ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राप्तीसोनारीको पाँचौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत

जावेद अन्सारी by जावेद अन्सारी
१:५२ मध्यान्ह, असार ९, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare


खोजखबर संवाददाता

बाँके असार ९ गते ।
अगैया-राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको पाँचौं गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले पुर्वाधार विकासतर्फ वर्षभरी यातायात सञ्चालन हुने स्तरका सडक निर्माण, मर्मत गर्न जीर्ण सडक, कल्भर्ट पुलपुलेसालाई मर्मत सम्भार गर्ने नीति अगाडी सारेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको वर्तमान अवस्थाको पहिचान गर्न सडक सञ्जाल गुरुयोजना तयार गरी भौतिक निर्माण अन्तर्गत साना स्थानीय सडक ग्राभेल गर्ने, नाला निर्माण गर्ने एवं स्तरोन्नती भईसकेका सडक पिच गर्ने नीति लिइने उल्लेख गरिएको छ ।

योजनावद्ध र वातावरणमैत्री पुर्वाधारः दिगो विकासको पहिलो आधार भन्ने नारालाई मुर्त रुप दिन रणनीतिक महत्वका सडक र क्रमागत आयोजनालाई उच्च प्राथमिकता दिई वातावरणमैत्री संरचना निर्माणमा जोड दिइनेछ । आफ्नै भवन नभएका वडा कार्यालयको भवन निर्माण र अधुरा भवनलाई प्राथमिकतामा राखी सबै वडाबाट आफ्नै कार्यालय भवन बनाउन गाउँपालिकाले जोड दिएको छ । वर्षभरी सडक अवरुद्ध हुन नदिन नियमित तथा आकस्मिक मर्मतका लागि आवश्यक रकम ब्यवस्था गर्ने नीति लिइएको छ ।
राप्ती नदी, झिझरी खोला, मुगुवा, मोरङ्गा लगायतका नदीको कटान नियन्त्रण गर्न साना तथा मझौला तटबन्ध लगायतका कार्यक्रमहरुलाई कार्यान्वयनमा लगिनेछ ।

