ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

इतिहासमा आज : अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी, हत्याको कारण अझै रहस्यमै

जावेद अन्सारी by जावेद अन्सारी
११:४७ बिहान, मंसिर १०, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

एजेन्सी
काठमाडौं मंसिर १० गते ।

आज २५ नोभेम्बर, सन् १९६३ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नेडीको अन्त्येष्टी वासिङटनमा गरियो । केन्नेडीको हत्या २२ नोभेम्बरमा टेक्सासको डाल्लासमा भएको थियो, जतिबेला उनी राजनीतिक भ्रमणमा थिए । ठूलो संख्यामा सुरक्षाकर्मीले स्कर्टिङ गरेको सवारीमा यात्रारत अमेरिकी राष्ट्रपतिमाथि गोली लागेको समाचार विश्वका धेरै मानिसका लागि अपत्यारिलो थियो, असत्य थिएन । पार्कल्यान्ड अस्पतालमा आपतकालिन उपचारका लागि लगिएको ३० मिनेटमै केन्नेडीलाई मृत घोषणा गरियो ।
केन्नेडी हत्या आरोपमा पूर्व अमेरिकी सैनिक २४ वर्षीय लि हार्भी ओसवाल्ड पक्राउ परेका थिए, १७ वर्षको उमेरमै अमेरिकी सेनामा भर्ति भएका यी युवा १९५९ देखि तीन वर्षसम्म सोभियत युनियनमा बसेका थिए र आफ्नी रुसी श्रीमतीसँगै १९६२ मा अमेरिका फर्किएर डाल्लासमा बस्न थालेका थिए । अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबिआई) र घटनाको छानविनका लागि गठित वारेन आयोगको प्रतिवेदनले ओसवाल्डलाई नै दोषी देखायोे । यद्यपी, यस प्रतिवेदनमाथि धेरैले अशंका व्यक्त गरेका छन् । ठूलो षडयन्त्रका साथ केन्नेडीको हत्या गरिएको भन्दै प्रश्न उठ्ने गरेको छ । केन्नेडी हत्यापछि विकसिमत घटनाक्रमले पनि यस्ता षड्यन्त्रका सिद्धान्तमा बल पुुगेको छ ।

केन्नेडीको हत्याको दुुई दिनपछि नै ओसवाल्डको पनि हत्या भयो । ओसवाल्डलाई अधिकारीहरुले कारागारतर्फ लैजादैं गर्दा टेलिभिजन क्यामेराकै सामुुन्ने नाइट क्लबका मालिक ज्याक रबीले उनीमाथि गोली हानेका थिए । यसपछि केन्नेडी हत्याको रहस्य थप गहिरियो, आजको मितिसम्म पनि यसबारे विवाद भइरहन्छ ।

झन्डै ८ लाख अमेरिकीहरु केन्नेडीको अन्तिम अन्त्येष्टीमा सहभागी भएका थिए, ठूलो रुवाबासीबीच केन्नेडीको शवलाई वासिङटनको सेन्ट मथियुस्थित गिर्जाघरतर्फ लगियो ।

श्रीमती ज्याकलिन केन्नेडी तथा उनका दुुई छोराछोरी– तीन वर्षीय जोन केन्नेडी जुनियर र पाँच वर्षे क्यारोलिनसँगै केन्नेडीका भाईहरु रोबर्ट र इडवार्ड अन्त्येष्टीमा सहभागी थिए । शोकको यस समय विश्वका विभिन्न देशहरुको प्रतिनिधित्व गर्दै अतिथीहरु पनि उपस्थित भएका थिए ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

बेलायती राजकुमार र प्रधानमन्त्रीसँगै विपक्षी नेताका नेता पनि अन्त्येष्टीमा सहभागी थिए । फ्रान्सका राष्ट्रपति, आयरल्यान्डका राष्ट्रपति, जर्मनीका चान्सेलर, सोभियत युनियनका प्रथम उपप्रधानमन्त्रीलगायत विशिष्ट नेताहरु अन्त्येष्टीमा सहभागि थिए । ‘देशले तिमीलाई के दिनसक्छ भनेर नसोध, तिमीले देशलाई के दिनसक्छौं भने सोध’ भन्ने केन्नेडीको चर्चित भाषणलाई शोकसभाका सहभागीहरुले संझिरहेका थिए । केन्नेडीलाई २१ तोपको सलामी दिएर अर्लिङटन चिहानमा उनको शव गाडियो । छोरा जोन केन्नेडी जुनियरले यसक्रममा आफ्ना बाबुलाई सलामी दिएका थिए ।

४३ वर्षकै उमेरमा केन्नेडी अमेरिकाको राष्ट्रपति चुनिएका थिए । उनी अमेरिकी इतिहासका लोकप्रिय राष्ट्रपतिमध्ये एक मानिन्छन् । क्युुवा मिसाइल संकट, बर्लिनको पर्खाल निर्माण, अन्तरिक्ष दौड, अधिकार माग्दै अमेरिकामा अस्वेतहरुको आन्दोलन, भियतनाम युद्धको सुुरुवातलगायतका घटनाक्रमहरु उनको कार्यकालमा घटेका थिए । केन्नेडीको निधनपछि उनको परिवारमा एकपछि अर्को दुुग्र्भाय निम्तियो । जुन १९६८ मा केन्नेडीका भाई रोबर्ट केन्नेडीको पनि गोली हानेर हत्या भयो, उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको दौडमा थिए र त्यसैका लागि आफ्नो अभियान चलाइरहेका थिए ।

अर्का भाई टेड केन्नेडी पनि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका आकांक्षी थिए । तर, १९६९ मा उनले चलाएको कार दुर्घटना हुँदा त्यसमा सवार डेमोक्रेटिक पार्टीकै चुनावी अभियन्ताको मृत्यु भयो । केन्नेडीको लापरवाहीका कारण दुुर्घटना निम्तिएको खुलेपछि उनको राजनीति ओरालो लाग्यो । केन्नेडीका छोरा जोन अफ केन्नेडी जुनियरले पनि युवा अवस्थामै ज्यान गुमाए । सन् १९९९ मा उनले उडाइरहेको हवाईजहाज एटलान्टिक महासागरमा डुुब्यो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानीमा

Next Post

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं – राष्ट्रपति भण्डारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

महिलामाथिका हिंसा रोक्न सम्बद्ध पक्ष जुटौं - राष्ट्रपति भण्डारी

भारत सरकारले थप ४३ वटा मोबाइल एपमा प्रतिबन्ध लगायो

बुधबार बाँकेमा २३ जना कोरोना मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?