ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

च्याउ खेतिमै रमाउदै ओलि ,बाँके जिल्लाका धेरै किसान च्याउ खेतिमै रम्दै

जावेद अन्सारी by जावेद अन्सारी
८:३१ मध्यान्ह, कार्तिक २९, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके कार्तिक २९ गते ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका धेरै मानिसहरुले च्याउ खेती गर्दै जिवनयापन गरेका छन् । च्याउको व्यवसायीक उत्पादन पनि हुँदै आएको छ । त्यसैका एक उदाहरण हुन् कोहलपुर नगरपालिका वडा नम्बर ३ प्रगतिनगरका च्याउ किसान उदीराम ओली । ओलीको जीवन च्याउ खेतीले फेरिएको छ । २०७१ साल देखि हालसम्म निरन्तण च्याउखेती गर्दै आइरहेका छन् ।

वर्षेनी च्याउखेती झाँगिदै जाँदा ओलीको परिवारको मुख्य आयस्रोतको बाटो नै च्याउखेती बनेको छ । च्याउ उत्पादन गरेको समयमा बिहानै उठ्ने च्याउ टिप्ने, बजारमा लग्ने र बेच्ने उनको दैनिकी हो । तर हाल उनले च्याउ उत्पादन गरेका छैनन् । तर पनि उनी टनेलमा बस्ने, हेरचाह गर्ने र सामान्य घरायासी कामकाजमा व्यस्त रहन्छन् । हाल ओलीको परिवार खर्च धान्ने पेशा व्यावसाय नै च्याउखेती हो । परिवारिक समस्या बढ्दै गरेपछि च्याउखेती थालनी गरेको ओलीले बताए ।

पछिल्लो समय व्यावसायिक रुपमा च्याउखेती फष्टाउदै जाँदा धमाधाम च्याउ खेती र फर्म खुल्दै जादाँ च्याउले पनि बजार पाउन थालेको उनको भनाई छ । जसले गर्दा च्याउखेतीले थप आकर्षित बनाएको उनले बताए । काम गर्न पनि सजिलो, बजार र मुल्य राम्रै पाउदै जाँदा च्याउखेतीलाई थप व्यवस्थित बनाउदै व्यवसायकै रुपमा आफूले अँगालेको बताए । घरको नुनतेल देखी नाती नातिनीको पढाई खर्चसम्म पनि च्याउखेतीले धानेको उनको भनाई छ ।

उदीराम ओली वार्षिक सवा १ देखी २ लाख रुपैयाँसम्म नाफा कमाउँछन् । घरायसि विभिन्न अभाव तथा समस्याहरुका कारण उनी च्याउ खेतीमा आकर्षित भएका हुन् । उदीरामले च्याउ खेतीबाटै भएको आम्दानीले घरायसी खर्च चलाईरहेका छन् । वरपरका १२ जना छरछिमेकी किसानहरुको समुह बनाएर वि.सं. २०७१ सालदेखि ओलीले च्याउ खेती गर्न सुरु गरे । च्याउ खेतीबाट राम्रो आम्दानी भएको उनले बताए । उनले भने,–‘वर्षमा ३ पटकसम्म बीउ लाग्छ । एउटा बलले साढे २ किलोसम्म च्याउ उत्पादन दिन्छ ।’

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

करिब १२ हजार च्याउको बल (पोका) बनाउने क्षमतामा उनले च्याउ खेती गरिरहेका छन् । च्याउ खेतीबाट सधै नाफा भने हुँदैन । गत वर्ष धेरै वर्षाका कारण उनको पराल कुहियो । जसका कारण उनको राम्रो च्याउ उत्पादन भएन । यस वर्षको धान काटिसकेपछि नयाँ परालबाट च्याउ उत्पादन गर्ने योजना बनाईरहेका छन् ।

