ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णालीमा खानेपानीको समस्या

News Desk by News Desk
७:२५ बिहान, कार्तिक ९, २०७९
काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित
385
सेयर
377
VIEWS
ShareTweetSendShare

सुर्खेत कात्तिक ९ गते ।
गत असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराले मूलमा क्षति भएपछि नागरिकलाई खानेपानीको समस्या भएको छ ।

बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ ।

पहिराले मूल नै बन्द भएपछि यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखालालगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ । “पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्याङ्की नै बगाएर लगेको छ”, तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भने, “मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।”

खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उनले बताए । विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उनको भनाइ थियो । यो समस्या तिला गाउँपालिकाको १–९ वडासम्म रहेको छ ।

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

सोही पालिकाको वडा नं ४ रावतवाडा, नुवाकोट र साँपुल्ली गाउँमा अझ बढी छ । अविरल वर्षापछि भेरी खोलामा आएको भीषण बाढीले खानेपानीको पाइप, ट्याङ्की र आवतजावत गर्ने काठको साँघु नै बगाएर लगेको रावतवाडा गाउँका स्थानीय मागेनाथ योगीले बताए ।

“कोदो, मकै, सिमी, धान भित्र्याउन हामीले काठको साँघु तर्नुप¥थ्यो”, योगीले भने, “भेरी खोला तर्ने एकमात्र माध्यम त्यही काठको साँघु बाढीले लगेपछि अहिले हाम्रो आवतजावत बन्द भएको छ ।” बालीनाली भित्र्याउन एक घण्टाको समय लगाएर अर्को गाउँको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता आइलागेको उनले दुःखेसो गरे ।

खानेपानीका मुहान पहिराले पुरिने, बाढीले बगाएर लैजाने समस्या माथिल्लो कर्णालीका सबै जिल्लावासीले भोग्दै आएका छन् । सामान्य अवस्थामा क्षति भएका ठाउँमा नागरिकलाई तत्काल पाइपलगायतका आवश्यक सामग्री दिएर सहयोग गरेका छन् तर ठूलो क्षति भएका ठाउँको खानेपानी निर्माणका लागि केही समय लाग्ने खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालयले जनाएका छन् ।

ADVERTISEMENT

असोजमा आएको बाढी र पहिरोले कर्णालीका पाँच जिल्लामा जनधनको अर्बौंको क्षति भएपछि नेपाल सरकारले कालीकोट, जुम्ला, मुगु र हुम्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

मानवीय क्षति, बस्ती, कृषि क्षेत्र, पशु चौपाय, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायतका क्षेत्रको क्षतिको तथ्यगत विवरण सङ्कलन गर्ने क्रम अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इञ्जिनियर पवनबाबु बास्तोलाले जानकारी दिए ।

मनसुनजन्य विपद्पछि कर्णालीमा आएको बाढी र पहिरोबाट क्षति भएका स्थानलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपश्चात् ती क्षेत्रको क्षतिको प्रारम्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुम्लामा जिओटिक इञ्जिनियर बास्तोला, हुम्लामा स्ट्रक्चरल इञ्जिनियर देवराज पौडेल, मुगु र कालीकोटका निम्ति जिओटिक इञ्जिनियरद्वय हरिश पनेरु र विराश मल्लको टोलीलाई परिचालन गरेको थियो । उनीहरू सबै प्रारम्भिक अध्ययन गरेर फर्किसकेका छन् ।

Share159Tweet94SendShare
Previous Post

आज गोवर्द्धन पूजा, गोरु, बलि र हली पूजा गरिँदै

Next Post

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
Next Post
पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न

पटक–पटक पदमा पुगेर काम नगर्नेलाई कुन्ती पोखरेलको प्रश्न

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?