ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने नेपालको आशा

News Desk by News Desk
११:४२ बिहान, चैत्र ५, २०७८
र्‍याफ्टिङमा ओलम्पिक पदक जित्ने नेपालको आशा

फाइल तस्वीर

391
सेयर
390
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत्र गते ।
युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्‍याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड)मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आगामी एसियन र ओलम्पिकमा ¥याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको बताए।

नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ। त्रिशूली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी, मर्स्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन्।

नेपालका ६ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्‍याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ। नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्यांक छ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीले गत फागुन अन्तिम साता त्रिशूलीमा आयोजना गरेको र्‍याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनः चर्चामा पाएको हो।

‘त्रिशूलीमा भएको र्‍याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ,’ सचिव रेग्मी भन्छन्, ‘आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाई सँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ।’

नेपालका ¥याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एसियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन्। नेपालमा हाल र्‍याफ्टिङसँग सम्बन्धित संस्था ८२ को हाराहारीमा छन् भने गाइडको संख्या करिब ६०० रहेको अनुमान छ। नदीको बहाव उत्तरबाट दक्षिणतर्फ भएका कारण नेपालमा र्‍याफ्टिङ प्रतियोगिताको सम्भावना व्यापक छ।

ADVERTISEMENT

साहसिक खेलका रुपमा र्‍याफ्टिङ र कायकिङलाई अब राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिता समावेश गरिने बताउँदै सचिव रेग्मीले खेलनीति र वार्षिक कार्यक्रममा यस्ता खेलका लागि बजेट विनियोजन गर्ने तथा खेल एवं खेलाडीको क्षमता विकास गर्न प्रदेश र स्थानीय तहलाई आग्रहसमेत गरिने बताए।

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सीका अध्यक्ष गंगाप्रसाद नेपालले सुगमताका हिसाबले त्रिशूली र भोटेकोशी भए पनि र्‍याफ्टिङका लागि कर्णाली, सुनकोशी, तमोर विश्वका उत्कृष्ट १० भित्र पर्ने भएकाले प्रतियोगिताको प्रचूर सम्भावना रहेको बताए।

तालिम प्राप्त तयारी अवस्थामा रहेकाबाहेक पनि नेपालमा नदी र ताल किनारमा रहेका माझी र बोटेलगायतका जातजातिको माछा मार्ने, डुंगा चलाउने र पौडी खेल्ने पुर्ख्यौली पेशा रहेकाले पनि नेपालमा जलयात्राका पथप्रदर्शक अर्थात् प्रशिक्षकको संख्या प्रशस्त छ।

नेपालमा प्रशस्त नदीनाला भएर पनि र्‍याफ्टिङ हालसम्म राष्ट्रिय प्रतियोगितामै पनि सामेल हुन सकेको छैन। यद्यपि‚ एजेन्सिको अग्रसरतामा विगतमा केही वर्ष भने भोटेकोशीको सुकुटे क्षेत्रमा १८ देशका खेलाडीसमेत सामेल गराई ह्वाइट वाटर च्यालेञ्ज ¥याफ्टिङ र कायकिङ प्रतियोगिता सञ्चालन गरिएकामा द्वन्द्व र कोभिड–१९ का कारण हाल स्थगित छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३० लाख रूपैयाँ खर्च हुने तथा र्‍याफ्टिङ डुंगाको मूल्य करिब १० लाख रूपैयाँ र एक जना मात्र बस्न मिल्ने डुंगा कायकिङलाई डेढ लाख रूपैयाँ पर्ने संस्थाका पदाधिकारीले जानकारी दिए।

केही वर्षअघि विश्वको सबैभन्दा लामो २१८ किमी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालन लक्ष्य लिएकामा कोरोनाका कारण स्थागित हुन पुगेको अध्यक्ष नेपालले बताए। संस्थाका पूर्वअध्यक्ष निम मगर भन्छन्, ‘फ्रान्स र कोरियामा गएर पनि कायकिङ प्रतियोगिता खेलेको छ, प्रत्येक दिन डुंगा चलाउने भएकाले हाम्रा गाइडमा लामो अनुभव छ, प्रतियोगिता जित्ने सम्भावना पनि प्रशस्त छ, बजेट विनियोजन र राष्ट्रिय प्रतियोगिता हुनुप¥यो, विजयीलाई मनोबल बढाउन एसियन र ओलम्पिकमा पठाउन प¥यो।’

बागमती सफाइ अभियानको प्रचारप्रसारका लागि विगतमा सुन्दरीजलदेखि गोकर्णसम्म मिडियालाई संलग्न गराएर प्रतियोगिता हुँदै आएकामा पछिल्ला वर्षमा त्योसमेत हुन सकेको छैन। निजी क्षेत्रकै पहलमा सिन्धुपाल्चोकको बलेफीमा ¥याफ्टिङलगायत नदी खेल प्रशिक्षण केन्द्र स्थापना गरिएको छ।

एजेन्सीका पूर्वध्यक्ष मेघ आले नेपालमा पहिलो पटक सन् २०६० को दशकमा र्‍याफ्टिङ त्रिशूलीमा भएकामा त्यसमा अमेरिकन, जर्मन, फ्रेञ्च र बेलायतीको सहभागिता रहेको जानकारी दिए।

‘नदी पर्यटनका लागि त्रिशूली ऐतिहासिक नदी हो,’ उनले भने‚ ‘धार्मिक, पर्यटन संस्कृति र सामाजिक महत्व बोकेका नदी क्षेत्रलाई सम्पदाका रुपमा घोषणा गरी र्‍याफ्टिङ प्रतियोगिता सञ्चालनका लागि नीति र वातावरण बनाउनुपर्छ।

नेपाल र्‍याफ्टिङका लागि संसारकै सर्वोत्कृष्ट गन्तव्य भएकाले ¥याफ्टिङ र कायकिङ खेल विधालाई ठिक ढंगबाट अघि बढाइएमा ओलम्पिकबाट नेपालले छोटो अवधिमै पदक ल्याउन सक्ने प्रशस्त सम्भावना छ।

Share157Tweet98SendShare
Previous Post

गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी

Next Post

कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : केपी ओली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : केपी ओली

कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ : केपी ओली

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री देउवा दोलखामा

माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री देउवा दोलखामा

नेपालमा प्रतिबन्धित लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

नेपालमा प्रतिबन्धित लागु औंषधसहित जमुनाहबाट एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?