ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

News Desk by News Desk
१०:५८ मध्यान्ह, अशोज १४, २०७९
कालीगण्डकीको बिजुली पनि आजदेखि भारत निर्यात
379
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौें असोज १४ गते ।
सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ । विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन । सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन ।

निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन गर्ने उपयुक्त उपायको रुपमा अध्यादेश जारी गर्न लागेको हो । अध्यादेश राष्ट्रपति कार्यालयमा पुगीसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै ऊर्जा व्यापारको मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ अध्यादेश जारी लागिएको हो ।

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ । नेपालमा व्यवसायी र भारतीय व्यवसायीबीचमा साझा सहमति बनाएर विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न सकिने अवस्था रहेको छ ।

हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । चाडपर्वको समयमा उद्याग प्रतिष्ठान समेत कम चल्ने र पूर्णक्षमता बिजुली उत्पादन भइरहेकाले पनि थप बिजुली निर्यातका लागि मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता झनै बढेर गएको छ ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

हाल वर्षातको समयमा समेत जारी रहेकाले दैनिक दुई हजार दुई सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । सो बिजुलीमध्ये देशभित्र एक हजार सात सय मेगावाट मात्रै खपत भइरहेको छ । औसतमा तीन सय मेगावाटको हाराहारीमा मात्रै बिजुली निर्यात भइरहँदा पनि बाँकी रहेको दुई सय मेगावाट बिजुली खेर जाने अवस्था छ ।

ठूलो मात्रामा बिजुली खेर जाँदा त्यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने अवस्था छ भने ऊर्जा क्षेत्रका लगानीकर्तालाई समेत मार पर्ने कुरा स्वभाविक रहेकाले अध्यादेशमार्फत नै भए पनि विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउन खोजिएको ऊर्जा मन्त्रालयको भनाइ छ ।

निजी क्षेत्रले बिजुली व्यापारका लागि कम्पनी नै स्थापना गरेर प्रक्रिया अगाडि बढाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अधिकारीले नेपेक्स नामक कम्पनी स्थापना गरेर बिजुली व्यापारको अनुमति दिन सरकारसँग धेरै लामो समयदेखि माग गर्दै आएका थिए । नेपाल पूर्वाधार बैङ्क सम्बद्ध संस्थाले पनि व्यापारका लागि अनुमति माग गरेको छ ।

ADVERTISEMENT

नेपालभित्र उत्पादन भइरहेको बिजुली नेपालभित्र खपत हुन नसकी केही विद्युत् खेर गइरहेको तथा जलविद्युत्को उत्पादन वार्षिकरुपमा आठसय मेगावाटको दरले बढ्दै गइरहेकाले थप उत्पादन हुने बिजुलीको उचित व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको ऊर्जा मन्त्रालयको भनाइ छ । बिजुली खेर जाने अवस्थामा नेपाल विद्युत् प्राधिकरणले ‘टके अर पे’को माध्यमबाट गरेको विद्युत् खरिद बिक्री सम्झौताका कारण घाटामा जान सक्ने अवस्था पनि उत्तिकै छ । देशभित्रै बिजुली खपतको वातावरण बनाउँदै बढी हुने बिजुली निर्यात गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर उपयुक्त कदम चाल्नु आजको प्रमुख आवश्यकता रहेको सरकारको बुझाइ छ ।

नेपाल र भारतबीच सन् २०१४ मा विद्युत् व्यापार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र बंगलादेशबीच पनि सन् २०१८ मा ऊर्जा सहकार्यका लागि समझदारीमा हस्ताक्षर भएको छ । उक्त सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न पनि कानूनी व्यवस्था गर्नु आवश्यक रहेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल, भारत र बङ्गलादेश सरकारको ऊर्जा सचिवस्तरीय वार्तासमेत भई विद्युत् आयात निर्यात गर्ने सम्बन्धमा सहमतिसमेत भइसकेको छ । विद्युत् निर्यातका लागि अन्तरदेशीय प्रसारण लाइनको निर्माण पनि शुरु भएको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनको रुपमा न्यू बुटवल गोरखपुर प्रसारण लाइन चार सय केभी क्षमतामा निर्माण हुँदैछ । त्यसको सबै प्रक्रिया शुरु भइसकेको छ ।

निजी क्षेत्रबाट हाल करिब २२ हजार मेगावाट क्षमताको विद्युत् आयोजना अध्ययन एवम् निर्माणको लागि अनुमति दिइसकेको छ । आन्तरिक खपतको वार्षिक वृद्धिदर करिब १८ प्रतिशत बराबर छ ।

सबै आयोजनाबाट उत्पादित बिजुली देशभित्र उपयोग गर्न नसकिने भएकाले छिमेकी देशमा व्यापारका लागि निजी क्षेत्रलाई सहभागी गराउनै पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको ऊर्जा मन्त्रालयको भनाइ छ । जलविद्युत् विकास नीति, २०५८ मा विद्युत् व्यापारका लागि अनुमतिपत्र दिने व्यवस्था गरिने भनिए पनि सो बमोजिम हालसम्म कानुनी व्यवस्था हुन सकेको छैन ।

विद्युत् व्यापार तथा अन्तरदेशीय विद्युत् व्यापारको लागि कार्यविधि तथा निर्देशिका तयार गरी सहमतिको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठायएको कानून तर्जुमा नभई कार्यविधि तथा निर्देशिका बनाउन नमिल्ने राय प्राप्त भएको तथ्यसमेतको मन्त्रालयले स्मरण गरेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले सङ्घीय संसद्को राष्ट्रियसभामा विद्युत् ऐन पेश गरेकी थिइन् । छलफलको प्रक्रिया अगाडि बढे पनि पछिल्ला दिनमा समय अभावका कारण सो विधेयक पारित हुन नसक्ने अवस्था आएपछि ऊर्जामन्त्री भुसालले सो विधेयक फिर्ता लिएकी थिइन् । सोही विधेयकलाई नै अध्यादेशका रुपमा ल्याउन लागिएको हो । रासस

Share152Tweet95SendShare
Previous Post

नगर प्रमुख विष्टलाई डेंगु संक्रमण

Next Post

खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

खाँदबारीमा करेण्ट लागेर एकको मृत्यु

आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

आजदेखि दशैँ बिदा, घरगाउँ फर्कनेहरुको चहलपहल झनै बढ्यो

फरार दुई जना प्रतिवादी पक्राउ

चाडपर्वलाई लक्षित बाँके प्रहरीका यस्ता छन सुरक्षा योजना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?