काठमाडौें, भदौ १९ गते ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार २८७ जनाको शव संकलन गरिएको छ। पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन्।
विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको प्राधिकरणले जनाएको छ। नुवाकोट, धादिङ र रसुवामा स्थापना गरिएका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ।
उद्धार, खोज तथा राहतका लागि प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।










Discussion about this post