ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

News Desk by News Desk
१०:४९ बिहान, पुस ६, २०७९
बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै
406
सेयर
386
VIEWS
ShareTweetSendShare

पर्वत पुस ६ गते ।
पर्वतको कुश्मा नगरपालिका–१४ आर्थरु डाँडाखर्क । जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ । वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके ।

गाउँबाट बसाइँसराइको दर उल्लेख्य बढेपछि अहिले खेतबारी पूरै झाडी र बुटा्यनले भरिएको छ । ढुङ्गाको छानो भएका, चिटिक्क परेका घर भग्नावशेषमा परिणत हुन थालेका छन् । गाउँमा बसेकालाई पनि खेतीबाली लगाउने रुचि छैन । किनकि बालीनाली लगाए बाँदरले छिनभरमै सखाप पारिदिन्छ ।

बर्सेनि बाँझो जमिन बढ्ने क्रम बढेपछि वडा कार्यालयले नयाँ योजना अघि सारेको छ । वडाभित्र खाली र बाँझो रहेको जमिन उपयोगमा ल्याउन लागेको हो । खाली र बाँझो जमिनमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गर्न थालिएको वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेको घना जङ्गलमुनि रहेको उक्त गाउँमा परीक्षणका लागि केही व्यक्तिले लगाएका चियाका बोट हुर्किँदै गएपछि चियाखेती राम्रो हुने आकलन गर्दै सम्भाव्यता अध्ययन गर्न थालिएको अध्यक्ष रिमालले बताए ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

यहाँ बाँझो जमिन प्रशस्त छ । चियाखेतीका लागि उपयुक्त हावा, पानी र माटोसमेत सुहाउँदो भएको देखिन्छ । अध्यक्ष रिमालले भने, “सम्भाव्यता अध्ययनका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय कास्कीले तयारी थालेको छ ।”
वडा कार्यालयको अनुरोधमा कार्यालयको टोलीले आर्थरडँडाखर्कका सबै क्षेत्रमा चियाखेतीको सम्भावनाको अध्ययन थालेको हो ।

गाउँमा बसाइँसराइका कारण खाली जमिन बढ्दै गएको र गाउँको सौन्दर्यतामा समेत ह्रास आउन थालेका कारण बाँझो जमिनको उपयोग गर्न लागिएको अध्यक्ष रिमालले बताए ।

“गाउँमै रोजगारी हुनेमात्रै नभई नगरलाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु–याउने अपेक्षा गरिएको छ”, अध्यक्ष रिमालले भने । “त्यसका लागि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका साथसाथै उपयोगविहीन भएको जग्गा प्रयोगमा ल्याउनु पर्दछ ।”

ADVERTISEMENT

आर्थरमा चियाखेतीको विस्तार हुनसकेमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नमा सहयोग पुग्ने स्थानीय इन्द्र गुरुङले बताउनुभयो । बाँझो जमिन उपयोग गरेर यहाँका युवाहरूलाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरण सिर्जना गर्न सकेमा बसाइँसराइ दर कम हुने गुरुङले बताए ।

आर्थरु डाँडाखर्कका झण्डै आठ सय परिवार बसाइँ सरेर पोखरा र काठमाडौँलगायतका सहरमा बस्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वडा सचिव नै ती ठाउँ खोज्दै जानुपर्ने बाध्यता रहेको छ ।

अहिले गाउँमा गुणस्तरीय सडक, निजी विद्यालय तथा गुणस्तरीय सामुदायिक विद्यालय र स्वास्थ्य क्षेत्रमा समेत सुधार आए पनि गाउँ भने रित्तिँदै गएको स्थानीय दुर्गा शर्माले बताए । रासस

Share174Tweet97SendShare
Previous Post

महोत्तरीमा स्यालको टोकाइबाट छ जना घाइते

Next Post

बाँकेमा किसानको धान खरिद सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
बाँकेमा किसानको धान खरिद सुरु

बाँकेमा किसानको धान खरिद सुरु

टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग

टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?