ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई

News Desk by News Desk
६:३९ मध्यान्ह, साउन १८, २०७९
रुकुम​मा पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई
384
सेयर
383
VIEWS
ShareTweetSendShare

रुकुम साउन १८ गते ।
रुकुम पूर्वको पृथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन् । सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन् ।

वडा सचिव नभएपछि गाउँपालिकाले नै सबै वडामा वडा सहायक खटाएको छ । वडा सहायकले वडाबाट हुने सबै कामकाजको कागजपत्र मिलाउने, सिफारिस तयार पार्ने गर्दछन् । वडाबाट नजिक पर्ने स्वास्थ्यचौकीका इञ्चार्जले हस्ताक्षर गरेर अहिलेसम्म कामकाज चल्दै आएको पृथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष एवं गाउँ कार्यपालिकाका प्रवक्ता टिकासाई घर्तीले बताए ।

कतिपय वडामा झन कागजात तयारको काम कार्यालय सहयोगीले पनि गर्दै आएको उनले बताए । घर्तीका अनुसार गाउँपालिकाको १, २, ३, ४, ९ र १२ नं वडामा वडा सचिवको काम गाउँपालिकाका स्वास्थ्य संयोजक एवं मैकोट स्वास्थ्यचौकीका इञ्चार्ज समीर गिरीले गर्दै आएका छन् ।

वडा नं १, २, ३, ४ र ९ नं का नागरिक वडाबाट सिफारिसलगायत अन्य कागजातमा हस्ताक्षर गराउनुप¥र्यो भने फाइल बोकेर तकसेरा आउने गर्दछन् । मैकोट गएको खण्डमा मैकोटबाट झर्ने बेलासम्म १२ नं वडाका नागरिकले कागजातमा हस्ताक्षरको लागि गिरीलाई पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता घर्तीले बताए ।

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

प्रवक्ता घर्तीका अनुसार गाउँपालिकाको ५ र ६ नं वडामा स्वास्थ्यचौकी हुकामका इन्चार्ज हेमन्त बुढाथोकीले पञ्जीकरणको काम गर्दै आएका छन् । ७ र ८ नं वडामा स्वास्थ्य चौकी रिबाङचौर जाङका इन्चार्ज, १०, ११ र १३ नं वडामा स्वास्थ्यचौकी तकसेराका इञ्चार्ज कलिभान विष्ट र १४ नं वडामा स्वास्थ्यचौकी राङ्सीका इञ्चार्ज सरोज यादवले पञ्जीकरणको जिम्मेवारी सम्हाल्दै आएका छन् । भौगोलिक विकटता भएको यस क्षेत्रका नागरिक दुईतीन दिन लगाएर एउटा सिफारिस बोकेर रुकुमकोट पुग्ने र त्यही सिफारिस नमिल्दा सिफारिस बनाउन तीन दिन लगाएर मैकोट/पेल्मा फर्कनुपर्ने अवस्था रहेको छ ।

यता गाउँपालिका स्वास्थ्य संयोजक समीर गिरीले स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम सम्हाल्दा स्वास्थ्य क्षेत्रको काम प्रभावित हुने गरेको बताए । वडा सचिवविहीन हुँदा पञ्जीकरणको सबै काम अस्तव्यस्त हुने गरेको गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बताए । वडा सचिव नहुँदाखेरी नै यस गाउँपालिकाभित्रका धेरै नागरिकको समयमै मृत्यु, जन्म, विवाह दर्ता नहुने गरेको पाइएको छ । कतिपय नागरिकले उमेर पुगेर पनि वडाबाट आवश्यक कागजात नबन्दा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको पाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

यस गाउँपालिकामा स्थानीय तहको चुनाव भइसकेपछि सुरुको वर्षमा १० नम्बर वडामा मात्र एक सचिव आएको र उनी पनि दुई चार महिना बसेर गएका थिए । त्यसपछि आजका दिनसम्म यस गाउँपालिकामा एक जना पनि वडा सचिव आएका छैनन् । पहिलो कार्यकालको स्थानीय सरकारले एक पटक दरबन्दी अनुसारको कर्मचारी माग गरी मन्त्रालयमा पठाएको थियो ।

ADVERTISEMENT

कर्मचारी नपठाएपछि त्यसपछि भने गाउँपालिकाले कर्मचारी माग गर्नै छोड्यो । अहिले नयाँ जनप्रतिनिधि आएपछि भर्खरै मात्रामा गाउँपालिकाको रिक्त रहेको पदमा कर्मचारी माग गरी पठाएको गाउँपालिकाका अध्यक्ष घर्तीले बताए । गाउँपालिका पनि विगत तीन वर्षयता निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ ।

अहिले गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित लेखा, कृषि, पशु, शिक्षा, कम्युटर अपरेटरमा एकएक जना मात्र स्थायी कर्मचारी छन् । उनीहरु पनि सबै निमित्त हुन् । प्राविधिक शाखा सबै खाली छ । स्वास्थ्यमा २३ जना स्थायी कर्मचारी रहेका छन् ।

यस्तै गाउँपालिकाले गएको पाँच वर्षे कार्यकालमा भर्ना भएका सबै करार कर्मचारीको सम्झौता नवीकरण गरेको छैन् । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगरेको गाउँपालिकाले अहिले सबै कर्मचारी नयाँ भर्ना गरिरहेको छ । पहिलो चरणमा गाउँपालिकाले कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रको लागि १२६ जना करार कर्मचारीको माग गरेको थियो ।

अहिले यी क्षेत्रमा कर्मचारी व्यवस्थापनको लागि परीक्षाको काम चलिरहेको गाउँपालिकाले जनाएको छ । अन्य रिक्त विभिन्न पदमा पनि गाउँपालिकाले कर्मचारी व्यवस्थापनको काम गरिरहेको छ । रासस

Share154Tweet96SendShare
Previous Post

नेपालगञ्जमा सामुदायिकसँगै संस्थागत विद्यालयको पनि अनूमगमन

Next Post

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
Next Post
एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

एसिया कपका लागि पाकिस्तानको टोली घोषणा

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

आयल निगम भन्छः ऋण तिर्न बाँकी छ, पेट्रोलियम पदार्थको मूल्य घट्दैन

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्ने तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:17 am5:53 pm +0545
Feels like: 32°C
Wind: 6km/h W
Humidity: 62%
Pressure: 1017.61mbar
UV index: 8
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?