ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘सीप त छ, बेच्न बजार छैन’

News Desk by News Desk
३:२६ मध्यान्ह, माघ ४, २०७९
‘सीप त छ, बेच्न बजार छैन’
381
सेयर
379
VIEWS
ShareTweetSendShare

काठमाडौं माघ ४ गते ।
सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उनले बताइन् ।

मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाइन्।

उनले भनिन्, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु)।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो । उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो ।

यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उनले भनिन्।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् रु दुई लाख ऋण गरेर साउदी अरब जाएका छन् । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सकेकी छैनन् । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उनलाई यति बेला धौधौ छ ।

जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ ।

दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भनिन्, “पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।”

ADVERTISEMENT

उनले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउने गर्थिन्। ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफैँ काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, एक दशकअघिको समय सोम्नीले सम्झिइन् ।

दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्थिन् । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ”, उनले भनिन्, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।”

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताए । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गर्दै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थालेकी सोम्नी उपयुक्त कामको खोजीमा छन् ।

दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उनको भनाइ छ । स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई÷चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन ।

अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार)ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताइन् ।

उनले भनिन् , “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ? आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।”

यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उनले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ ।

बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर (दनुवार)ले बताए ।

‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो”, उनले भने । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उनी सम्झिन्छन् ।

प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताए । “पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ”, उनले भने, “अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।” रासस

Share154Tweet95SendShare
Previous Post

जंगी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी

Next Post

नेपालगञ्जमा महोत्सवको धमाधम स्टल बुकिङ्ग, ८० प्रतिशत बुकिङ्ग सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
Next Post
नेपालगञ्जमा महोत्सवको धमाधम स्टल बुकिङ्ग, ८० प्रतिशत बुकिङ्ग सम्पन्न

नेपालगञ्जमा महोत्सवको धमाधम स्टल बुकिङ्ग, ८० प्रतिशत बुकिङ्ग सम्पन्न

बाजुरामा हिमपात, जनजीवन प्रभावित

बाजुरामा हिमपात, जनजीवन प्रभावित

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 36°C
Wind: 8km/h SE
Humidity: 70%
Pressure: 1012.19mbar
UV index: 8
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?