ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

News Desk by News Desk
५:५३ बिहान, अशोज १२, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, असोज १२ गते ।
बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय बाल अधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा तालिम आयोजना गरिएको हो ।

समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी र स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिममा बाल अधिकार तथा संरक्षण, स्थानीय तहमा योजना निर्माण र कार्यान्वयन, अभिलेखीकरण, अनुगमन, सिफारिस तथा अनुगमनपछिका कार्यका विषयमा प्रशिक्षण दिइएको थियो ।

राजापुर नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालविवाह, लागुऔषध तथा मादक पदार्थको दुव्र्यसन, कुपोषण र विद्यालय छाड्ने समस्या बाल संरक्षणका प्रमुख चुनौती रहेको बताइन् ।

सम्बन्धित समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

उनले बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण बनाउन सबै सरोकारवालाबीच समन्वय र सामूहिक जिम्मेवारी आवश्यक रहेको बताइन् ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बालबालिकालाई लागुऔषध तथा अन्य हानिकारक गतिविधिबाट जोगाउन उचित हेरचाह, सकारात्मक मार्गदर्शन र समयमै संरक्षण आवश्यक रहेको बताए । जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

तालिमको समापन राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । श्रेष्ठले स्थानीय बाल अधिकार समितिको बाल संरक्षण प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने बताए ।

ADVERTISEMENT

समापन कार्यक्रममा उपप्रमुख चौधरीले बालबालिकामा गरिने लगानी परिवार, समुदाय र समाजको भविष्यमा गरिने दीर्घकालीन लगानी भएको बताइन् । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सल्लाहकार कमल पन्थी, सदस्य शंकरसिंह थारुसहित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

तालिमको सहजीकरण बिनय दिल लामाले गरेका थिए । बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले तालिमको उद्देश्यबारे जानकारी दिएका थिए भने कार्यक्रमको समन्वय तथा व्यवस्थापन सञ्जिता रिजालले गरेकी थिइन् ।

तालिममा सहभागीहरूले स्थानीय बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउँदै समन्वय, सहकार्य र जवाफदेहिता बढाउने प्रतिबद्धता जनाएका छन् ।

Share150Tweet94SendShare
Previous Post

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

Next Post

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
Next Post
सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:09 am6:08 pm +0545
Feels like: 35°C
Wind: 10km/h SW
Humidity: 72%
Pressure: 1006.43mbar
UV index: 1
TueWedThu
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?