ठुला प्रकोप ब्यवस्थापन परियोजनालाई नेपाल सरकार वा अन्य दातृ निकायसँग सहकार्यमा निर्माण गर्ने नीति अंगिकार गरिने उल्लेख छ । नदी कटानबाट पीडित र बाढी पीडितलाई पुर्नवासका लागि जिल्ला दैबिक प्रकोप उद्दार समितिसँग समन्वय गरी पुर्नवास गराउन पहल गरिनेछ । बिद्युत विस्तार नभएका राप्तीसोनारीको वडा नम्बर ३, ४ र ५ का केही निश्चित बस्ती छनोट गरी सौर्य प्यानल जडान गर्न आवश्यक कार्यक्रम तय गरी प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने नीति लिइएको छ । उक्त वडामा सामुदायिक बिद्युतीकरणका माध्यमबाट बिद्युतीकरण गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै आवश्यक समन्वय र पहल गरिनेछ ।
आर्थिक विकासतर्फ गाउँपालिकाले कृषि सिँचाइ पशुपालन, पर्यटन विकास र उद्योग ब्यापार र सहकारीको प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ब्यवसायिक खेतीकामा आवद्ध हुन चाहने किसानहरुलाई वस्तुगत टेवा दिने नीति लिइनेछ । समग्र कृषि क्षेत्रको विकासका लागि सिँचाइ, मलखाद, बीउ विजनको उपलब्धतामा सुधार गरिनेछ । ब्यवसायिक कृषकहरुका लागि आवश्यक अनुदानको ब्यवस्था गरिने नीति अगाडी सारिएको छ । स्यालो ट्युवेल, डिप बोरिङ्ग प्रविधीमार्फत कृषियोग्य भुमिमा सिँचाइ सेवा पु¥याउने कार्यलाई उच्च प्राथमिकता दिइनेछ । गाउँपालिकाभित्र रहेका सम्भावित पर्यटकीय स्थानहरुलाई पर्यटन करिडोरभित्र समेट्ने गरी पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने कार्यलाई अघि बढाईनेछ ।
वडा नम्बर १ मा पर्ने गाईलेख, वडा नम्बर ३ मा पर्ने भुवरभवानी मन्दिर क्षेत्र, बैसा पिकनिक पार्क, वडा नम्बर ९ को ढकेरी पिकनिक पार्क र ढकेरीकै झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्यटकीय पार्क, वडा नम्बर ४ को रामकुटी मन्दिर, वडा नम्बर २ को अगैया क्षेत्रका स्थानमा पर्यटकीय पुर्वाधार विस्तार गर्ने कार्यका लागि पर्यटन तथा सँस्कृति मन्त्रालय अन्य सराृकारवाला निकायको सहमतीमा अघि बढाईने नीति अगाडी सारिएको छ । गरिवी निवारणका लागि लघु उदम विकास कार्यक्रममार्फत सिप विकासका क्रियाकलापहरु सञ्चालन गरिनेछ । सहकारीका माध्यमबाट गरिवी निवारण गर्ने उद्देश्यका लागि समृद्धिको आधार सहकारी : हात हातमा सिप, ब्यक्ति ब्यक्तिलाई रोजगारी अभियानमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।
सामाजिक विकासतर्फ युवा तथा खेलकुद, धर्म सँस्कृति कला साहित्य, गैर सरकारी संस्था तथा सामाजिक परिचालन, शिक्षा, लक्षित वर्ग, स्वास्थ्य तथा सरसफाईलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ । युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।
युवा लक्षित खेलकुद पुर्वाधार निर्माण कार्यक्रमलाई प्राथमिकता दिइनेछ । गाउँपालिका क्षेत्रभित्र रहेका सबै धार्मिक संस्थाको संरक्षण तथा सम्हार गर्ने हेतुले मन्दिर, मस्जिद, गुम्बा तथा चर्च जस्ता धार्मिक संस्थाको लगत तयार गरी तिनको संरक्षण सम्वद्र्धनका लागि पहल गरिनेछ । समुदायको क्षमता अभिवृद्धि गरी ग्रामिण विकासमा टेवा पुर्याउन सामुदायिक संस्था, उपभोक्ता समिति पिछडिएका महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम र अपांगता भएका समुदायको रुपान्तरणका लागि सामाजिक परिचालन कार्यक्रमलाई निरन्तरता दिइने नीति अगाडी सारिएको छ ।
बिद्यार्थी संख्या कम भएका तथा शिक्षाको गुणस्तर राम्रो नभएका बिद्यालयलाई क्रमशः समायोजन गर्दै लगिने नीति अवलम्वन गरिनेछ । महिला, बालबालिका, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांग, द्धन्द्ध पीडित, एकल महिला, लोपोन्मुख तथा विपन्न वर्गका लागि सञ्चालित सबै कार्यक्रमहरुलार्य प्रभावकारी बनाउन लक्षित वर्गसँग सम्बन्धित समन्वय समितिलाई थप क्रियाशिल बनाउने नीति लिइएको छ । स्वास्थ्य उपचार सहयोगलाई ब्यवस्थि तगर्न कार्यविधी तयार गरिनेछ । बैजापुर र फत्तेपुर क्षेत्रमा एम्बुलेन्सको ब्यवस्था गरिनेछ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ उत्कृष्ठ काम गर्ने उपभोक्ता समिति, गैसस, निर्माण ब्यवसायी, कृषक, सहकारी संस्था, पत्रकार लगायतलाई प्रोत्साहित गर्न सम्मान गर्ने नीति लिइएको छ । गाउँपालिकाको योजनावद्ध विकासका लागि गाउँ पाश्वचित्र(भिलेज प्रोफाईल) ब्यवस्थित गरिनेछ । यथाशिघ्र गाउँपालिकाको आवधिक योजना बनाई लागु गरिनेछ ।
वातावरण तथा विपद ब्यवस्थापनतर्फ बाढी, भूक्षय, आगलागी लगायतका विपदको समयमा आपतकालिन राहत र उद्धाका काम गर्नका लागि विपद ब्यवस्थापन विशेष कोष स्थापना गरिनेछ । गाउँपालिकाभित्रका सार्वजनिक पर्ति तथा ऐलानी जग्गाको एकिन तथ्यांक संकलन गरी अभिलेख राख्ने नीति अवलम्वन गरिएको छ । वृक्षारोपन कार्यक्रमलाई घर–घरमा पुर्‍याउनुका साथै जडिबुटी र वनस्पतिको सम्वद्र्धन गर्न सरकारी, सामुदायिक र नीति क्षेत्रसँग साझेदारी गर्ने लगायत प्रमुख तथा महत्वपुर्ण नीति अगाडी सारिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीका अनुसार मंगलबार पुनः बस्ने सभामा बजेट लगायत विविध विषयमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ को वडा भेला सम्पन्न

Next Post

बाल संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
Next Post

बाल संरक्षणमा स्थानीय सरकारले ध्यान दिनु पर्नेमा जोड

विप्लवले आह्वान गरेको बन्द सफल पार्न सडक सुनसान ठाउँ-ठाउँमा कुकर बम ?

विप्लव कार्याकर्ताद्धारा मन्थलीमा ग्यास सिलिण्डर विष्फोट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?