ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रदेश र जिल्लाको प्रहरी नेतृत्वमा फेरबदलको तयारी

News Desk by News Desk
४:१९ मध्यान्ह, जेष्ठ ३१, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ ३१ गते ।
नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो ।गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन् ।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक  (डीएसपी) सम्म हुने स्रोतको भनाइ छ ।

हाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) हरुको पनि सरुवा गर्ने बेला भइसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत बताउँछन् । संघीय प्रहरी कार्यालयका एसएसपीहरु, मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की लगायतका जिल्लाका एसपी र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका डीएसपीले एक वर्ष अवधि विताइसकेका छन् ।

उपत्यकामा प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपी दक्षकुमार बस्नेत, हरिबहादुर बस्नेत, नविन कार्की, निराजनदत्त भट्ट, रोशन खड्कालगायतको पनि एक वर्ष अवधि पुगिसकेको छ ।सोह्रखुट्टका डीएसपी दिपक खड्काको पनि एक वर्ष अवधि पुगिसकेको थियो । तर कारबाहीमा परेर जिम्मेवारी खोसिएको छ ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

कानूनतः एसपीसम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई हुन्छ । तर हरेक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मकै सरुवामा शक्तिकेन्द्रले दबाब दिने गरेको छ ।

एक अधिकृतका अनुसार सुरुवातमा कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सरुवा रोकिएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पदमुक्त भएपछि प्रहरीमा सरुवा हुनसकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी सरुवामा बालुवाटारको चासो छ । यद्यपि अदालतमा मुद्दा–मामिला चलेर परिस्थिति अन्यौलग्रस्त भइरहँदा पनि प्रदेश र जिल्लाका नेतृत्वको सरुवामा ढिलाइ भएको छ ।

ADVERTISEMENT

हालै डीआईजी सरुवाको तयारी गरिए पनि नयाँ गृहमन्त्री आएसँगै पछाडि धकेलिएको एक अधिकृत बताउँछन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले भने सरुवाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

स्रोतका अनुसार नयाँ गृहमन्त्री खगराज अधिकारीले बल्ल डीआईजी सरुवा सुरु गर्ने तयारी गरेका छन् । यदि संसद पुनस्र्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ ।

प्रदेशमा प्रमुखमा क-कसको दाबी ?

हालका रहेका डीआईजीमध्ये कार्यक्षमतामा बलियो मानिएकालाई प्रहरी महानिरीक्षक शैलेश थापाले यसअघिकै सरुवामा महत्वपूर्ण ठाउँमा अवसर दिइसकेको अधिकृतहरु बताउँछन् ।

सामान्यतया प्रदेशबाट प्रदेशमै सरुवा गरिँदैन । त्यसैले अबको सरुवा प्रदेश जाने योग्न डीआईजीहरु कम भएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अब प्रदेश जाने अधिकांश डीआईजीहरु अघिल्लो बढुवामा छुटेका डीआईजीहरु छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रदेश नं। १ मा अरुणकुमार बिसीलाई पठाउने तयारी गरेको छ । सबैभन्दा चुनौतिपूर्ण मानिने प्रदेश नं। २ मा दिवेश लोहनीलाई जिम्मा दिने प्रहरी मुख्यालयको तयारी छ ।

संगठनमा व्यवसायिक अधिकृतको छवि भए पनि ३३ किलो सुनकाण्डमा मुछिएपछि उनी बढुवामा छुटेका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा डीआईजी सहकुलबहादुर थापालाई पठाउने तयारी गरिएको छ । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा निर्देशक रहेका डीआईजीमा ब्याचको दोस्रो वरियतामा छन् ।

पहिलो बरियताका विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनिसकेका छन् । र, प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने लाइनमा आफूलाई सुरक्षित स्थानमा उभ्याएका छन् ।

गण्डकी प्रदेशमा डीआईजी प्रकाशजंग कार्की, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा डा। देवबहादुर बोहोरालाई पठाउने तयारी छ । तर यसमा गृहमन्त्री खगराज अधिकारीको राय आइसकेको छैन । त्यसैले सूचीमा केही फेरबदल हुनसक्ने भनिएको छ । अनलाइन खबर

Share148Tweet92SendShare
Previous Post

फेरि एक हप्ता निषेधाज्ञा थपियो

Next Post

बागमती प्रदेशको पेट्राेलियम ढुवानी आज पनि अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
Next Post

बागमती प्रदेशको पेट्राेलियम ढुवानी आज पनि अवरुद्ध

पैदलयात्रीलाई घाइते बनाएर फरार थारु प्रहरी फन्दामा

बाँकेमा बिपद पुर्बतयारी, १ लाख ५० हजार मानिस जोखिममा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?