ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

साझा घरको सहारामा बाँचेकालाई सनराईजको सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
२:३८ मध्यान्ह, अशोज १३, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

सुर्खेत, असोज १३ गते । कर्णाली प्रदेशको राजधानी शहर बीरेन्द्रनगर ९ सुर्खेतमा साझा घर नेपाल स्थापनाको अवधि मात्र छ महीना पुगेको छ । जहाँ अहिले बेसाहारा १० वृद्ध र नौजना बालबालिकाहरुले साहारा लिईरहेका छन् । बढ्दो शहरीकरणले यहाँको जनसंख्या तीव्र गतिमा वृद्धि हुँदै जाँदा पछिल्लो समयमा राजधानी सुर्खेतमा बेसाहारा नागरिकहरुको संख्या बढ्न थालेको छ ।
मानव सेवाका लागि भनेर मानव सेवा आश्रम एक वर्षदेखि सुर्खेतमा सञ्चालनमा छ । प्रशान्ति वृद्धाश्रमले स्थापनाको वर्षौैं बिताईसक्यो । त्यस्तै, छ महीना अघि सञ्चालनमा आएको साझा घर नेपालले १९ जना अनाथ, असहाय, वृद्ध बेसाहरा नागरिकहरुलाई ओत दिईरहेको छ ।
उक्त साझा घरमा आश्रय लिदैं आएका बेसाहाराहरुका लागि आईतबार सनराईज बैंक सुर्खेतले आवश्यक सामग्री तथा खाद्यान्न वितरण गरेको थियो । बैंकको १२औं स्थापना दिवसको अवसरलाई सामाजिक सेवासँग जोड्ने हेतुले बेसाहाराहरुलाई आश्रय प्रदान गरेको साझा घर नेपाललाई रु.२२ हजार नगद बराबरको सहयोग प्रदान गरिएको सनराईज बैंक सुर्खेतका कार्यालय प्रमुख सुस्मा गिरीले जानकारी दिनुभयो ।

“दीन, दुःखी, गरिब, विपन्न र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नु हाम्रो पनि सामाजिक दायित्व हो,” प्रमुख गिरीले भन्नुभयो, “जसअन्तरगत हामीले दराज, कुर्ची, आवश्यक खाद्यान्न तथा अन्य सामग्री प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छौं ।” कुनैपनि व्यक्तिको बाँच्ने आधार खाना भएकोले आफूहरुले खाद्यान्नमा जोड दिएको उहाँले बताउनुभयो ।
समृद्धि बचत खाताअन्तरगत बैंकले निःशुल्क खाता खोलेर रु.१०० बचत गर्दै आएको बताउनुभएका प्रमुख गिरीले सुर्खेतमा विपद्मा परेकाहलाई राहत वितरण गर्नुका साथै डेङ्गु सचेतना तथा झुल वितरण, रक्तदान, सरसफाई जस्ता कार्यक्रम गर्दै आएको जनाउनुभयो ।
बीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका वडाध्यक्ष सुरेश मानन्धरले वित्तिय क्षेत्रमा कार्यरत सनराजईज बैंकले मानव सेवाजस्तो पवित्र कार्यमा सहयोगी हात फिँजाएको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । प्रचारप्रसार हुन नसक्दा यो साझा घर नेपाल पछि परेको जनाउँदै उहाँले पूण्य कर्म गरे दाताहरुको सहयोग जसरी पनि मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “साझा घर नेपालको समस्या र अभावमा स्थानीय सरकार नजिकमा रहेर सहयोग पु¥याउँछ, उहाँले भन्नुभयो, “साझा घरले पालनपोषण गर्दै आएका अनाथ, असहाय तथा बेसाहारा वृद्धको स्वास्थ्य जाँच तथा उपचार वडा सरकारले गर्छ । दशैंलगत्तै यो काम शुरु गछौं ।”
साझा घर नेपालका अध्यक्ष भीमबहादुर विश्वकर्माले समाजमा अत्यन्तै पीडामा रहेका मान्छेको जीवनप्रति कसैले सहानुभूति नदेखाउने कुरालाई मनन गर्दै उनीहरुको जीवनलाई सामान्य मानिससरहको अवस्थामा ल्याउन सहयोग पु¥याउने उद्देश्यले आफूलाई मानव सेवामा समर्पित गरेको बताउनुभयो । “शुरुमा समाजले हेपेको एउटा कुष्ठरोगीलाई आफ्नै परिवारको सदस्यको हिसाबले उपचार गरें,” अध्यक्ष विकले भन्नुभयो, “त्यसपछि सडक मानव तथा अनाथ बालबालिकाको जीवनमा सहयोग गर्नुपर्छ भन्ने आत्मप्रेरणाले मानव सेवातर्फ मोडिए ।”
कैलालीमा साहारा घर भनेर तीन वर्षदेखि मानव सेवा गरिरहेको बताउनुभएका उहाँले सुर्खेतमा अनाथ, असहाय चार बालक र पाँच बालिकालाई शिक्षादिक्षा, स्वास्थ्योपचार र गासबासको व्यवस्था गरिएको जनाउनुभयो । मानसिक सन्तुलन गुमेका तथा अन्य अवस्थाबाट सडकमा पुगेका छ पुरुष चार महिलालाई हाल सबै सेवा दिईरहेको उहाँले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “मानसिक सन्तुलन गुमेका मध्येमा एकजना लालबहादुर पुन अंग्रेजी शिक्षक पनि हुनुहुन्छ । उहाँलगायत सबैको स्वास्थ्योपचारका लागि रु.२० हजार बराबर जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत लिईयो र आफैपनि स्वास्थ्यकर्मी भएकोले यो वर्ष रु.तीनलाख ७० हजारको औषधि मैले सहयोग गरेको छु ।”
मूलत ः संस्थाले सडक मानव नहोस् र यस कार्यले राज्यलाई दायित्व बोध गराओस् भन्ने अपेक्षा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत दाता, व्यापारी, शिक्षक, उद्योगीहरुबाट प्राप्त सहयोगलाई संस्था सञ्चालनको मुख्य स्रोत बनाईएको छ ।
यद्यपि अभावका बीचबाट दुःख गरेर सेवा प्रवाह गरिएको उहाँको भनाई थियो । हालसम्म ३२ जना बेसाहाराहरुलाई सहयोग गरेको साझा घर नेपाल पछिल्लो दिनहरुमा दीन, दुःखीहरुको चहराईरहेको घाउको मलमपट्टी बन्दै गएको स्थानीयले बताएका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

रोल्पामा बस दुर्घटना २ जनाको मृत्यु

Next Post

अबैध रुपमा भारत लैजाँदै गरेको ठुलो परिमाणको सेतो केराउ (मटर) बरामद

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

अबैध रुपमा भारत लैजाँदै गरेको ठुलो परिमाणको सेतो केराउ (मटर) बरामद

दुबईमा गाडी दुर्घटना ६ नेपाली को मृत्यु २ गम्भीर घाइते

नेपाल बन्यो दक्षिण एशिया मै पहिलो खुला दिसा मुक्त राष्ट्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?