काठमाडौं, भदौ २० गते ।
सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेका २० वटा झोलुङ्गे पुलको मर्मतलाई प्राथमिकता दिएको छ।
भदौ १० गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याएको थियो। बाढीपछि सरकारी अधिकारीले प्रभावित क्षेत्रमा पुगेर गरेको स्थलगत मूल्याङ्कनमा ५३ मध्ये २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए।
ती पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको छ। कार्यादेशपछि महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा काम अघि बढेको छ।
यी पाँचवटै पुलको मर्मत एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाढीबाट क्षति पुगेका ३३ वटा झोलुङ्गे पुल भने पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। सरकारले ती पुल पुनर्निर्माणका लागि पनि भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ।










Discussion about this post