ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

नयाँ कपडा लगाउने ती बालबालिकाको सपना बीपीचोकको सडकमै पिसियो

जावेद अन्सारी by जावेद अन्सारी
६:४४ मध्यान्ह, बैशाख १, २०७९
1.7k
सेयर
1.6k
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १ गते ।
२७ चैत रातको १०ः३० बजे रमजानको तरावी सकिएपछि नेपालगन्ज उपमहानगरपालिका ११, सुनारमण्डीका मोहम्मद असलम अन्सारीको परिवारका सवै सदस्य सँगै बसेर खाना खाए ।

खाना खाइसकेर अन्सारीका पत्नी, छोरा अली अन्सारी र आमा घुम्न निस्किए । उनीहरुको साथमा अन्सारीको घरमा डेरा गरि बस्ने समिना इद्रिसी र उनका चार बर्षिय नाती मोहम्मद कसिम इद्रिसी पनि थिए । उनीहरुको समुहमा तीन जना बालबालिका र पाँच जना महिला थिए ।

उनीहरु विपी चोकको पाँच सय मिटर उत्तरबाट फेरि विपी चोकतर्फ फर्किदै थिए । त्यतिबेला रातको ११ः४५ बजेको थियो । उत्तरबाट तीव्र गतिमा कार आयो र सवैभन्दा अगाडी रहेका पाँच बर्षिय मोहम्मद अलि अन्सारी, चार बर्षिय कसिम इद्रिसी र ६५ बर्षिया समिना इद्रिसीलाई सोहोरेर लग्यो ।

‘म र अन्य तीन जना सवैभन्दा पछाडी थियौँ । वीचमा मेरो आमा हुनुहुन्थ्यो । सवैभन्दा अगाडी मेरो हजुरआमा र दुई बालक थिए । तीब्र गतिमा आएको कारले सवैभन्दा अगाडी रहेका तीनै जनालाई पछाडीबाट हान्यो,’ प्रत्यक्षदर्शी समेत रहेकी मृतक अली अन्सारीकी आमा इरम अन्सारीले भनिन्, ‘तीव्र गतिमा रहेको गाडी हाम्रो अगाडीबाट कतिखेर छिर्यो हामीले पत्तोसमेत पाएनौँ ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

चिच्याएको मात्र सुन्यौँ । दौडेर जाँदा तीन जनाको ज्यान गइसकेको थियो ।’
तीन जनालाई ठक्कर दिएको कारमै हालेर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएको केहिबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । ‘तीन जनाको ज्यान लिएको कार ब्याक गरेर भाग्ने प्रयास गर्दै थियो । नजिकै रहेका यूवाले घेरा हालेर घाइतेलाई अस्पताल लैजान बाध्य पारे,’ उनले भनिन्, ‘आफ्नै आँखा अगाडी हिडिरहेको छोरा गुमाए ।’
खोजेको इरमले बताइन् ।

अली र कसिम एकदमै मिल्ने साथी थिए । उनीहरुलाई एकअर्काको नाम थाह भए पनि कहिलै नामले बोलाएनन् । उनीहरु दुवै जनाले ‘दोस्त’ भनेर बोलाउँथे । ‘कुनै सामान किन्नु पर्यो भने दुवैका लागि किन्थे । दुवैजनाका लागि सामान किन्ने पैँसा आमाबाबुसँग माग्थे,’ अली अन्सारीका बाबु अस्लम अन्सारीले भने, ‘कहिलै साथ नछुट्ने भएकोले त्यो रात पनि सँगै थिए । अपराधीले दुवैजनालाई एकैसाथ किचेर मार्यो ।’

अली अन्सारी र कसिम इद्रिसीको नयाँ लुगा लगाउने सपना अधुरै भएको छ । उनीहरु दुवै जनाले भोली पल्ट बजार गएर रमजानका लागि नयाँ लुगा किन्ने योजना बनाएका थिए, तर नयाँ लुगा किन्न पाएनन् । ‘छोराले भोली मासुभात खाने र नयाँ लुगा किन्ने भन्दै बाहिर निस्किएको थियो । नयाँ लुगा लगाएर रमजानमा रमाउने उसको सपना पूरा हुन पाएन,’ असलमले भने ।
छोरा, उसको साथी र घरमा डेरा गरेर बस्ने आमाको मृत्यू भएपछि अन्सारी परिवारको रमजान खल्लो भएको छ ।

