बाँके वैशाख २१ गते ।
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । खुकुरी हातमा लिएर बनाएको भिडियो सामाजिक संजाल टिकटकमा पोष्ट गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका ४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ वर्षीय अनिल खटिक रहेको बाँके प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिए । हातमा खुकुरी समाति आम जनमानसमा डरत्रास तथा समाजलाई आतंकित बनाउने गरि टिकटकमा अस्भाविक गतिविधियुक्त भिडियो पोष्ट गर्ने दुई जनालाई पक्राउ गरि कानुनी प्रक्रिया अगाडी बढाइएको छ,’ उनले भने ।
कुमालले अजय मगर नामको टिकटकमा र खटिकले अनिल सोखर नामको टिकटक भिडियो पोष्ट गरेको उनले बताए । अदालतबाट म्याद थप भई अनुसन्धान अगाडी बढाइएको उनले बताए । ‘समाजलाई आतंकित बनाउने गरि सामाजिक संजालमा भिडियो पोष्ट गर्न नहुने जान्दाजान्दै यस्तो गरेकोमा पाइए कानुन बमोजिम कारवाहीको भागिदार हुनु पर्नेछ,’ उनले भने ।










Discussion about this post