ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?

News Desk by News Desk
१:५५ मध्यान्ह, जेष्ठ १७, २०७९
जेलमा एउटा हवलदारको सल्लाह सञ्जय दत्तलाई निकै काम लाग्यो, के थियो त्यस्तो ?
478
सेयर
475
VIEWS
ShareTweetSendShare

काठमाडौं  जेठ १७ गते ।
सञ्जय दत्त बलिउडका थोरै कलाकार मध्ये एक हुन् जसले आफ्नो फिल्मबाट धेरै नाम त कमाएका छन् तर उनी धेरैजसो विवादमा पनि परेका छन् । सुनील दत्त र नरगिसका छोरा सञ्जय दत्तले बलिउडलाई धेरै ब्लकबस्टर फिल्म दिएका छन् । सन् १९९३ को मुम्बई विष्फोट मुद्दामा उनले आफ्नो जीवनका केही वर्ष जेलमा पनि बिताएका छन् ।

अब सञ्जय दत्तले रिल र रियल, दुबैमा नयाँ सुरुवात गरेका छन् । उनी एकपछि अर्को गरी धेरै चलचित्रमा देखिँदै आएका छन् । हालै उनी ब्लकबस्टर भएको केजीएफ–टुमा देखिएका थिए ।

सञ्जय दत्तले बीबीसी हिन्दीसँग आफ्नो फिल्म यात्रा, परिवार र जेल जस्ता सबै विषयमा कुराकानी गरेका छन् ।

सञ्जय दत्तले जेलमा कमाएको पैसा जोगाएर राखेका छन्

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

सन् १९९३ मा १२ मार्चमा मुम्बईमा श्रृंखलाबद्ध बम विस्फोट भएको थियो । यसमा सञ्जय दत्तको नाम पनि आएको थियो । सञ्जय दत्तलाई पछि अबु सलेम र रियाज सिद्दिकीमार्फत् अवैध बन्दुकको डेलिभरी लिएको र तिनीहरूलाई नष्ट गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सन् २०१३ मा सर्वोच्च अदालतले टाडा अदालतको फैसलालाई सदर गर्दै सञ्जयलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

उनलाई यस्तो कठिन अवस्थामा कुनैबेला हौसला टुट्यो भनेर प्रश्न सोधियो । यो प्रश्नको जवाफमा उनले भने, ‘आफूले हौसला गुमाएको कहिल्यै थाहा भएन ।’

यतिबेला सञ्जय दत्तले जेलमा रहँदा हवलदारबाट पाएको सल्लाह पनि उल्लेख गरेका छन् । उनी भन्छन्, ‘म जेलमा हुँदा मलाई एक हवल्दारले भनेका थिए– सञ्जु बाबा तिमीले आशा गर्न छोड्यौ भने जेलको समय एकैछिनमा बित्नेछ । ‘मैले आशा नै गर्न कसरी छोडौँ’ भनेँ । उनले भने, ‘कोसिस गर’ । मैले उनको कुरा गम्भीरताका साथ लिएँ र कोसिस गरेँ । आशा गर्न छोड्न मलाई दुई तीन हप्ता लाग्यो । जब मैले आशा गर्न छोडिदिएँ तब समय असाध्यै छिटो बित्यो ।’

ADVERTISEMENT

सञ्जय दत्तले जेलमा झोला बनाउने, रेडियो जकीको काम गर्ने जस्ता विभिन्न काम गरेर ५–६ हजार रुपैयाँ कमाएको बताउँछन् । सञ्जय दत्त भन्छन्, ‘मैले जेलमा ५–६ हजार रुपैयाँ कमाए । त्यो मैले निकै जतनका साथ राखेको छु, श्रीमतीलाई दिएको छु । झोला बनाउने, बगैँचामा काम गर्ने र रेडियोमा काम गर्नका लागि सिक्नुपर्छ । त्यो सिक्ने समय पनि थियो ।’

‘‘हामी कलाकारको सम्बन्ध बलियो छ’

