ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?

News Desk by News Desk
९:५९ बिहान, कार्तिक २३, २०८०
भाइटीका कसरी लगाउने ? पाँच कि सात रंगको टीका लगाउने ?
404
सेयर
390
VIEWS
ShareTweetSendShare

काठमाडौं कात्तिक २३ गते ।
तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा.डा.माधवप्रसाद भट्टराई टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पूर्वबाट पश्चिम फर्किनुपर्ने बताउँछन् । उनले भने, “टीका लगाइमाग्ने मान्छे पूर्व फर्किएर बस्नु राम्रो हुन्छ । दिदीबहिनी पश्चिम फर्किएर दाजुभाइलाई टीका लगाइदिनुपर्छ ।” कता फर्किने भन्ने कुराको निर्धारण चन्द्रमाको अवस्था हेरेर गरिएको उनको भनाइ छ ।

विधिपूर्वक भाइटीका लगाउने हो भने सुरुमा दियो, कलश र गणेशको पूजा गर्नुपर्छ । “त्यसपछि अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । दीर्घायूको कामना गर्न अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ,” उनले भने, “अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।” दाजुभाइको पनि लामो आयु होस् भनेर यसरी पूजा गरिने विधिशास्त्रीय परम्परा रहेको उनी बताउँछन् । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूर्जा गर्नु पर्ने उनको भनाइ छ । “यसरी पूजा गरिसकेपछि दाजुभाइलाई उपयुक्त स्थानमा राख्नुपर्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइलाई बीचमा पारेर पानी र तेलको धाराले छेक्नु पर्छ । तेल र पानीले छेक्दा सकेसम्म तेल र पानीको धारा नटुटेको राम्रो हुन्छ,” उनले भने, “दाजुभाइलाई टीका लगाइदिँदा ढोकामा ओखर फुटाउने चलन छ । ओखर फुटाउनुको अर्थ अनिष्ट तत्व घरभित्र नपसोस् भनेर हो । दाजुभाइलाई कुनै पनि अनिष्टले दुःख नदियोस् भनेर हो । ओखर फुटाउनु अनिष्टलाई फुटाएर कष्ट नास गरिएको संकेत हो ।”दाजुभाइको आयु लामो होस् भनेर यमराजसँग कामना गरिन्छ । यसपछि सप्तरंगी तथा पञ्चरंगको टीका लगाउनु पर्ने प्रा।डा। भट्टराई बताउँछन् ।

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

कसैले पाँच र कसैले सात रंगको टीका लगाउने गरेको उनले जानकारी दिए । पाँच वा सात, जति रंगको टीका लगाए पनि फरक नपर्ने उनको भनाइ छ ।“सात रंग जुटाउन नसक्दा पाँच रंगको टीका लगाउने चलन छ । तर, आजकाल सात रंग नै पाउन धेरै कठिन छैन । तिहारमा रातो, निलो, पँहेलो, हरियो र सेतो रंगको टीका लगाउने परम्परा छ । सात रंग नै प्रयोग गर्नुको कारण सप्तरंगी इन्द्रेणी जति राम्रो हुन्छ, त्यति सात रंगको टीका पनि राम्रो हुन्छ भनेर हो,” उनी अगाडि थप्छन्, “हाम्रा दाजुभाइलाई सुन्दर बनाउनुपर्छ, सात रंगजस्तै दाजुभाइको जीवन पनि रंगीन होस् भनेर सात रंगको टीका लगाउने गरिएको हो ।” जिन्दगीमा सुख, दुःख, उकाली, ओराली छन् ।

राम्रा नराम्रा दुवै अनुभूति दाजुभाइको जिन्दगीमा हुन्छ । त्यसको प्रतीकका रूपमा पनि टीकामा रंगहरूको प्रयोग गरिएको उनले स्पष्ट पारे । “रंगहरूको प्रतीकात्मक रूपमा अलगअलग अर्थ पनि छ । मित्रता, त्याग, ऊर्जा र शक्ति, शान्तिको प्रतीकका रुपमा रंगलाई प्रयोग गरिएको हो तिहारको टीकामा,” समिति सभापति प्रा।डा। भट्टराई भन्छन्, “टीकालाई राम्रो पनि मानिन्छ, किनभने जिन्दगीमा पनि सौन्दर्य हुनुपर्छ भन्ने हो ।

पहिला सेतो रंगको ठाडो रंग लगाएर त्यसमाथि अन्य रंग लगाउनु अर्थ राम्रो पार्नु हो । यसको अर्थ जीवनलाई पनि यसरी लगाइने सुन्दर टीकाजस्तै राम्रो ९सुन्दर० बनाउनु पर्छ भन्ने हो ।” दाजुभाइलाई सात अथवा पाँच रंगको टीका लगाइदिएपछि उनीहरूले सगुनको रूपमा खाने कुरा दिनुपर्छ । खाने कुरामा दाजुभाइलाई मिठो लाग्ने मिठाइ दिनु पर्ने उनको भनाइ छ । खास गरी अहिले बजारमा पाइने विभिन्न प्रकारका मिठाइभन्दा पनि शुद्ध घ्यूमा पकाएको सेल रोटी, अर्सा तथा अनर्सा दिने परम्परा रहेको उनको भनाइ छ ।

ADVERTISEMENT

“यससँगै ऋतुफल अर्थात् मौसमी फलफूल पनि दिनु पर्ने विधिशास्त्रीय मान्यता छ,” उनी भन्छन्, “यसबाहेक उपहार दिने पनि चलन छ । तर, यो अनिवार्य होइन । सक्नेले दिए पनि हुन्छ । नसक्दा नदिए पनि हुन्छ ।” दिदीबहिनीले सगुन र उपहार दिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिनु पर्ने उनको भनाइ छ । “दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर दक्षिणा दिनुपर्छ । दक्षिणा गक्ष र इच्छाअनुसार दिने हो,” उनी भन्छन् ।

Share170Tweet98SendShare
Previous Post

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

Next Post

विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित
समाचार

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

६:४२ बिहान, अशोज ३०, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
Next Post
विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

विश्व कप क्रिकेटमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई हरायो

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

लुम्बिनीका कर्मचारीले ३ दिनको तलब भूकम्प पीडितलाई दिने

खजुराले थप पाँच लाख बराबरको सहयोग गर्ने

खजुराले थप पाँच लाख बराबरको सहयोग गर्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:22 am5:43 pm +0545
Feels like: 29°C
Wind: 6km/h SW
Humidity: 59%
Pressure: 1016.26mbar
UV index: 7
ThuFriSat
30°C / 18°C
30°C / 17°C
30°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?