ओलीका अनुसार उनीहरुको समावेशी कृषि उत्पादन तथा पशुपालन कृषक समुह छ । समुह मार्फत उनीहरु विभिन्न कामहरु गर्छन् । अन्य काम मिलेर गरेपनि खेती भने आ–आफ्नै गर्ने गरेका छन् । समुहमा मिलेर काम गर्दा हरेक समस्याहरुको समाधान सहज हुने ओलीको अनुभव छ । च्याउ खेती गर्दा उनले १ लाख लगानी लगाउँछन् । सुरुको एउटा टर्नेल बराबर १ लाख रुपैया आम्दानी हुन्छ । च्याउबाट आएको आम्दानीले ओलीलाई घर खर्च धान्न राम्रै पुगेको छ । एक लटमा लगाईएको च्याउ सप्रियो भने करिब ३५ दिनमा खान मिल्छ । वर्षमा उनी ३ पटक च्याउ उत्पादन गर्छन् ।

ओलीले च्याउ उत्पादन गरेको पहिलो वर्षमा ६६ क्वीन्टल च्याउ उत्पादन गरे । गत वर्ष ७० क्वीन्टल च्याउ उत्पादन गरे । ओली अझै यो भन्दा धेरै उत्पादन गर्ने उद्देश्य थियो । तर पराल कुहिदा भने जस्तो उत्पादन हुन नसकेको उनले बताए । च्याउमा कम्तिमा १ लाख लगानी गरे २ लाख आम्दानी हुने र करिब ६० प्रतिशत नाफा हुने गरेको बताए । उनको घरका ४ जना सदस्यहरु मिलेर च्याउ खेती गर्छन् । उनलाई यस काममा उनका घरपरिवारको एकदमै साथ सहयोग रहेको छ ।

ADVERTISEMENT

गुणस्तरि बिउँ भयो भने च्याउ उत्पादन दोब्बर हुने ओली बताउँछन् । च्याउ खेती गर्नको लागि वातावरण अनुकुल हुन जरुरी छ । वातावरण अनुकुल भएन भने च्याउ खेतीमा नराम्रो असर पुग्छ । ओलीले राम्रो च्याउ खेती गरे वाफत आर्थिक वर्ष २०७४/७५ मा कोहलपुर नगरपालिका अन्तरगतको नगर कृषि शाखा मार्फत केही अनुदान पनि पाएका थिए । उनलाई मात्र नभई उनको समुहलाई समेत ३८ हजार बराबरको टनेल छाउने कालो प्लाष्टिक र च्याउ राख्नको लागि थैली दिईएको थियो । नगर कृषि शाखाले च्याउ खेती गर्ने किसानहरुलाई ५० प्रतिशत बिउँ अनुदान दिदैं आएको छ । तर च्याउ किसान ओली व्यवसायिक रुपमा च्याउ खेती गरिरहेका किसानलाई आवश्यकता अनुसार अनुदान नदिएको गुनासो गरे ।

वर्षभरमा उनले करिब ६० देखि ७० क्वीन्टल च्याउ उत्पादन गरी कोहलपुरका वभिन्न बजार एवं तरकारी मण्डीसम्म पु¥याउने गरेका छन् । उनी भन्छन,–‘हामीले प्रतिकिलो ९० देखि सय रुपैयाँसम्ममा बेच्छौं । बाहिर उपभोक्ताले २ सय रुपैयाँसम्ममा किन्छन् ।’ च्याउ किसानलाई विशेषगरी कच्चापदार्थको समस्या भएको उनी बताउँछन् । नगरपालिकाले यसको बाली बिमा, कोल्ड स्टोर, औषधिको व्यवस्था र वास्तविक किसानको परिचय गरी अनुदान दिनुपर्ने उनको भनाइ छ ।

Share150Tweet94SendShare
Previous Post

प्रदेश साँसद चौधरी सहितको टोलिले गर्यो बर्दियाका निजि वनको अनुगमन

Next Post

तिहारको चौथो दिन आज गाई, गाेरु र गाेवर्द्धनकाे पूजा गरि मनाइँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

तिहारको चौथो दिन आज गाई, गाेरु र गाेवर्द्धनकाे पूजा गरि मनाइँदै

समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री ओलि

ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीकाे शुभकामना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?