ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर

News Desk by News Desk
११:२६ बिहान, जेष्ठ २९, २०८१
किसानसँग जोडिँदै नेपालगन्ज उपमहानगर
386
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके जेठ २९ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का खगेन्द्रप्रसाद न्यौपाने शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्था चलाउँछन् । उनी यसको अध्यक्ष हुन् । यो सहकारीमा ३२० किसान आबद्ध छन् । ती मध्ये १५१ जना पशुपालक किसानले दुध उत्पादन गर्दछन् । दैनिक ८०० देखि १००० लिटर दुध बजारमा खपत हुन्छ ।

उनीहरुको यो कर्ममा नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सघाएको पनि छ । पशु सेवा शाखाले उपलब्ध गराएको बर्सिम र जै घाँस शुद्ध गोरसले पनि पाएको छ अनि उनीहरुको घाँस उत्पादन कार्यमा केही टेवा पुर्याएको छ । तर, घाउँको बीउ थारै पाउने गरेको गुनासो उनको छ । पशु सेवा शाखाले सञ्चालन गर्ने पशुजन्य विभिन्न गतिवधिहरुबाट शुद्ध गोरसका किसानले कुनै न कुनै रुपमा लाभ लिइरहेका छन् । नेपालगञ्ज राँझा विमानस्थल नजिकै महालक्ष्मी भैंसी फाराम सञ्चालन गरेकी निर्मला सापकोटा पनि पशु सेवा शाखाले विभिन्न सहयोग गरिरहेको बताउँछिन् ।

सापकोटा बेला बेलामा तालिम लिएको स्मरण गर्छिन् । पशुजन्य विभिन्न रोगका औषधि समेत पशु सेवा शाखाबाट आफूले पाएको उनको अनुभव छ । तर, घाँसको बीउमा कटौती गरिएकोमा भने उनको गुनासो छ । बर्षेनी बढाउँदै लैजानुपर्ने परिमाण घटेको उनी बताउँछिन् । किसानलाई लाभ पुग्ने गरी अझै अन्य पशु कल्याणकारी कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गनुपर्ने उनको भनाई छ । खगेन्द्र र निर्मला जस्ता नगरका थुप्रै किसान पशु सेवा शाखाको सेवाबाट सन्तुष्ट त छन्, तर अझै सेवा विस्तार गर्न सके धेरै लाभ पुग्ने उनीहरुको बुझाई छ । यी त प्रतिनिधिमूलक पात्र मात्र हुन् । नगरका थुप्रै किसान पशु सेवा शाखासंग जोडिएका छन् ।

पशु सेवा शाखाले बार्षिकरुपमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दछ । हरेक आर्थिक बर्षमा विभिन्न क्रियाकलाप सञ्चालन हुन्छन् । चालू आर्थिक बर्ष २०८०÷८१ म स्वच्छ मासु उत्पादन तालिम, बाख्रापालन तालिम, कुखुरापालन तालिम, निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर, बर्सिम र जै घाँस खरिद तथा वितरण कार्यक्रम, कृत्रिम गर्भाधान कार्यक्रम, गाईभैंसीमा भ्यागुते र चर्चरे रोगको खोप, भेडाबाख्रामा पीपीआर खोप, सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर लगायतका गतिविधिहरु सम्पन्न भएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही आफ्नो स्रोत साधन र सामथ्र्यले भ्याएसम्म किसानसम्म जोडिएर विभिन्न कार्यक्रमहरु गरिरहेको बताउँछिन् । शाही किसानले प्रत्यक्ष र प्रत्यक्षरुपमा लाभ लिइरहेको दाबी समेत गर्छिन् । चालू आर्थिक बर्षमा वडा नम्बर १ र ४ का १५÷१५ जना मासु व्यवसायीलाई स्वच्छ मासु कसरी उत्पादन गर्ने, उपभोक्ताको भान्सासम्म स्वच्छ मासु पुर्याउनका लागि के कस्ता सावधानी अपनाउने लगायतका विषयमा तीन दिनसम्म स्वच्छ मासु उत्पादन तालिम दिइएको छ ।

त्यसको प्रभाव मूल्यांकन गर्न तालिम दिइएको केही समयपछि स्थलगत अनुगमन समेत गरिएको छ । पशु सेवा शाखाले तीन दिने बाख्रापालन र कुखुरापालन तालिम पनि दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडाका ३०÷३० जना किसानलाई तालिम दिइएको छ । यस्तै वडा नम्बर १४, २० र २३ मा निःशुल्क पशु स्वास्थ्य तथा परजिबी नियन्त्रण शिविर सञ्चालन गरेर करिब ५०० सय पशुको स्वास्थ्य जाँच गरिएको पशु स्वास्थ्य प्राविधिक अच्युत गौतम बताउँछन् ।

उनका अनुसार २३० वटा गाईभैंसीमा कृत्रिम गर्भाधान समेत गरिएको छ । गाईभैंसीलाई विभिन्न रोगहरुको प्रकोपबाट जोगाउन खोप अभियान पनि सञ्चालन गरिएको छ । शाखा प्रमख शाहीले भ्यागुते र चर्चरे रोगबाट गाईभैंसालाई बचाउन नगरका २० हजार पशुलाई खोप लगाइएको छ । यस्तै भेडाबाख्रामा लाग्ने पीपीआर रोग विरुद्ध नगरका विभिन्न वडामा सञ्चालिन खोप अभियानबाट २५ हजार पशु प्रत्यक्ष लाभान्वित भएका छन् ।

ADVERTISEMENT

त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकले निश्चित अवधिसम्म भ्याक्सिनेटर नियुक्त गरेर खटाएको पनि थियो । नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको संख्या घटाउँदै रेबिज रोगको जोखिम कम गर्न प्रत्येक बर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर गरिरहेको छ । चालू आर्थिक बर्षमा पनि यो कार्यक्रम सञ्चालन गरिएको छ । सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेर २३० वटा कुकुरहरुको बन्ध्याकरण गरिएको पशु स्वास्थ्य प्राविधिक गौतम बताउँछन् ।

किसानलाई घाँसको बीउ वितरण गर्न बर्सिम र जै घाँस खरिद गरिएको थियो । त्यसै अनुसार ३०० केजी जै र ११ केजी बर्सिम घाँसको बीउ वितरण गरिएको छ । बीउ पाउँदा किसान लाभान्वित देखिन्छन् ।

Share158Tweet95SendShare
Previous Post

लागूऔषधविरुद्ध एकीकृत अभियान

Next Post

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार

बालविवाह न्यूनीकरणमा जोड

बालविवाह न्यूनीकरणमा जोड

खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?