचन दिनुभयो ।’

राजा वीरेन्द्र सामागाउँको भ्रमणमा आउँदा पनि गाउँलेले एउटा महत्पूर्ण तालको नाम वीरेन्द्रलाई दिएका थिए । ‘पहिले राजा वीरेन्द्र यहाँ भ्रमण गर्न आउँदा पनि हामीले यहाँको सबैभन्दा ठूलो तालको वीरेन्द्र तालको नाम दिएका थियौँ’, उनले बताए ‘यो हाम्रो ठूला पाहुनालाई सम्मान गर्ने परम्परा हो ।’ राजाको नामको ताल छ भनेपछि यहाँसम्म आइपुग्ने जो कोही पनि वीरेन्द्र ताल हेर्न भनेर जाने गरेकाले सो पहाडसम्म पनि पर्यटन विकास हुने विश्वास लिएको उनले बताए । ‘पछि भविष्यलाई राम्रो हुन्छ, पर्यटन विकास हुन्छ भनेर त्यसो गरेका हौं’, उनले भने ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

साविकको पङ्वोछे डाँडा ५,१६० मिटर अग्लो छ । ‘झलक्क हेर्दा हाम्रो पङ्वोछे डाँडा नुर्बु(डायमण्ड) जस्तो देखिन्छ । गुरु मेलारेप्पा गुफा पनि छ’, उनी भन्छन्, ‘गण्डकी खोलापारि पर्ने त्यहाँ हरसाल हिउँदका बेला गाउँलेले याकचौरीको गोठ राख्ने मुख्य ठाउँ हो ।’

राजकुमार सेख मोहम्मद अहिले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आधार शिविरमा छन् । उनीसहितको टोलीलाई मनास्लु आरोहणका लागि सेभेन सम्मिट ट्रेक्स प्रालिले बन्दोबस्त गरिरहेको ट्रेकिङ कम्पनीका कार्यकारी निर्देशक पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।

टिमको नेतृत्व विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेका छाङ धावा शेर्पा र कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पाले गरिरहेका छन् । सो टिममा २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामी रिता शेर्पा गाइडको भूमिकामा छन् । सेभेन सम्मिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पा पनि टिममा छन् ।

ADVERTISEMENT

अक्टोबर १५ देखि २० तारिखभित्र मनास्लु हिमाल आरोहण गरिसक्ने कार्यक्रम रहेको शेर्पाले बताए । यसअघि राजकुमारको टोलीले गत शनिबार सोलुखुम्बु जिल्लाको ६,११९ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका थिए ।

Share150Tweet94SendShare
Previous Post

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पौडेल आइसोलेसनमा

Next Post

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

राप्तिपारिका जनताको पक्षमा अदालतको आदेश

भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?