बलिउडका अन्य कलाकारसँगको आफ्नो सम्बन्धबारे सञ्जय दत्तले आफ्नो सम्बन्ध केही कलाकारसँग निकै गहिरो भएको र आफूहरुबीच अहिले कुनै प्रतिद्वन्द्वी भावना नभएको बताउँछन् । उनी भन्छन्, ‘हामी सबैले आ–आफ्नो काम गरेका छौँ । हामी सबै दाजुभाइ हौँ । सलमान, शाहरुख, अजय, सुनिल वा अक्षयको फिल्म चल्यो भने मलाई राम्रो लाग्छ । हामी एउटै उद्योग, एउटै परिवार हौँ । हामीहरु बीच एक अद्भुत सम्बन्ध छ ।’

सलमान खानसँगको आफ्नो रमाईलो पल स्मरण गर्दै सञ्जय दत्तले एउटा घटनाबारे कुरा गरेका छन् । उनले भनेका छन्, ‘म कुनै समय हार्ले बुट लगाउने गर्थे । पहिले हार्लेमा पट्टी थियो, सलमानले अचानक जुत्ताको बेल्ट काटिदिए । पछि मैले उसलाई अब अर्को पट्टी पनि काटिदेउ भनेँ । यसो भन्नुको अर्थ हामीबीच निकै स्वस्थ सम्बन्ध छ ।’

सञ्जय दत्तले आफू आफ्नो करियरमा निकै सन्तुष्ट रहेको आफूले राम्रा र नराम्रा दुवै फिल्ममा काम गरेको बताए । उनले आफूसँग अझै धेरै काम बाँकी रहेको पनि बताए ।

सञ्जय दत्त परिवारबारे के भन्छन् ?

बीबीसीसँगको कुराकानीमा सञ्जय दत्तले आफूले परिवारबाट धेरै माया पाएको बताउँछन् । तर यसो भनिराख्दा एउटा कुराले आफूलाई निकै सताउने गरेको पनि बताए । उनी भन्छन्, ‘मलाई मेरी आमाको असाध्यै माया लाग्थ्यो, पापाको पनि । हामी निकै जवान हुँदा नै आमाले छोडेर जानुभयो । हामी उहाँको अगाडि हुर्कन पाएनौँ भन्ने कुरा सम्झेर असाध्यै नराम्रो लाग्छ । हामी न त उहाँको अगाडि हुर्कियौँ न नै उहाँले आफ्नो नाति नातिना देख्न पाउनुभयो । मेरो बुवाले पनि मेरो बच्चालाई देख्नुभएन । यो सम्झँदा असाध्यै नराम्रो लाग्छ र सधैँ स्मरणमा रहन्छ । जुन संस्कार उहाँहरुले हामीलाई सिकाउनुभयो, त्यो सधैँ हामीसँगै रहनेछ ।’

सञ्जय थप्छन्, ‘मेरा लागि मेरा पिता चट्टान जस्तै थिए, उहाँ बितेपछि मेरो सहारा नै छुटेको जस्तो भयो र केही वर्ष निकै मुश्किल रहे । ’

श्रीमती मान्यताबारे कुरा गर्दै उनले भने, ‘मान्यता मेरो परिवारको बलियो स्तम्भ हुन् । उनले मुश्किल समयमा पनि पूरा घरलाई निकै राम्रोसँग सम्हालेर राखिन् ।’ एजेन्सी

Share193Tweet119SendShare
Previous Post

सुन्दर हरिजन मृत्युमा कारागारका कर्मचारीको मिलेमतो देखिएन : प्रतिवेदन

Next Post

बन्द गरियो मेलम्ची सुरुङको ढोका, मेलम्चीको पानी अब कात्तिकमा मात्रै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
बन्द गरियो मेलम्ची सुरुङको ढोका, मेलम्चीको पानी अब कात्तिकमा मात्रै

बन्द गरियो मेलम्ची सुरुङको ढोका, मेलम्चीको पानी अब कात्तिकमा मात्रै

सुन्दर हरिजन घटनामा संसदीय समिति बनाउन माग

सुन्दर हरिजन घटनामा संसदीय समिति बनाउन माग

भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु

भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?