ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

१७ हजार मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर

News Desk by News Desk
११:३७ मध्यान्ह, पुस १६, २०८१
१७ हजार मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर
402
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके पुस १७ गते ।
मुस्लिम समुदायको ठुलो जनसंख्या रहेको बाँके जिल्लामा १७ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । मुस्लिम आयोगले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा ठुलो संख्यामा मुस्लिम बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेकाले उनीहरूको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न मुस्लिम समुदायका अगुवाको भूमिका आवश्यक रहेको कुरामा जोड दिइएको छ ।

कार्यक्रममा तथ्याङ्क प्रस्तुत गर्दै बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकीले बाँकेमा १६ प्रतिशत मुस्लिम समुदायको बसोबास रहेको जनाउँदै जिल्लाका ४० हजार ५३४ जना मुस्लिम बालबालिका मात्रै स्कुल जाने गरेको र १७ हजार ३७२ जना बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित रहेको बताए । उनले मुस्लिम समुदायमा अधिकांश बालिकालाई सात कक्षापछि विद्यालय नै नपठाउने हुँदा धेरै बालिका शिक्षाबाट बन्चित रहेको बताए ।

बर्दिया जिल्लामा पनि विद्यालयबाट बाहिर रहेका मुस्लिम समुदायका बालबालिकाको सङ्ख्या ठुलो रहेको सिद्दिकीले बताए । बर्दियामा मुस्लिम समुदायमा सात हजार १७४ बालबालिका रहेकोमा चार हजार ३०४ जना मात्रै विद्यालय जाने गरेको र दुई हजार ८७० जना विद्यालयबाट बाहिरै रहेको उनले बताए । कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको अवस्था दयनीय भएको उल्लेख गर्दै शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

उनले समुदायका अगुवा र मुस्लिम इमामले यसमा विशेष ध्यान दिएर समुदायलाई सचेत पार्नुका साथै अवसर उपलब्ध गराउन अधिकतम प्रयास गर्नुपर्ने बताए । इमामको काम नमाज पढाउने मात्रै नभई समयानुकुल मुस्लिम समुदायलाई अगाडि बढाउन विभिन्न सचेतनामूलक प्रवचन दिनुपर्ने भएको आयोगका अध्यक्ष अन्सारीको भनाइ थियो । उनले मुस्लिम समुदायभित्र शिक्षा, स्वास्थ्य र समाजमा पहुँच बढाउन आवश्यक भएकोमा जोड दिँदै आयोगले सरकारलाई सो बारेमा प्रश्न गर्दै आएको सो अवसरमा जानकारी दिए ।

सम्बन्धित समाचार

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेश अग्रवालले यस क्षेत्रका मुस्लिम बालबालिका तथा युवाको शैक्षिक अभिवृद्विका लागि पाँच करोड बराबरको बजेट भएको भन्दै आगामी दिनमा बजेट बढाउँदै जाने बताए ।

प्लान इन्टरनेसनल र बाँके युनेस्को क्लबसँगको सहकार्यमा मुस्लिम आयोगले आयोजना गरेको सो कार्यक्रममा आयोगका सदस्य मिर्जा अरशद वेग, प्लान इन्टरनेसनल नेपालका नीति तथा पैरवी म्यानेजर इरसाद अन्सारी, राष्ट्रिय किशोरी सञ्जालकी सहसचिव रहमत जहाँ खान, शैक्षिक क्षेत्रका अगुवा नागरिक अगुवा आलम खाँ र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर लगायतले मुस्लिम समुदायका इमामले समुदायलाई सचेत पार्न विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

साजिद अलि सिद्विकीले मुस्लिम युवा तथा बालबालिकाको शिक्षा र उवेदुर रहमान खाँले मुस्लिम धर्मशास्त्र तथा इमामको भूमिकाका बारेमा सो अवसरमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत र कैलालीबाट करिब ६० जना मुस्लिम इमामहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

आजदेखि अंग्रेजी नयाँ वर्ष सुरु, बाँकेमा भव्य स्वागत

Next Post

बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
नेपालगन्जमा ३९ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने
शिक्षा/स्वास्थ्य

बाँकेमा ८ सय बालबालिका खोपबाट वञ्चित, वैशाखभर खोजी अभियान सञ्चालन हुँदै

१:४७ बिहान, बैशाख २, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार

११:१६ मध्यान्ह, चैत्र ३०, २०८२
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
मुख्य समाचार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

९:३२ बिहान, चैत्र २४, २०८२
एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन
मुख्य समाचार

एउटै विद्यालयमा एकपटक मात्र भर्ना शुल्क लिन शिक्षा मन्त्रालयको निर्देशन

६:५१ बिहान, चैत्र २४, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
Next Post
बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला

बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला

माघ महिनामा न्यू दर्पण कप हुने

माघ महिनामा न्यू दर्पण कप हुने

खेल क्षेत्रको विकास गर्न सरकार तयार छ : मुख्यमन्त्री आचार्य

खेल क्षेत्रको विकास गर्न सरकार तयार छ : मुख्यमन्त्री आचार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?