ADVERTISEMENT

रमाइलो गरि रमजानमा ब्रत बस्ने र खानपिन तथा नयाँ लुगा लगाएर रमाइलो गर्ने अन्सारी परिवारको योजनामा ब्रेक लागेको छ । रमजानको निराहार ब्रत बसे पनि कुनै रौनकता नभएको कसिमकी आमा आमना इद्रिसीले बताइन् । ‘रमाइलो गरि रमजान मनाउँदै थियौँ । एकै घरका तीन जनाको ज्यान जाने गरि भएको घटनाले रमजानको रौनक आँशुमा बदलिएको छ,’ उनले भनिन् ।

मृतकका परिवारले सवारी चालकलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । उनीहरुले ज्यान मार्ने अभियोगमा मुद्धा चलाएर चालक माथि कानून बमोजिम कारवाही हुनुपर्ने अडानमा छन् ।

चालकसँग मिलेर प्रहरीले मुद्धा फितलो बनाउने चिन्ता उनीहरुलाई छ । ‘यो दुर्घटना होइन, जानी जानी घटाइएको घटना हो, चालकलाई आजिवन काराबासको सजाय हुनुपर्छ,’ स्थानीय सराफत खानले भने ।

मिलापत्रका लागि चालकका आफन्त र प्रहरीले दवाव दिएको अली अन्सारीका बाबु असलमले बताए । उनले चालकका पत्नीले म्यासेज गरेर आफ्नो पतिलाई पाँच मिनेटमा जेलबाट छुटाउने धम्की दिएको गुनासो गरे । ‘चालकका आफन्तले पैँसा लिएर मिल्न दवाव दिइरहेका छन् ।

उनका पत्नीले पाँच मिनेटमा आफ्नो पतिलाई छुटाउने धम्की सहितको एसएमएस पठाएकी छन्,’ उनले भने, ‘हामीलाई पैँसा चाहिदैन, चालकलाई आजिवन कारावासको सजाय हुनुपर्छ । हामीलाई अरु केहि चाहिदैन ।’
चालकलाई हदैसम्मको कारवाहीको माग गर्दै मृतकका आफन्तले विहीवार नेपालगन्जमा प्रदर्शन गरेका छन् । उनीहरुले विपी चोकमा टायर बालेर झण्डै चार घण्टा चक्काजाम समेत गरे ।

प्रहरीले चालकलाई उन्मुक्ति दिने खेल खेलको सूचना पाएपछि दवाव स्वरुप विपी चोकमा टायर बालेर प्रहरीलाई सजग गराएको असलमले बताए । मुद्धा नचलाएर प्रहरीले चालकलाई प्रहरी कार्यालयको हिरासतमा राखेको उनीहरुको आरोप छ ।

‘प्रहरीको चाल बुझेर हामीले दवाव स्वरुप टायर बालेर प्रदर्शन र चक्काजाम गर्यौँ ।

२ बैशाखसम्मको समय दिएको छ, त्यसपछि पनि मुद्धा चलाइएन भने थप संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ,’ उनले भने ।
(प्रत्यक्षदर्शीसँगको कुराकानीमा तयार पारिएको सामग्री)  

 

Share748Tweet408SendShare
Previous Post

सवारी दुर्घटनाः बीपी चोकमा टायर बालेर प्रदर्सन

Next Post

बाँकेमा गठबन्धनबाट बाहिरियो जसपा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
बाँकेमा गठबन्धनबाट बाहिरियो जसपा

बाँकेमा गठबन्धनबाट बाहिरियो जसपा

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोह

लिखत रजिष्ट्रेशन प्रारम्भ भएको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोह

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

भक्तपुरको बोडेमा आज जिब्रो छेड्ने जात्रा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?