ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

News Desk by News Desk
८:२२ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
437
सेयर
437
VIEWS
ShareTweetSendShare

बाँके, असोज १५ गते ।
नेपालमा गरिबीको अवस्था प्रदेश, जिल्ला र स्थानीय तहअनुसार निकै असमान रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपाङ्गतासम्बन्धी अध्ययन प्रतिवेदनले एउटै मुलुकभित्र गरिबीको दरमा ठूलो अन्तर रहेको देखाएको हो।

सन् २०२२/२३ मा ९ हजार ६ सय घरधुरीमा गरिएको सर्वेक्षणका आधारमा तयार प्रतिवेदनअनुसार सुदूरपश्चिममा गरिबीको दर सबैभन्दा बढी ३४.१६ प्रतिशत छ। गण्डकीमा सबैभन्दा कम ११.८८ प्रतिशत रहेको छ। लुम्बिनीमा भने गरिबीको दर २४.३५ प्रतिशत छ।

गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिममा भए पनि गरिब जनसङ्ख्याको संख्या भने मधेशमा बढी रहेको प्रतिवेदनले देखाएको छ। यसले गरिबीको प्रतिशत र गरिब नागरिकको वास्तविक संख्या फरक हुने देखाएको छ।

जिल्लागत रूपमा गरिबीको दर ५.६३ देखि ४९.५८ प्रतिशतसम्म छ। अछाममा सबैभन्दा बढी ४९.५८ प्रतिशत र कास्कीमा सबैभन्दा कम ५.६३ प्रतिशत गरिबी रहेको छ।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

लुम्बिनीका जिल्लामा गरिबीको दर १५.१५ देखि ३९.९७ प्रतिशतसम्म छ। प्रदेशमा बर्दियामा सबैभन्दा बढी र रुपन्देहीमा सबैभन्दा कम गरिबी रहेको प्रतिवेदनमा उल्लेख छ। बाँके जिल्लाको गरिबी दर प्रदेशभित्र छैटौँ स्थानमा छ।

स्थानीय तहमा पुग्दा असमानता अझ ठूलो देखिन्छ। देशभर स्थानीय तहको गरिबी दर १.१८ देखि ७७.८९ प्रतिशतसम्म छ। लुम्बिनीमा पालिकागत गरिबी ४ देखि ६४ प्रतिशतसम्म पुगेको छ। लुम्बिनीमा नेपालगन्जसहित नौ स्थानीय तह उच्च गरिबी दर भएका स्थानीय तहको सूचीमा परेका छन्।

बाँकेमा नरैनापुर गाउँपालिकाको गरिबी दर ५०.३३ प्रतिशत छ। एउटै जिल्लाभित्र पनि आर्थिक अवसर, रोजगारी र विकासको पहुँचमा ठूलो अन्तर रहेको तथ्याङ्कले देखाएको छ।

ADVERTISEMENT

प्रतिवेदनले गरिबीलाई आयसँग मात्र जोडेर हेर्न नहुने देखाएको छ। नेपालमा करिब १७ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको अवस्थामा करिब २४ प्रतिशत घरपरिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्क छ।

अपाङ्गता भएका व्यक्तिले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा आयआर्जनका अवसरमा भोग्ने अवरोधले परिवारको आर्थिक अवस्थासमेत प्रभावित हुने प्रतिवेदनले देखाएको छ। लुम्बिनी प्रदेशमा ३ लाख ८३ हजार ३ सय ४ घरपरिवारमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ।

यसले गरिबी न्यूनीकरणका कार्यक्रमलाई स्थानीय तहको अवस्था र आवश्यकतासँग जोड्दै अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई समेत लक्षित गर्नुपर्ने देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार नेपालगन्जमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा कार्यालयका निर्देशक मनोहर घिमिरेको अध्यक्षता र जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको प्रमुख आतिथ्यता थियो।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, अपाङ्गता अभियन्ता गोकर्णप्रसाद आचार्यलगायतले धारणा राखेका थिए। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमलगायत सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा निर्देशक घिमिरेले नेपालको गरिबीसम्बन्धी प्रस्तुति दिएका थिए। अर्का निर्देशक शिव श्रेष्ठले अपाङ्गता र गरिबीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। तथ्याङ्क कार्यालय दाङका सूचना अधिकारी हरिभक्त गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

Share175Tweet109SendShare
Previous Post

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

Next Post

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 22°C
Wind: 8km/h SE
Humidity: 97%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?