बाँके, कात्तिक ११ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद इस्तियाक राईसहित तीन जनाले शपथ लिएका छन् ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरू राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ गराएका हुन् ।
गत असोजको पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेका अन्य केन्द्रीय सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् । राई बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।










Discussion about this post