ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

News Desk by News Desk
१०:०१ बिहान, भदौ १८, २०८०
भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके भदौ १८ गते ।
भेरी अस्पतालमा रेविज विरुद्धको खोपको अभाव भएको छ । एक महिनादेखि खोपको अभाव भएपनि समस्या सल्टिन सकेको छैन । अस्पताल प्रशासनले भने हप्ता दिन देखि मात्र खोप अभाव भएको दावी गरेको छ । खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुग्नुभयो। जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको बतायो । र, उहाँले छेउकै मेडिकलबाट ६ सय ३० रुपैयाँमा एक डोज खोप किन्नुभयो। थप १० रुपैयाँमा एउटा सुई र सिरिन्ज पनि किने । ‘सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध हुने भन्छ । तर, अस्पतालको फार्मेसीमा पाइएन, मैले त एक डोजको ६ सय ३० तिरेँ,’ उहाँले भन्नुभयो ।

सरकारले सन् २०३० भित्र कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिजबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । सोहीअनुसार रेबिजविरुद्धको खोप निःशुल्क घोषणा गरिए पनि सरकारी अस्पतालमा जहिल्यै अभाव हुन्छ । बजारमा महँगोमा खोप पाइने भएकाले विपन्न तथा असहाय बिरामी खोप नलगाएर फर्किने गरेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिका–१४ का सरोज यादव पनि एक हुनुहुन्छ। उहाँलाई १० भदौमा कुकुरले टोकेपछि भेरी अस्पताल पुग्नुभयो।

अस्पतालले बाहिरबाट खोप किनेर ल्याउन भनेपछि उनी त्यत्तिकै घर फर्किनुभयो । ‘बाहिर किन्न जाँदा एउटा भ्याक्सिनको ६ सय ३० रुपैयाँ पर्ने रहेछ, किन्न सकिएन । पैसा तिरेर किन्न नसकिने भएपछि त्यसै फर्किएँ,’ उहाँले भन्नुभयो । रेबिजविरुद्धको खोप तीनपटक लगाउनुपर्छ ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

बाहिरको मेडिकलबाट खरिद गर्दा एकजनाको कुल खर्च एक हजार नौ सय २० रुपैयाँ हुन आउँछ । तर, एक भाइल भ्याक्सिनबाट दुईजनाले लगाउन मिल्छ । दुईजनालाई लगाउन कुकुरले टोकेको अर्को व्यक्ति सम्पर्कमा आउनुपर्ने हुन्छ । ‘मैले अर्को व्यक्तिलाई पर्खिरहेको थिएँ, तर कोही आएनन् । एक डोज अस्पतालको १८ नम्बर कोठामा छोडेर आएँ,’ अख्तरले भन्नुभयो । भेरीमा एक महिनादेखि रेबिजविरुद्धको खोप अभाव छ ।

तर, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले खोप सकिएको एक हप्ता मात्र भएको बताउनुभयो । उहाँले पहिलेदेखि लगाउँदै आएकालाई भ्याक्सिन दिँदै आएको बताउँदै एक हप्तायता अस्पतालमा भ्याक्सिन नभएको बताउनुभयो । स्वास्थ्य सेवा विभागसँग माग गरे पनि नपाएको बताउँदै उहाँले ५०–६० भाइल माग्दासमेत नपाएको जिकिर गर्नुभयो। स्वास्थ्य सेवा विभागमा समेत नभएकाले भ्याक्सिनबारे अझै निश्चित नभएको उहाँले स्पष्ट पार्नुभयो। ‘खरिद भएपछि मात्र पठाउन सकिने जवाफ स्वास्थ्य विभागले दिएको छ । आउने–नआउने अझै निश्चित छैन,’ डा.रायमाझीले भन्नुभयो ।

बिरामीले बाहिरबाट खरिद गरेको गुनासो गरे पनि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रायमाझीले अति गरिबलाई सामाजिक सेवा एकाइमार्फत भ्याक्सिनमा सहयोग गरिरहेको दाबी गर्नुभयो । बाहिरको मेडिकलबाट किन्न नसक्ने गरिब तथा असहायलाई खरिद गर्न सहयोग गरिरहेका छौँ,’ उहाँले भननुभयो ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

Next Post

१४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
Next Post
सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप

१४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

लुम्बिनी एमालेः नेतृत्व छान्न मतदान शुरु

लुम्बिनी एमालेः नेतृत्व छान्न मतदान शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?