ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

News Desk by News Desk
५:५३ बिहान, अशोज १२, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, असोज १२ गते ।
बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्षण प्रणालीलाई प्रभावकारी बनाउन स्थानीय बाल अधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा तालिम आयोजना गरिएको हो ।

समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी र स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ । तालिममा बाल अधिकार तथा संरक्षण, स्थानीय तहमा योजना निर्माण र कार्यान्वयन, अभिलेखीकरण, अनुगमन, सिफारिस तथा अनुगमनपछिका कार्यका विषयमा प्रशिक्षण दिइएको थियो ।

राजापुर नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालविवाह, लागुऔषध तथा मादक पदार्थको दुव्र्यसन, कुपोषण र विद्यालय छाड्ने समस्या बाल संरक्षणका प्रमुख चुनौती रहेको बताइन् ।

सम्बन्धित समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

उनले बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण बनाउन सबै सरोकारवालाबीच समन्वय र सामूहिक जिम्मेवारी आवश्यक रहेको बताइन् ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बालबालिकालाई लागुऔषध तथा अन्य हानिकारक गतिविधिबाट जोगाउन उचित हेरचाह, सकारात्मक मार्गदर्शन र समयमै संरक्षण आवश्यक रहेको बताए । जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए ।

तालिमको समापन राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियो । श्रेष्ठले स्थानीय बाल अधिकार समितिको बाल संरक्षण प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने बताए ।

ADVERTISEMENT

समापन कार्यक्रममा उपप्रमुख चौधरीले बालबालिकामा गरिने लगानी परिवार, समुदाय र समाजको भविष्यमा गरिने दीर्घकालीन लगानी भएको बताइन् । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सल्लाहकार कमल पन्थी, सदस्य शंकरसिंह थारुसहित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

तालिमको सहजीकरण बिनय दिल लामाले गरेका थिए । बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले तालिमको उद्देश्यबारे जानकारी दिएका थिए भने कार्यक्रमको समन्वय तथा व्यवस्थापन सञ्जिता रिजालले गरेकी थिइन् ।

तालिममा सहभागीहरूले स्थानीय बाल संरक्षण संयन्त्रलाई प्रभावकारी बनाउँदै समन्वय, सहकार्य र जवाफदेहिता बढाउने प्रतिबद्धता जनाएका छन् ।

Share156Tweet98SendShare
Previous Post

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

Next Post

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
Next Post
सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?