ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित

News Desk by News Desk
२:०२ मध्यान्ह, फाल्गुन १, २०७९
नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनः चार विधेयक पारित
465
सेयर
437
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ ।

नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम संशोधन विधेयक २०७९ पारित गरेको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव पनि पारित भएको छ ।

नगरसभा सदस्य मुजम्मिल हुसैन हल्वाईले स्वास्थ्य सेवा विधेयक, नगरसभा सदस्य कौशलकुमार धोवीले सार्वजनिक निजी साझेदारी विधेयक, नगरसभा सदस्य गोपाल पुनले खानेपानी तथा स्वच्छता सम्बन्धि विधेयक र नगरसभा सदस्य विना थापाले विनियोजन विधेयकको प्रथम संशोधन नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी नगरसभा सदस्य पुष्षा सिंहले प्रस्तुत गर्नुभएको प्रधानमन्त्री रोजगार कार्यक्रमको योजना स्वीकृत प्रस्ताव र नगरसभा सदस्य गोविन्द रेग्मीले प्रस्तुत गर्नुभएको बजेट तथा योजना रकमान्तर सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । नगरसभाले दिवंगत जनप्रतिनिधि र कर्मचारीहरुको शोक प्रस्ताब पनि पारित गरेको छ ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

नगरसभामा नगरप्रमुख विष्टले हालसम्मको संक्षिप्त प्रगति विवरण र उपप्रमुख कमरुद्दिन राईले वित्तीय तथा राजश्व प्रगति प्रस्तुत गर्नुभएको प्रबक्ता प्रमोद रिजालले बताउनुभयो ।

नगर प्रमुख विष्टले आफ्नो प्रगति विवरण उल्लेखित बक्तब्यमा बागेश्वरी मन्दिरमा महाआरती शुभारम्भ, मोतिविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन, दादुरा प्रकोप देखिएपछि सञ्चालित खोप अभियानमा सतप्रतिशत बढी कभरेज, दीर्घरोगीहरुलाई विपद व्यवस्थापन कोषबाट रकम भुक्तानी, केही वडाहरुमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, सबै वडामा इन्टरनेटको पहुँच, नगरका मुख्य स्थानमा फ्रि–वाइफाई जोन, अनलाइन सिफारिस प्रणाली, मुलुकमै दोस्रो स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र स्थापना गरी कार्यान्वयन गरेको विषयलाई समेट्नुभएको छ ।

यस्तै उहाँले प्रगति विवरणमा नगरमा पुराना डिप बोरिंगहरुको मर्मत कार्य सञ्चालन, जग्गा नापजाँचको कार्यका लागि आवश्यक नियन्त्रण विन्दु स्थापना, मदरसा बोर्ड गठन, उपमहानगरको कृषि र गैरकृषि क्षेत्र निर्धारण, मंगलप्रसाद कन्या कलेजमा हाल स्नातक तर्फका केही विषयहरुमा अध्यापन सुरुवात, सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति पदपूर्ति, अपांगता परिचयपत्र वितरणसहित सचेतनामूलक कार्यक्रम सञ्चालन, न्यायिक समितिमा चालू आर्थिक बर्षमा परेका १७ उजुरी मध्ये २ वटा निर्णय भई बाँकी प्रक्रियामा रहेको विषयहरु उल्लेख गर्नुभएको छ । नगर प्रमुख विष्टले चाडपर्वको लामो विदा, संघ र प्रदेशको चुनाव लगायतका कारणले सुरुवाती दिनमा लय पकड्न गाह्रो भएपनि अब उपमहानगर आफ्नो शैली र गतिमा अघि बढ्ने बताउनुभयो ।

ADVERTISEMENT

नगर उपप्रमुख राईले वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै चालू आर्थिक बर्षको पौष मसान्तसम्म २५.१० प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो । राईले चालूतर्फ ३४.६८, पूँजीगततर्फ ९.४४ र वित्तीय व्यवस्थातर्फ ३९.३४ प्रतिशत रकम खर्च भएको बताउनुभयो । उहाँले आर्थिक बर्ष २०७९÷८० को ११औं नगरसभाबाट स्वीकृत कुल बजेट मध्ये विभिन्न बजेट शिर्षकमा पौष मसान्तसम्म रु.१ करोड २ लाख ११ हजार बढी प्राप्त भएको तथा अनुमान भन्दा बढी निकासा प्राप्त भएको भन्दै जम्मा १ अर्ब ९८ करोड ४२ लाख ५४ हजार रुपैयाँ स्वीकृतिका लागि नगरसभामा पेश गर्नुभएको थियो ।

प्रस्तावित अनुमानित आय मध्ये पौष मसान्तसम्म रु.१ अर्ब ९ करोड ६७ लाख ८५ हजार गरी करिब ५५ प्रतिशत आम्दानी प्राप्त भएको बताइएको छ । यस्तै आन्तरिक आयमा करिब ५८ प्रतिशत प्रगति भएको छ । उपप्रमुख राईले करदाताहरुको सहज पहुँचका लागि सम्पत्तिकर वडा कार्यालयबाटै अनलाइनमार्फत तिर्न सकिने व्यवस्था गरिएको बताउँदै व्यवसाय र घरबहाल कर समेत वडामै बुझाउन सकिने गरी व्यवस्था गर्न प्रयासरत रहेको जानकारी गराउनुभयो । नगरसभामा जनसरोकार र समसामयिक विषयमा छलफल गरिएको थियो । छलफलमा नगरसभा सदस्यहरुले सक्रिय सहभागिता जनाउनुभएको थियो ।

Share203Tweet109SendShare
Previous Post

नवलपरासीमा ७ महिनामा दश हजारले लिए राहदानी

Next Post

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

बृक्षारोपणसँगै तालतलैया संरक्षण गरेर ज्योतिसामुदायिक वनलाई पर्यटकिय क्षेत्र बनाइँदै

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

उपमेयर कप छात्रा प्रतियोगिताको आज समापन बिजेता त्रिभुवन नमुना माबी र उपबिजेता सगरमाथा ज्ञाककुन्ज

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

भुई मान्छेबाट मन्त्री बनेका चौधरी भन्छ्न फोहरलाई मोहर र वनलाई धन वनाई जनताको संबृद्धिसंग जोडिने काम गर्नेछु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:15 am5:56 pm +0545
Feels like: 28°C
Wind: 0km/h SE
Humidity: 79%
Pressure: 1014.56mbar
UV index: 5
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?