ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक: मुख्यमन्त्री पोखरेल

News Desk by News Desk
१०:५४ मध्यान्ह, फाल्गुन २८, २०७८
राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक: मुख्यमन्त्री पोखरेल
389
सेयर
388
VIEWS
ShareTweetSendShare

भरत कोइराला
पुलिमराङ (तनहुँ), फागुन २८ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जीत हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए ।
व्यास नगरपालिका–५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका ८ पुलिमराङमा सापन भएको हो ।

कार्यक्रममा मुख्यमन्त्रीले भने, ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो, अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’ छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरुले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताए ।

गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरुबीचकै मुटावका कारण राजनीतिक उतारचढाव आएको उनको भनाइ थियो । अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने मुख्यमन्त्री पोखरेलले बताए ।

उनले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बताए । विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी उनको थियो ।
खेलकुदको प्रंसगमा उनले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताए ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उनको भनाइ थियो । खेलमार्फत् २ महत्वपूर्ण स्थललाई जोड्ने गरी सुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दुरदर्शी कार्य रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिद गाउँ पुलिमराङ लाई खेलकुदका माध्यमबाट विश्वसामु चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका खेलेको भनाइ राखे ।

तनहुँको सदरमुकाम कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङको स्मरण गर्दै त्यतिबेला राणा शासनको विरुद्धमा आवाज उठाएकै कारण शाहदत प्राप्त गरेको बताए । पछि पञ्चायती व्यवस्थाको विरुद्धमा समेत पुलिमराङका युवाहरुले मुलुकका लागि ठूलो योगदानको उनले कदर गरे । उनले भने, ‘धर्मध्वजले बन्दीपुरमा रगत बगाएकै दिनमा नेपालमा संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसेको हो, अहिले आएर साकार भएको छ ।’

सहिद गाउँको नामले परिचित तनहुँको व्यास नगरपालिका ८ पुलिम¥याङ अहिले पर्यटकीय गन्तव्य बनेको छ । २००७ साल र त्यसपछि भएका आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनाकै लागि भिडेका कारण यो गाउँका ६ जनाले मृत्युवरण गर्नु परेको छ । पुलिम¥याङ्कै भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङले विभिन्न समयमा शाहदत प्राप्त गरेका छन् । पुलिम¥याङ गाउँभन्दा केही माथिको खाली जमिनमा अहिले सहिद पार्क बनाइएको छ र त्यहाँ तिनै ६ जना सहिदको प्रतिमा राखिएको छ ।

ADVERTISEMENT

कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले मानुङकोटको पर्यटकीय महत्व र पुलिमराङको ऐतिहासिक महत्व जोड्नका लागि यो कार्यक्रा आयोजना खुलाए ।

उक्त अवसरमा स्थानीय एक्काबहादुर गुरुङ, टेकबहादुर गुरुङले सहिद पार्कमा सहज आवतजावतका लागि सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए । उक्त अवसरमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले भनाइ राखेका थिए ।

आर्मीका बेदबहादुरलाई उपाधि
व्यास नगरपालिकाले बर्सेनि गर्दै आएको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले हात पारेका छन् ।

पाँचौं संस्करणको म्याराथनमा सुनुवारले मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमिटर दुरी२ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरेका हुन् ।
नेपाली सेनाकै मोहनदेव जोशी ३ घन्टा ५ मिनेट ५० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो र सेनाकै नवराज साउद ३ घन्टा ९ मिनेटमा दुरी पार गरी तेस्रो भए ।

सुमन कुलुङ, प्रमिश गुरुङ, दुर्गाबहादुर बुढा, शेरबहादुर थारु र गोपाल तामाङ सान्त्वना पाएका छन् ।
आयोजक व्यास नगरपालिकाका मेयर वैकुन्ठ न्यौपानेका अनुसार विजेताले ८५ हजार ७८, ६५ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी, दोस्रोले ५५ हजार ७८ तथा तेश्रोले १६ हजार ७८ नगद पुरस्कार प्राप्त गरेका छन् ।म्याराथनमा १ सय ७३ जना धावक सहभागीथिए ।

 

 

Share156Tweet97SendShare
Previous Post

बाँकेमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु

Next Post

बाँकेको खजुरामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
बाँकेको खजुरामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

बाँकेको खजुरामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

नुहाउन गएका ३ बालबालिका भेरी नदीमा बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?