ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह

News Desk by News Desk
९:३१ बिहान, चैत्र १२, २०८०
होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई, शान्त र मर्यादित तरिकाले होली मनाउन बाँके प्रशासनको आग्रह
593
सेयर
542
VIEWS
ShareTweetSendShare

बाँके चैत १२ गते ।
रंगको पर्व होलीलाई लक्षित गरि बाँके प्रहरीले जेकजाँचमा कडाई गरेको छ । सामाजिक एवम् धार्मिक सद्भाव विग्रिन नदिन बाँके प्रहरीले नेपालगन्जको १० बढि ठाउँमा चेकजाँच गर्ने ब्यवस्था मिलाएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

बाँके लगायत तराईका जिल्लामा आज होली मनाइदै छ । फाटफुट रुपमा आइतवार मनाए पनि विशेष रुपमा आज मनाउने भएको छ ।
होली मनाउने ठाउँको पहिचान गरि सुरक्षा ब्यवस्था कडा पारिएको बताउँदै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको डिएसपी डाँगीले बताए । ‘अप्रिय घटना हुन नदिन र सामाजिक एवम् धार्मिक सद्भाव कायम राख्न ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । होलीलाई व्यवस्थित बनाउन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

होली पर्वको अवसरमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, उछृङ्खल गतिविधि गर्ने, सहमति विना लोला हान्ने जस्ता गतिविधि रोक्न प्रहरीले चेकजाँचमा कडाइ गरेको डिएसपी डाँगीले बताए । नेपालगन्जको धम्बोझी, बिपि चोक, ट्राफिक चोक, त्रिभुवन चोक, सदरलाईन त्रिवेनी मोड, सेतु बिक चोक, फुल्टेक्रा पुष्पालाल चोक, राँझा लगायत जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँच गर्ने छ,’ उनले भने ।

नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन आग्रह गरेको छ । सम्भावित दुर्घटनाबाट जोगिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न र मादक पदार्थ सेवन गरि तीव्र गतिमा सवारी साधन नचलाउन आग्रह गर्दै बाँके प्रहरीले सहमति बिना अरुलाई लोला नहान्न र रंग नदल्न पनि सेचत गराएको छ । ‘होली खेल्ने ठाउँ र सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिने छ,’ डिएसपी डाँगीले भने ।

ADVERTISEMENT

शान्त र मर्यादित वातावरणमा होली खेल्न बाँके प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले शान्त, सौम्य र मर्यादित वातावरणमा होली पर्व मनाउन आग्रह गरेको छ । ‘रङहरुको माध्यमबाट एकआपसम खुसी साटासाट गर्ने फागु पर्व (होली) पर्वलाई भव्य, सभ्य र उच्च सद्भावपूर्ण तुल्याउँदै हर्ष, उल्लासमय वातावरणमा मनाउने हामी सवै नागरिकको कर्तव्य नै हो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
इच्छा बिपरित जवर्जस्ती रङ नदल्न, रङ नछ्याप्न र लोला नहान्न पनि उनले सचेत गराएका छन् ।

मादक पदार्थ सेवन गरि सवारी नचलाउन, सवारी साधनमा क्षमता भन्दा बढी नबस्न र अनियन्त्रित हुने गरि तिब्र गतिमा सवारी साधन नचलाउन पनि नचलाउन पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । ‘होहल्ला, झैँझगडा नगर्न, सार्वजनिक शान्ति र सुब्यवस्थामा खलल पुग्ने कार्य नगर्न सचेत गराइन्छ,’ प्रजिअ पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ।

उच्च ध्वनी प्रदुषण हुने गरि उपकरणहरुको प्रयोग नगर्न, प्रयोग गर्दा ध्वनी प्रदुषण नहुने तर्फ सजग रहन र सामाजिक सद्भाव भड्काउन प्रोत्साहन हुने कुनै पनि गतिबिधीमा संलग्न नरहुन पनि उनले सूचनामा उल्लेख गरेका छन् । बाँके लगायत तराईका जिल्लामा भोली सोमवार होली मनाइने भएको छ ।

 

Share268Tweet136SendShare
Previous Post

मृगौला रोग के कारणले हुन्छ ? यसबाट जोगिन के गर्नुपर्छ ?

Next Post

नेपालगञ्जमा मर्यादित वातावरणमा मनाइँदै होली (फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति
मुख्य समाचार

विपद्‌मा बाह्य उद्धार टोली कुर्न नपर्ने गरी बाँकेका पालिकाले तयार गरे स्थानीय जनशक्ति

८:२७ बिहान, भदौ १४, २०८३
बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर
मुख्य समाचार

बजाजले ल्यायो चेतकका दुई नयाँ विद्युतीय स्कुटर

७:१४ बिहान, भदौ १४, २०८३
श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
Next Post
नेपालगञ्जमा मर्यादित वातावरणमा मनाइँदै होली (फोटो फिचर)

नेपालगञ्जमा मर्यादित वातावरणमा मनाइँदै होली (फोटो फिचर)

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ’चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ’चार तारे होटल’को मान्यता

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

बजेटमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?